पाकिस्तानमा विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान बन्द

<span class='c1'>पाकिस्तानमा विभिन्न अन्तर्राष्ट्रिय</span> <span class='c2'>एयरलाइन्सको उडान बन्द</span>

काठमाडौँ । पाकिस्तानी हवाई क्षेत्र बन्द भएपछि कतार एयरवेजले पाकिस्तानका लागि उडानहरू अस्थायी रूपमा स्थगित गरेको छ ।

बुधबार कतार एयरवेजले जानकारी दिदै परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको छ र आफ्ना यात्रु र चालक दलको सुरक्षालाई प्राथमिकतामा रखेर अस्थायी रुपमा उडान बन्द गरेको जानकारीय दिएको छ ।

एयरलाइन्सले यात्रुहरूलाई प्रभावित उडानहरूको पछिल्लो जानकारीको लागि कतार एयरवेजको आधिकारिक वेबसाइट हेर्नको निमित्त सल्लाह समेत दिएको छ। पाकिस्तानी अधिकारीहरूले लाहोर र कराँचीका प्रमुख शहरहरूलाई समेट्ने हवाई क्षेत्र बन्द गर्ने घोषणा गरेका छन् भने एयर फ्रान्स एयरलाइन्सले अर्को सूचना नआएसम्मका लागि पाकिस्तानमाथि उडानहरू स्थगित गरेको जनाएको छ ।

त्यस्तै जर्मन एयरलाइन्स लुफ्थान्साले पनि अर्को सूचना नभएसम्म पाकिस्तानी हवाई क्षेत्रबाट बच्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्