स्वतन्त्रा दिवसको उपलक्ष्यमा श्रीलङ्कामा पाँच सय ८८ जना बन्दी रिहा

स्वतन्त्रा दिवसको उपलक्ष्यमा श्रीलङ्कामा पाँच सय ८८ जना बन्दी रिहा

श्रीलङ्काले आफ्नो ७५ औं स्वतन्त्रा दिवसको उपलक्ष्यमा पाँच सय ८८ जना कैदीबन्दीहरूलाई आममाफी दिने निर्णय गरेको छ । ती कैदी बन्दीहरूमा पाँच सय ५७ जना लागुऔषध मुद्दामा अदालतले दोषी ठहराएका तर सुधारगृहमा पठाउँदा सुधार हुने विश्वास गरिएका र अन्य ३१ जना कैदीहरू उनीहरूको चालचलन र व्यवहारमा सुधार देखिएकाले छोडिन लागिएको हो ।

श्रीलङ्काकको संविधानको धारा ३४ अनुसार राष्ट्रपतिमा निहित अधिकारको प्रयोग गरी ती कैदिबन्दीलाई रिहा गर्न लागिएको अधिकारीहरूले जनाएका छन् ।

गत वर्षको स्वतन्त्रता दिवसको उपलक्ष् एक सय९७ जना बन्दीलाई रिहा गरिएको थियो। श्रीलङ्का सन् १९४८ फेब्रुअरी ४ मा मा ब्रिटिस साम्राज्यबाट स्वतन्त्र भएको थियो।

आज श्रीलङ्काले ७५ औं स्वतन्त्रता दिवस मनाउँदैछ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्