अन्तराष्ट्रिय

भारतको बिहारमा खाद्य प्रशोधन कारखानामा विष्फोट हुँदा ६ जनाको मृत्यु

पूर्वी भारतको बिहार राज्यमा खाद्यान्न प्रशोधन गर्ने कारखाना भित्रको बोयलर विष्फोट हुँदा कम्तीमा छ जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएको अधिकारीहरूले बताएका छन् । बिहारको राजधानी पटनाबाट ७१ किलोमिटर उत्तरमा रहेको मुजफ्फरपुर जिल्लामा रहेको चाउचाउ बनाउने कारखानाभित्र बोयलर विष्फोट भएक�. . .


बेलायतमा एकै दिन १ लाख २२ हजारभन्दा बढी सङ्क्रमित

बेलायतमा एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका सङ्क्रमित पाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । यहाँका अधिकारीहरूले दिएको जानकारीअनुसार शनिबार मात्र एक लाख २२ हजारभन्दा बढी सङ्क्रमित भेटिएका बताइएको छ । यसअघि यहाँ शुक्रबार मात्र एकै दिनमा १ लाख २० हजार सङक्रमित भेटिएका थि�. . .


ब्राजिलमा एकैदिन कोरोना भाइरसबाट १६४ को मृत्यु

ब्राजिलमा शुक्रबारदेखि शनिबारसम्मको २४ घन्टामा मात्र कोरोना भाइरसका १६४ जनाको ज्यान गएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ पछिल्ला केही हप्तामा कोरोनाको सङ्क्रमणका साथै मृत्यु हुनेको संख्या पनि बढेको पाइएको छ। साथै गएको २४ घन्टामा यहाँ ४ हजार १४६ जनामा सङ्क्रमण भएको �. . .


मलेसियामा बाढीका कारण ४६ जनाको मृत्यु

मलेसियामा केही दिनयता देखिएको भीषण बाढीका कारण यहाँका कम्तीमा पनि ४६ जनाको ज्यान गएको बताइएको छ । यहाँ केही दिनयतादेखि जारी रहेको मौसमी बाढीबाट शनिबारसम्म ४६ जनाको ज्यान गएको बताइएको हो । यहाँका उद्धार अधिकारीहरुले अरु आठ जना अझै बेपत्ता भएका बताएका छन् । मलेसियाको मौसम विभागले शनिबार पहाङ, तेरेंगा. . .


मलेसियामा भीषण बाढीका कारण मृत्यु हुनेको संख्या ४१ पुग्यो

मलेसियामा भारी मौसमी बाढीबाट मृत्यु हुनेको संख्या बढेर ४१ पुगेको छ भने आठ जना अझै बेपत्ता छन् । यसअघि बाढीमा २७ जनाको मृत्यु भएको बताइएको थियो । हाल बाढीमा परी मृत्यु हुनेमा २६ पुरुष, १३ महिला र दुई बालबालिका रहेका छन् । "४१ जनाको मृत्युमध्ये २५ जना सेलाङ्गोरमा, १५ जना पहाङमा र एक जना केलान्तानमा रहेका �. . .


भारतमा थप छहजार ६५० जनालाई कोरोना सङ्क्रमित

भारतमा कोरोना भाइरसबाट थप छहजार ६५० सङ्क्रमित भएपछि यहाँ कूल सङ्क्रमितको संख्या तीन करोड ४७ लाख ७२ हजार ६२६ पुगेको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ । तीमध्ये ३५८ मा ओमिक्रोन भेरियन्ट देखिएको पनि मन्त्रालयले जानकारी दिएको छ । महाराष्ट्रमा ८८ जना, दिल्लीमा ६७, जना ओम. . .


आतङ्कवादीसँगको गोली हानाहानमा दुई पाकिस्तानी सैनिकको मृत्यु

बलुचिस्तानको केच जिल्लामा शुक्रबार आतङ्कवादीहरूसँगको गोली हानाहानमा दुई पाकिस्तानी सैनिकको मृत्यु भएको छ । इन्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर), लान्स नाइक मञ्जर अब्बासका अनुसार सिपाही अब्दुल फत क्षेत्रको सुरक्षा जाँच चौकीको प्रतिरक्षा गर्ने क्रममा मारिएका थिए । आइएसपीआरले आक्रमणपछि भागे�. . .


मेडागास्कर जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या ८५ पुग्यो

माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु भएको छ । समुद्री अधिकारीहरूले बिहीबार २१ शवहरू निकालेपछि मृतकको सङ्ख्या ८५ पुगेको बताइएको हो ।सामुद्रिक अधिकारीहरूले सोमबार डुबेको १२फिट लामो डुङ्गा (जहाज) मा १३८ जना सवार रहेको र ५० जनाको मात्रै उद्धार गरिएको बताएक छन् । मृत्यु �. . .


भारतमा थप सात हजार ४९५ जनालाई कोरोना सङ्क्रमित, २३६ जनालाई ओमिक्रोन भेरियन्ट

भारतमा कोरोना भाइरसबाट थप सात हजार ४९५ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ । ती मध्ये २३६ मा ओमिक्रोन भेरियन्ट देखिएको पनि मन्त्रालयले जानकारी दिएको छ । महाराष्ट्रमा ६५ जना दिल्लीमा ५४ तेलङ्गानामा २४ जनामा ओमिक्रोन भेरियन्ट देखिएको समाचारमा जनाइएको छ । . . .


बोलिभियाको दुर्घटनामा सातको मृत्यु

बोलिभियाको दक्षिणी क्षेत्र चुकेसामा सडक दुर्घटनामा परी कम्तीमा पनि सात जना यात्रुको निधन भएको छ ।यहाँका स्थानीय अधिकारीका अनुसार सडकमा गुडिरहेको गाडी खोँचमा खस्दा ती यात्रुको निधन भएको हो । आठजना यात्रु लिएर गएको भ्यान दुर्घटनामा परेको थियो । सो दुर्घटनामा परी एकजना घाइते भएका बताइएको छ ।यहाँको न�. . .


उत्तरपश्चिम पाकिस्तानमा कार र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु, १ घाइते

पाकिस्तानको उत्तरपश्चिमी भागमा भएको सडक दुर्घटनामा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार बिहान जानकारी दिएका छन् । कार र ट्रक एक आपसमा ठोक्किँदा कारमा सवार तीन जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । उद्धारकर्मीहरूले घाइतेहरूलाई अस्पताल पुर्यााएका. . .


बेलायतमा एकै दिन कोरोना भाइरसका १ लाखभन्दा बढी संक्रमित

बेलायतमा एकै दिन अहिलेसम्मकै सबैभन्दा बढी सङ्क्रमित पाइएका छन् । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार बुधबार मात्र १ लाख ६ हजारजना भन्दा बढी सङ्क्रमित भेटिएका हुन् । यसअघि यहाँ एकै दिनमा ९६ हजारजना जतिमा यो भाइरसका सङ्क्रमित भेटिएका थिए । यहाँ कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखि नै एकै दिनमा द�. . .