भारत र पाकिस्तानका यी क्षेत्रमा विद्यालय तथा कलेजहरू बन्द गर्ने

<span class='c1'>भारत र पाकिस्तानका यी क्षेत्रमा</span> <span class='c2'>विद्यालय तथा कलेजहरू बन्द गर्ने</span>

काठमाडौं । भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ काश्मीरका ९ स्थानमा हवाई आक्रमण गरेपछि दुवै देशले कश्मीर र पंजाब क्षेत्रका विद्यालय तथा कलेजहरू बन्द गर्ने घोषणा गरेका छन्।

भारतीय अधिकारीका अनुसार जम्मू, साम्बा, काठुआ, रजौरी र पुँछ क्षेत्रमा सबै शैक्षिक संस्थाहरू बन्द गरिनेछ भने,पाकिस्तानले पनि भारतको कारबाहीपछि इस्लामाबाद र पंजाबमा विद्यालयहरू बन्द गर्ने घोषणा गरेको छ।

भारतको कश्मीरको पहलगाममा गत महिना भएको आतंककारी हमलामा २६ पर्यटकको मृत्यु भएपछि भारतले यो सैन्य कारबाही गरेको हो।
भारतले आक्रमण स्थानहरूलाई आतंकवादी पूर्वाधार भएको दाबी गरेको छ। उक्त आक्रमणबाट पाकिस्तानमा ९ जनाको मृत्यु र ३८ जना घाइते भएको समाचार आएको छ। पाकिस्तानको प्रतिकार कारबाहीमा ३ जना भारतीयको मृत्यु भएको जनाइएको छ भने पाकिस्तानी अधिकारीहरूले प्रतिकार कारबाहीमाभारतका दुई लडाकु विमानहरू खसालेको दाबी गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्