अन्तराष्ट्रिय

यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमण : मृत्यु हुनेको संख्या ८० पुग्यो

एजेन्सी । अमेरिकी हवाइ सेनाले यमनको ‘रास इसा’ इन्धन बन्दरगाहमा गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ८० पुगेको छ । १७१ जना घाइते भएका छन्। अमेरिकाले इरान समर्थित हुथी विद्रोहीलाई लक्षित गर्दै यमनको ‘रास इशा’ इन्धन बन्दरगाहमा गरेको हवाई आक्रमण गरेको हो । रेड सी पोर्ट अथोरिटीका अनुसार, कुनै स�. . .


अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने

वासिङ्टन । संयुक्त राज्य अमेरिकाले आगामी महिनाभित्र सिरियाबाट आफ्ना एक हजार सैनिक फिर्ता गर्ने घोषणा गरेको छ । इस्लामिक स्टेट (आईएस) विरुद्धको अन्तर्राष्ट्रिय अभियानअन्तर्गत अमेरिका विगत केही वर्षदेखि सिरियामा सैनिक तैनाथ गर्दै आएको छ । अमेरिकी रक्षा सचिवको निर्देशन अनुसार, अब ती सैनिकहरूलाई फि�. . .


इजरायली सेनाले गरेको सैन्य बफर विस्तारले प्यालेस्टिनीहरू विस्थापित

एजेन्सी । दक्षिणी गाजापट्टीको नयाँ विभाजन रेखा ‘मोराग करिडोर’ नजिकै इजरायली सेनाद्वारा सैन्य बफर क्षेत्र विस्तारले धेरै प्यालेस्टिनीहरूलाई विस्थापित गराउन थालेको छ । जसका कारण मानवीय संकट थप गहिरिने संकेत देखिएको छ । मार्च १८ मा गाजामा व्यापक सैन्य कारबाही पुनः सुरु गरेपछि इजरायली रक्षा बलले रफा. . .


चालकले सात डलर चोर्दा ८४ हजार डलरको पेन्सन गुम्यो

टोकियो । जापानमा २९ वर्ष सेवा गरेका एक बस चालकले यात्रुको भाडाबाट सात हजार डलर चोरेको आरोपमा बर्खास्त भएपछि ८४ हजार अमेरिकी डलर बराबरको अवकाश प्याकेज गुमाएका छन् । क्योटो सिटीले सन् २०२२ मा एक हजार येन (सात अमेरिकी डलर) ठगी (चोरी) गरेको बसको सुरक्षा क्यामेरामा देखिएको रेकर्डको आधारमा नाम नखुलाइएका ती व. . .


दुवै हात गुमाएका प्यालेस्टिनी बालकको तस्बिर सन् २०२५ को विश्व प्रेस फोटो अफ द इयर

द हेग (नेदरल्यान्ड्स) । गाजामा इजरायली आक्रमणमा दुवै हात गुमाएका एक युवा प्यालेस्टिनी बालकको तस्बिरलाई बिहीबार वर्ल्ड प्रेस फोटो अफ द इयरका रूपमा सम्मानित गरिएको छ । द न्युयोर्क टाइम्सका लागि कतारस्थित प्यालेस्टिनी फोटोग्राफर समर अबु इलुफले खिचेको फोटोमा नौ वर्षीय महमुद अजजोरको हात दुवै काँधमुन�. . .


पाकिस्तानमा भीषण असिना वर्षा, सयौं गाडी र घरमा क्षति

इस्लामाबाद । बुधबार साँझ पाकिस्तानमा असिनासहितको भारी वर्षा भएको छ । भारी वर्षा र असिनापानीले पाकिस्तानको राजधानी इस्लामाबाद र अफगानिस्तानको सीमावर्ती खैबर पख्तुनख्वा प्रान्तका धेरै भागमा विनाश मच्चाएको छ । इस्लामाबादमा भएको भीषण असिना वर्षाले सयौं गाडी, घर र अन्य सम्पत्तिमा व्यापक क्षति पु¥या�. . .


अमेरिकासँग कर विवाद बढेपछि चीनद्वारा नयाँ व्यापार दूत नियुक्त

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयातमा लगाएको करवृद्धिको विरोधमा चीनले प्रतिशोधात्मक उपाय अवलम्बन गरेपछि बढेको तनाव व्यवस्थापनमा पहल गर्न भन्दै विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले बुधबार नयाँ व्यापार दूत नियुक्त गरेको जनाएको छ । बेइजिङको मानव संशाधन मन्त्रालयले आफ्नो वेबसाइटमा ज. . .


कर वृद्धि बारे निर्णय अब चीनको हातमा छ : राष्ट्रपति ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेइजिङले बोइङ सम्झौताबाट पछि हटेको आरोप लगाउँदै ह्वाइट हाउसले व्यापारका विषयमा वार्ताको टेबुलमा आउने वा नआउने निर्णयका लागि बल अब चीनको हातमा रहेको बताउनुभएको छ । “बल चीनको कोर्टमा छ । चीनले हामीसँग सम्झौता गर्नुपर्छ । हामीले उनीहरूसँग सम्झौता गर्न. . .


कर वृद्धिमा कुनै पनि देशलाई नछोडिने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै पनि देश करको ‘दायाराबाट बाहिर नरहेको’ चेतावनी दिनुभएको छ । ट्रम्पले विशेष गरी चिनियाँ आयातलाई लक्षित गरी विश्वव्यापी कर आक्रमण सुरु गरेदेखि नै विश्वका दुई ठूला अर्थतन्त्रहरूले तीव्र गतिमा कर वृद्धिको प्रतिशोधात्मक उपायलाई अपनाएको र यसले विश्�. . .


स्मार्टफोन र कम्प्युटर राष्ट्रपति ट्रम्पको विश्वव्यापी करबाट मुक्त

वासिङ्टन । ट्रम्प प्रशासनले स्मार्टफोन, कम्प्युटर र अन्य इलेक्ट्रोनिक्स सामानलाई ‘पारस्परिक’ करबाट छुट दिएको छ । यसले लोकप्रिय उच्च प्रविधियुक्त उत्पादनका लागि अमेरिकी उपभोक्तामा पर्ने लागत प्रभावलाई कम गरेको छ । अमेरिकी भन्सार तथा सीमा सुरक्षा कार्यालयले शुक्रबार राति जारी गरेको सूचनामा चीनबा�. . .


डोनाल्ड ट्रम्पले घोषणा गरेको ‘ट्यारिफ’ नितीका कारण विश्वमा आर्थिक उथलपुथल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी रुपमा घोषणा गरेको ‘ट्यारिफ’ नितीका कारण विश्वमा आर्थिक उथलपुथल जारी छ। एसियाली बजार यो हप्ताको पहिलो दिनको सेयर कारोबारमा पनि ठुलो मात्रामा गिरावटको सामना गर्नु परेको छ। एसियाली सेयर बजारमा प्रभाव पार्ने जापानको निक्केई २२५ सूचकांक ६.३% ले घटेको छ . . .


पपुवा न्यु गिनी तटमा ६.९ म्याग्निच्युडको भूकम्प

सिड्नी । पपुवा न्यु गिनीको न्यु ब्रिटेन टापुको तटमा शनिबार बिहान ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । दश किलोमिटर गहिराइमा आएको भूकम्पले सुनामी चेतावनी निम्त्याएको थियो तर त्यसलाई पछि अमेरिकी प्रशान्त सुनामी चेतावनी केन्द्रद्वारा घटाइएको �. . .