चीनको सहयोग लाओस आइपुग्यो

चीनको सहयोग लाओस आइपुग्यो

चीनले सहयोग गरेको कोभिड–१९ खोपको आठौं समूह लाओस आइपुगेको र अधिकारीहरूलाई हस्तान्तरण गरिएको छ ।

लाओसका लागि चिनियाँ राजदूत जियाङ जाइदोङले मंगलबार लाओसका प्रधानमन्त्री फान्खाम विपभान्हलाई १५ लाख डोज खोप हस्तान्तरण गर्दै लाओसमा महामारीविरुद्धको काममा सकारात्मक प्रगति भएको बताउनुभएको छ ।

खोपहरुको कारण कोभिड १९ संक्रमण उल्लेखनीय रूपमा कम भएको उहाँले बताउनुभएको छ । लाओसमा कोभिड–१९ को प्रकोप भएदेखि चीनले लाओसलाई कोभिड–१९ विरुद्धको खोपको ८९ लाख खोप डोज उपलब्ध गराएको फान्खामले बताउनुभएको छ । यसबाट गहिरो मित्रता र बहुमूल्य सहयोगलाई पूर्ण रूपमा झल्काउँने पनि उहाँले बताउनुभएको छ ।

लाओसले चीनको सहयोगमा २०२१ मा आफ्नो खोप लक्ष्य पूरा गरेको छ । सन् २०२२ मा आफ्नो देशको ८० प्रतिशत जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य रहेको फान्खामले बताउनु भएको छ । लाओस पार्टी, सरकार र जनताको तर्फबाट आफ्नो भावना व्यक्त गर्दै हृदयदेखि चीनलाई धन्यवाद दिन चाहेको फान्खामले बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्