अन्तराष्ट्रिय खबर

दक्षिणी लेबनानमा शरणार्थी शिविरमा झडप : एकको मृत्यु, सात घाइते

दक्षिणी लेबनानमा रहेको शरणार्थी शिविरमा बुधबार राति भएको सशस्त्र झडपमा एक जनाको मृत्यु हुनुको साथै अन्य सात जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जानकारी दिएका छन् । नेशनल न्यूज एजेन्सीका अनुसार सइदाको प्यालेस्टिनी शरणार्थी शिविर ऐन अल–हिल्वेह शिविरमा भएको झडपमा व्यक्तिगत विवादको रूपम�. . .


श्रीलङ्कामा मट्टितेलको मूल्य ५० रूपैँया घट्यो

श्रीलङ्कामा मट्टितेलको मूल्यमा ५० रूपैँया घटाइएको छ । श्रीलङ्काको सरकारी स्वामित्वको इन्धन आयातकर्ता तथा वितरक सिलोन पेट्रोलियम कर्पोरेसन (सीपीसी) ले मट्टितेलको मूल्य घटाउने प्रस्तावलाई बुधबार राष्ट्रपति रनिल विक्रमासिङ्घेले अनुमोदन गर्नुभएको हो । राष्ट्रपतिको सञ्चार विभाग (पीएमडी) ले मार्च . . .


टर्कीमा पुनः ५.६ म्याग्निच्युडको भूकम्प, १ जनाको मृत्यु, ६९ घाइते

पूर्वी टर्कीमा सोमबार आएको ५.६ म्याग्नीच्युडको भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने ६९ जना घाइते भएका छन् । तीन हप्ता अघि आएको विनाशकारी भूकम्पमा परी ४४ हजारभन्दा बढी मानिसको ज्यान गएको टर्कीले शोकबाट नबौरिदै फेरि अर्को धक्का ब्यहोरेको छ । भूकम्पको केन्द्रविन्दु मलात्या प्रान्तको येसिल्युर्ट �. . .


जापानले अमेरिकासँग चार सय टोमाहक क्षेप्यास्त्र खरिद गर्ने

जापानका प्रधानमन्त्री फुमियो किशिदाले जापानले संयुक्त राज्य अमेरिकाबाट ४०० वटा टोमाहक क्षेप्यास्त्र खरिद गर्ने बताउनुभएको छ । “हाम्रो देशको योजना ४०० युनिट क्रुज क्षेप्यास्त्र खरिद गर्ने हो,” किशिदाले तल्लो सदनको बजेट समितिलाई बताउनुभयो । यसै महिनाको सुरुमा जापानी रक्षामन्त्रीले जापानले आगा�. . .


अमेरिकाको पश्चिमी राज्यमा चिकित्सक र बिरामी बोकेको विमान दुर्घटना

अमेरिकाको पश्चिमी राज्य नेभाडामा चिकित्सक र बिरामी बोकेको एउटा विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गत शुक्रबार क्यालिफोर्निया र नेभाडाको सिमानामा अवस्थित स्टेजकोच सहर पुगेपछि राडारबाट हराएको विमान दुर्घटना भएको मध्य लियोन काउन्टीको अग्नि नियन्त्रण कार्यालयलाई उद्धृत गर्दै क्षेत्र. . .


रूसका उच्च अधिकारी, बैंक र व्यापारीमाथि ईयूको नयाँ प्रतिबन्ध

युक्रेनमा रूसले युद्धलाई समर्थन गरेको, प्रोपोगान्डा फैलाएको वा ड्रोन आपूर्ति गरेको र सशस्त्र बलले प्रयोग गर्न सक्ने उत्पादनको व्यापारमा प्रतिबन्ध लगाएको आरोप लागेका थप अधिकारी र सङ्गठनलाई लक्षित गरी रूसले युक्रेनमाथि आक्रमण गरेको भन्दै युरोपेली सङ्घ (ईयू) ले शनिबार नयाँ प्रतिबन्ध लगाउने सहमति गरे�. . .


उत्तर कोरियाद्वारा थप क्षेप्यास्त्र परीक्षण

अमेरिका र दक्षिण कोरियाले संयुक्त परमाणु अभ्यास गरेपछि उत्तर कोरियाले थप क्षेप्यास्त्र परीक्षण गरेको छ । प्योङयाङले ‘क्रुज मिसाइल’ प्रक्षेपण गरेर अमेरिका–दक्षिण कोरियाको सैन्य अभ्यासलाई ‘युद्धको घोषणा’ मान्न सकिने पनि बताएको छ । उत्तर कोरियाली सेनाले बिहीबार बिहान चारवटा ह्वासल–२ परीक्षण गर्�. . .


उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाले आज दुईवटा छोटो दूरीका क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । प्योङयाङले रणनीतिक आणविक आक्रमण गर्न आफू सक्षम रहेको दाबी गर्दै परीक्षण गरिएका क्षेप्यास्त्र शत्रुका सबै हवाई अखडालाई ध्वस्त पार्ने क्षमताका भएको बताएको छ । अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको जवाफमा शनिबार प्य�. . .


उत्तर कोरियाद्वारा लामो दूरीको क्षेप्यास्त्र परीक्षण

अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यासको तयारी गरिरहेको बेला उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले शनिबार आफ्नो राजधानीबाट जापानको समुद्रमा लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेको हो । अमेरिका र दक्षिण कोरियाको भावी संयुक्त सैनिक अभ्यासबाट क्रुद्�. . .


रुसले मानवताविरुद्ध अपराध गरेको अमेरिकी आरोप

रुसले युक्रेनमा मानवता विरुद्धको अपराध गरेको आरोप अमेरिकाले लगाएको छ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले म्युनिख सुरक्षा सम्मेलनलाई शनिबार सम्बोधन गर्दै युक्रेनमा मानवताविरुद्ध अपराध गर्नेलाई दण्ड दिनुपर्नेमा जोड दिनुभयो । उपराष्ट्रपति ह्यारिसले अन्तर्राष्ट्रिय कानुन कमजोर भएमा अन्य अधिन. . .


टर्की भूकम्पः छयालीस हजार जनाको मृत्यु

टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गते भएको भूकम्पमा परी ४६ हजारभन्दा बढीको मृत्यु भएको छभने हजारौँ घाइते भएका छन् । टर्कीको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर सात दशमलव आठ म्याग्निच्युडको भूकम्पबाट दश वटा प्रान्तमा अकल्पनीय क्षति भएको छ । विपद् तथा आपत्कालीन व्यवस्थापन प्राधिकरण आज स�. . .


भारतको आसाममा भीषण आगलागीबाट २५० पसल जलेर नष्ट

भारतको उत्तरपूर्वी राज्य आसामको एक बजार मा शुक्रबार भएको भीषण आगलागीमा झण्डै २५० पसल जलेर नष्ट भएका छन् । घटनामा कुनै हताहती भने भएको छैन । आसामको राजधानी शहर दिसपुरबाट २९९ किलोमिटर उत्तरपूर्वमा रहेको जोरहाट जिल्लाको चोक बजारमा बिहीबार राति आगलागी भएको हो । “हामीले चोक बजारमा भएको आगलागीमा २४६ पसल �. . .