नयाँ करहरूले ‘केही अस्थिरता’ ल्याए पनि घरेलु उद्योगलाई फाइदा : राष्ट्रपति ट्रम्प

<span class='c1'>नयाँ करहरूले ‘केही अस्थिरता’ ल्याए पनि</span> <span class='c2'>घरेलु उद्योगलाई फाइदा : राष्ट्रपति ट्रम्प</span>

वासिङ्टन । संयुक्तराज्य अमेरिकाको अर्थव्यवस्थामा कर सम्बन्धी नयाँ निर्णयले केही ‘अस्थिरता’ ल्याउने भए पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई घरेलु उद्योगको विकासको एक उपकरणका रूपमा प्रस्तुत गर्नुभएको छ ।

“करहरू केवल अमेरिकी रोजगारीको संरक्षण मात्र होइन । यो हाम्रो देशको आत्माको संरक्षण हो”, ट्रम्पले संयुक्त सदनलाई सम्बोधन गर्दै भन्नुभयो, “केही अस्थिरता आउनेछ तर हामी त्यसका लागि तयार छौंँ, त्यति धेरै होइन ।”

“त्यहाँ थोरै गडबडी हुनेछ तर हामी यससँग ठिक छौँ, यो धेरै हुनेछैन”, उहाँले भन्नुभयो ।

संयुक्त राज्य अमेरिकामा आफ्ना उत्पादनहरू नबनाउने कम्पनीहरूले अतिरिक्त करहरू तिर्नुपर्ने चेतावनी दिँदै उहाँले भन्नुभयो, “केही अवस्थामा धेरै बढी कर ।”

ट्रम्पले युरोपेली सङ्घ (इयु) र क्यानाडा, ब्राजिल, भारत, मेक्सिको र दक्षिण कोरियालगायतका देशहरूमा ‘अन्यायपूर्ण’ व्यापारिक अभ्यासहरूको आलोचना गर्नुभयो ।

“यो मित्र र शत्रु दुवैबाट भइरहेको छ । यो प्रणाली संयुक्त राज्य अमेरिकाका लागि उचित छैन र कहिल्यै पनि थिएन”, उहाँले भन्नुभयो । उहाँले अमेरिकी व्यापारिक साझेदारहरूका लागि तयार पारिएको पारस्परिक कर अप्रिल २ देखि लागु हुने जानकारी दिनुभयो । ट्रम्पले रोजगारी सिर्जनाका साथै करबाट ‘खर्बौं डलर’ प्राप्त गर्ने वाचा गर्नुभएको छ । कार्यालयमा फर्केपछि ट्रम्पले क्यानाडा, मेक्सिको र चीनबाट आउने १४ खर्ब डलरका आयातमा करहरू लगाउन चाँडै काम गर्नुभएको छ र थप करहरू पाइपलाइनमा छन् ।

यी कदमले वित्तीय बजारमा ठूलो हलचल ल्याएको छ । यसले तीव्र प्रतिशोधका साथ विपरीत कर र अन्य उपायहरू आकर्षित गरेको छ । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्