अन्तराष्ट्रिय खबर

उत्तर कोरियाले विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति बनाउने किमको दावी

उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देश विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति केन्द्र बन्ने लक्ष्य राखेको बताउनुभएको छ । प्योङयाङले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको र यो अमेरिकी मुख्य भूमिमा पुग्न सक्ने विश्वास गरिएको उत्तर कोरियाली अधिकारीले दावी गरेका छन् । ने�. . .


फिफा विश्वकप : पोल्याण्डले साउदी अरेबियालाई हरायो

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सी’को खेलमा पोल्याण्डले साउदी अरेबियालाई पराजित गरेको छ । कतारको एजुकेसन सिटी रङ्गशालामा आज भएको खेलमा पोल्याण्डले २–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । पोल्याण्डको जितमा पिटर जिलेन्स्की र रोबर्ट लेवान्डोस्कीले समान १–१ गोल गरे । सा�. . .


विश्वकप फुटबल : अस्ट्रेलियाले ट्युनिसियालाई हरायो

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘डी’ मा रहेको अस्ट्रेलियाले ट्युनिसियालाई पराजित गरेको छ । कतारको अल जानौब रङ्गशालामा आज भएको खेलमा अस्ट्रेलियाले ट्युनिसियालाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । अस्ट्रेलियाको लागि मिचेल डुकले गोल गरे । खेलको २३औँ मिनेटमा मिचेल डुकले ग�. . .


ब्राजिलको विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, ११ जना घाइते

ब्राजिलको एस्पिरिटो सान्तो राज्यको दुईवटा विद्यालयमा शुक्रबार एक बन्दुकधारीले गोली चलाउँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने ११ जना गम्भीर घाइते भएको सीएनएनले ब्राजिलका अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ। ब्राजिलमा विद्यालयमा गोली चलाउने बन्दुकधारीले सेमी अटोमेटिक हतियार बोकेको क्या. . .


टेस्लाले चीनबाट करिब १३ हजार मोडल ३ गाडी फिर्ता गर्ने

विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट १२,८६३ मोडल ३ का गाडी फिर्ता गर्न थालेको छ । फिर्ता गरिने सवारी साधनमा गत १२ जनवरी २०१९ र २२ नोभेम्बर २०१९ बीच उत्पादन भएका २,७३६ आयातित सवारी साधनहरू र अक्टोबरको बीचमा चीनमा उत्पादन भएका १०,१२७ समावेश छन्। फिर्. . .


विश्वकप फुटबलमा आज चार खेल हुँदै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । विश्वकपमा समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’ का समान दुई दुई खेल हुनेछन् । पहिलो खेलमा समूह ‘डी’ मा रहेको ट्युनिसिया र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । दोस्र. . .


फिफा विश्वकप : अमेरिका र इंग्ल्याण्ड बीचको खेल गोलरहित बराबरी

काठमाडौं । कतारमा जारी फिफा विश्वकप खेलमा अमेरिका र इंग्ल्याण्डबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । निर्धारित ९० मिनेटको खेल निकै प्रतिस्पर्धात्मक रहे पनि दुवै टोलीले कुनै गोल गर्न सकेनन् । कतारको अल बायट रङ्गशालामा भएको खेल बराबरी भएसँगै दुवै टोलीले समान एक/एक अङ्क बाँडेका छन् । समूह बी मा रहेका द. . .


‘व्यक्ति वा सम्बन्ध राष्ट्रभन्दा माथि हुँदैन’: प्रधानमन्त्री मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘कुनै पनि व्यक्ति वा सम्बन्ध राष्ट्रभन्दा माथि नहुने’ बताउनुभएको छ । लाचित बोरफुकानको ४०० औँ जन्मजयन्तीको समापन समारोहलाई आज नयाँ दिल्लीमा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । लाचित बोरफुकनको जीवनको उदाहरण दिँदै उहाँले बोरफुकनको जीवनले हामीलाई नाता�. . .


विश्वकप फुटबल प्रतियोगिता : सेनेगलद्वारा आयोजक कतार पराजित

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा सेनेगलले आयोजक कतारलाइ पराजित गरेको छ । प्रतियोगितामा सेनेगलको यो पहिलो जित हो । कतारको अल थुमामा स्टेडियममा आज भएको खेलमा सेनेगलले कतारलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । खेलको ४१औँ मिनेटमा बोउलाए डियाले गोल गर्दै सेनेगललाई सुरुआती अग्रता दिलाए । त्यस. . .


वेल्सका गोलकिपर हेनेसीले पाए विश्वकपको पहिलो रातो कार्ड

काठमाडौं । वेल्सका गोलकिपर वेन हेनेसीले शुक्रबार कतार विश्वकपको पहिलो रातो कार्ड पाएका छन् । उनलाई इरानका मेहदी तारेमीसँग झगडा गरेको कारण रातो कार्ड दिइएको हो । स्टपरलाई शुरुमा पहेँलो कार्ड दिइएको थियो तर भिडियो सहायक रेफ्रीको हस्तक्षेपपछि ८६ औं मिनेटमा रातो दिएको हो । फोटो:फाइल. . .


पिउने पानी र प्रकाशको अभावमा छटपटाइ रहेछन् किएभका बासिन्दा

करिब नौ महिनादेखि रुसी आक्रमण झेलिरहेका युक्रेनी नागरिकको जीवन कष्टकर बनिरहेको छ । राजधानी किएभका बासिन्दा बिहीबार पिउने पानी र प्रकाशको अभावमा छटपटाइ रहेका थिए । अघिल्लो दिन रुसी बम आक्रमणमा पानी र बिजुली आपूर्तिका स्रोत तहसनहस भएपछि प्रकाश, पानी र न्यानोको खोजीमा किएभका जनता हातमा खाली बोतल बोक�. . .


चीनमा एक घरमा आगलागी हुँदा १० जनाको मृत्यु

उत्तरपूर्वी चीनको सिन्जियाङ् प्रान्तको राजधानी उरुम्कीमा भएको आगलागीमा परेर कम्तीमा पनि १० जनाको ज्यान गएको छ भने अरु नौ जना घाइते भएका छन् । एक व्यक्तिको निजी घरमा भएको आगलागीमा परेर ती व्यक्तिको ज्यान गएको सुरक्षा अधिकारीहरूले जानकारी दिएका छन् । अधिकारीहरूका अनुसार बिहीबार राति सो दुर्घटना भएको. . .