इरानमा भूकम्पः तीन जनाको मृत्यु, आठ सय १६ जना घाइते

<span class='c1'>इरानमा भूकम्पः तीन जनाको मृत्यु,</span> <span class='c2'>आठ सय १६ जना घाइते</span>

इरानमा गएराति भएको ५.९ रिक्टर स्केलको भैँचालोमा परी तीन जनाको मृत्यु भएको छ भने आठ सय १६ जना घाइते भएका छन् ।

देशको उत्तरपश्चिम अजरबैजान प्रान्तको खोय शहरमा भूकम्प भएको र त्यसबाट ७०भन्दा बढी गाउँ प्रभावित भएका सरकारी समाचार समिति इर्नाले जनाएको छ । भूैँचालोबाट भएको क्षतिको पूर्ण विवरण प्राप्त भइनसकेको जनाउँदै इर्नाले क्षतिको मूल्याङ्कन भइरहेको बताएको छ ।

भूकम्प प्रभावित स्थलको स्थलगत निरीक्षणमा गृहमन्त्री अहमद बहिदी निस्कनुभएको छ । यही माघ चार गतेको भूकम्पमा परी इरानमा सयौँ घाइते भएका थिए । उक्त दिन ख्वे नजिक ५.८ म्याग्निच्युडको भूकम्प भएको थियो । सन् २०२० को फेब्रुवरीमा ५.७ म्याग्निच्युडको भूकम्प हुँदा पश्चिमी हबासेओल्यामा नौ जनाको मृत्यु भएको थियो ।

सन् १९९० मा ७.४ म्याग्निच्युडको भूकम्प हुँदा ४० हजारको ज्यान जानका साथै तीन लाख घाइते भएका थिएभने पाँच लाख जना घरबारबिहीन भएका थिए । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्