दक्षिण सुडानमा जातीय दंगामा ३२ को मृत्यु

दक्षिण सुडानमा जातीय दंगामा ३२ को मृत्यु

दक्षिण सुडानको जान्गेली राज्यमा भएको दुई जातिबीचको दंगामा परी कम्तीमा पनि ३२ जनाको ज्यान गएको छ ।

मंगलबार उक्त राज्यको प्रहरीले सो जानकारी दिएको हो । सो राज्यको प्रहरीका अनुसार छिमेकी राज्य पिबोरबाट एक समूहका नागरिकले हमला गरेका थिए ।सो हमलामा परेर ३२ जनाको ज्यान गएको र अरु कैयौँ घाइते भएका थिए ।

यी दुई राज्यमा यहाँका स्थानीय जातीय समुदायबीचमा समय समयमा हुने हिंसामा परी कैयौँ मानिसको ज्यान जाने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्