अन्तराष्ट्रिय

दक्षिण कोरियाली विमानमा आगलागी, विमानमा रहेका सबै १७६ जनाको सकुशल उद्धार

सिओल । दक्षिण कोरियाको विमानस्थलमा मङ्गलबार राति उडान गर्नुअघि यात्रु विमानमा आगलागी भएको तर जहाजमा रहेका सबै १७६ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको अधिकारीहरूले बताएका छन् । दक्षिण कोरियाली एयरलाइन्स एयर बुसानद्वारा सञ्चालित एयरबस विमान हङकङका लागि प्रस्थान गर्ने तयारी गरिरहेको बेला दक्षि. . .


भारतमा महा कुम्भ भागदौडमा १५ जनाको मृत्यु

प्रयागराज (भारत) । भारतको विश्वको सबैभन्दा ठूलो धार्मिक जमघटमा भएको भागदौडमा कम्तीमा १५ जनाको मृत्यु भएको र धेरै घाइते भएको कुम्भ मेला महोत्सवका एक चिकित्सकले बुधबार बताएका छन् । भारतीय धार्मिक उत्सवहरूमा घातक भीडभाड एक कुख्यात विशेषता हो र अकल्पनीय भक्तजनहरूको भीड हुने कुम्भ मेलामा बिहानै भएको यो. . .


चीनका आकाशमा हवाई ट्याक्सीहरू लोकप्रिय

एजेन्सी । चीनका प्रमुख शहरहरुका आकाशमा हवाई ट्याक्सीहरू लोकप्रिय हुँदै गएका छन् । जसका कारण स्थानीय तहको अर्थतन्त्रको गति बढिरहेको पाइएको छ । दक्षिणी शहर शेन्जेनमा, भीडभाड भएका सडकहरूबाट बच्न वा आकाशबाट दृश्यावलोकन गर्ने उद्देश्यका लागि हेलिकप्टर उडान बुक गर्ने गरिएको पाइन्छ । प्रत्येक यात्रा प्�. . .


अमेरिकाका लागि ‘आइरन डोम’ मिसाइल सुरक्षा प्रणालीको योजना बनाउन ट्रम्पको आदेश

मायामी (अमेरिका) । राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार संयुक्त राज्य अमेरिकाका लागि इजरायलले हजारौँ रकेट रोक्न प्रयोग गरेको जस्तै ‘आइरन डोम’ वायु सुरक्षा प्रणालीको योजना सुरु गर्न कार्यकारी आदेश जारी गर्नुभएको छ । ट्रम्पले रक्षा मन्त्रीलाई ६० दिनभित्र ब्यालिस्टिक, हाइपरसोनिक र उन्नत क्रुज क्षेप्�. . .


गाजाका बासिन्दालाई इजिप्ट र जोर्डनमा बसाई सार्ने इच्छा दोहोर्याउँदै ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार गाजाका प्यालेस्टिनीहरूलाई इजिप्ट वा जोर्डन जस्ता ‘सुरक्षित’ स्थानहरूमा सार्ने आफ्नो इच्छा दोहोर्याउनुभएको छ । साथै उहाँले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग वासिङ्टनमा ‘चाँडै नै’ भेट गर्ने बताउनुभएको छ । उहाँले शनिबार इजरायल र . . .


भारतको महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट एक व्यक्तिको मृत्यु

नयाँ दिल्ली । पश्चिम भारतको महाराष्ट्र राज्यमा गुइलेन–ब्यारे सिन्ड्रोम (जीबीएस) बाट पीडित एक व्यक्तिको मृत्यु भएको छ । जीबीएस एक न्यूरोलोजिकल रोग हो, जसले पखाला सुरु गर्नुको साथै अचानक सुन्निने, कमजोरी र दुखाइ निम्त्याउँछ । यो महाराष्ट्रमा पहिलो मृत्यु हो, जुन जीबीएसको कारणले भएको शङ्का गरिएको छ । . . .


पाकिस्तानका पूर्वप्रधानमन्त्री खान र उहाँकी पत्नीद्वारा भ्रष्टाचारविरुद्धको फैसलामा पुनरावेदन

इस्लामावाद । पाकिस्तानका जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा बीबीले सोमबार भ्रष्टाचारको अभियोगमा दोषी ठहर गरी भएको सजायविरुद्ध अपिल गर्नुभएको छ । सन् २०२३ को अगष्टदेखि हिरासतमा राखिएका ७२ वर्षीय खानलाई करिब २०० वटा मुद्दामा उहाँविरूद्ध राजनीतिबाट प्रेरित भई षड्यन्त्र. . .


श्रीलङ्काका पूर्वराष्ट्रपतिका छोराविरूद्ध भ्रष्टाचारको आरोपपछि विदेश यात्रामा प्रतिबन्ध

कोलम्बो । श्रीलङ्काका पूर्वराष्ट्रपति महिन्दा राजापाक्षका छोरा योशिथा राजापाक्षलाई सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ गरिएपछि सोमबार देश छाड्न प्रतिबन्ध लगाइएको छ । योशिताविरुद्धको मुद्दा वर्षौं पुरानो हो, तर राष्ट्रपति अनुरा कुमारा दिसानायकेले चुनावमा शानदार जित हासिल गरेपछि यसलाई अनुसन्ध�. . .


थप छ बन्धक रिहाइका लागि सहमतिपछि विस्थापित प्यालेस्टिनी उत्तरी गाजातर्फ फर्के

गाजा सिटी, प्यालेस्टिनी भू–भाग । इजरायल र हमासले थप छ जना बन्धकलाई रिहा गर्ने सम्झौता भएको छ । बन्धक र कैँदी आदानप्रदानका लागि थप कुटनीतिक वार्तापछि प्यालेस्टिनीहरू सोमबारदेखि युद्धग्रस्त गाजा पट्टीको उत्तरी क्षेत्रमा फर्किन थालेका छन्। इजरायल–हमास युद्धले गाजा पट्टीलाई तहसनहस पारेको छ र यसका लग. . .


नासाका अन्तरिक्ष यात्रीले आइएसएसबाट २०२५ को महा कुम्भ मेलाका भव्य तस्बिरहरू साझा गरे

प्रयागराज (उत्तर प्रदेश, भारत) । नासाका अन्तरिक्ष यात्री डोनाल्ड पेटिटले हालै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस) बाट खिचिएका २०२५ को महा कुम्भ मेलाको मनमोहक तस्बिरहरू साझा गर्नुभएको छ । एक्स (पूर्व ट्विटर) मा गरिएको आफ्नो पोस्टमा पेटिटले टिप्पणी गर्नुभएको छ, “२०२५ महाकुम्भ मेला गङ्गा नदी तीर्. . .


ट्रम्पको धम्कीपछि निर्वासित नागरिकलाई स्वीकार गर्न कोलम्बिया सहमत

वासिङ्टन । राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामूहिक निर्वासन योजनाको अवज्ञालाई सजाय दिन पीडादायी शुल्क लगाउने धम्की दिएको केही घन्टापछि कोलम्बिया आइतबार अमेरिकी सैन्य विमानमा पठाइएको निर्वासित नागरिकहरूलाई स्वीकार गर्न सहमत भएको छ । कोलम्बियाका वामपन्थी राष्ट्रपति गुस्ताभो पेत्रोले यसअघि न. . .


जेजु विमानको जेट इन्जिनमा चराको प्वाँखसँगै रगतको दाग भेटिएको दाबी

सियोल । गत डिसेम्बरमा दुर्घटनाग्रस्त भएको जेजु एयरको विमानको दुवै इन्जिनमा चराको प्वाँख र रगतको धब्बा फेला परेको सोमबार सार्वजनिक भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। गत डिसेम्बर २९ मा थाइल्याण्डबाट दक्षिण कोरियाको मुआनका लागि उडेको बोइङ ७३७–८०० विमानमा चालक दलका सदस्यसहित १८१ जना यात्रु सवार. . .