अन्तराष्ट्रिय खबर

बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधन

बेलायतकी महारानी एलिजाबेथ द्वितीयाकाे निधन भएको छ । महारानी एलिजाबेथ द्वितीया ९६ वर्षको उमेरमा बिहीबार निधन भएको बीबीसीले जनाएको छ । बिहीबारै बकिङ्हम प्यालेसले एउटा वक्तव्य जारी गर्दै उनको स्वास्थ्यमा समस्या देखिएको बताएको थियो। स्कटल्यान्डमा रहेको बालमोरल क्यासलमा उनको निधन भएको बिबिसीले जना�. . .


युक्रेन द्वन्द्वको असर युरोपमा मात्र सीमित छैन : भारत

युक्रेन द्वन्द्वको असर युरोपमा मात्र सीमित नरहेको भन्दै भारतले विशेषगरी विकासोन्मुख देशहरुमा खाद्यान्न, मल र इन्धन सुरक्षालाई लिएर चिन्ता बढाएको बताएको छ । सुरक्षा परिषद्लाई आश्वस्त पार्दै संयुक्त राष्ट्रसंघका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा काम्बोजले युक्रेन द्वन्द्वका कारण उत्पन्न आर्थ. . .


बेलायतका प्रधानमन्त्री ट्रसद्वारा इन्धन मूल्य घटाउने प्रतिवद्धता

बेलायतका नवनियुक्त प्रधानमन्त्री लिज ट्रसले बढ्दो जीवनयापनको सङ्कटलाई कम गर्न घरेलु इन्धनको मूल्य नियन्त्रण गर्ने महंगो योजना सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । ट्रसले मंगलबार मात्र बोरिस जोनसनबाट पदभार ग्रहण गर्नुभएको थियो । तर कडा दबाबमा परेका घरपरिवार र व्यवसायहरूलाई मद्दत गर्न तत्काल कदम चा. . .


भारतमा फेरि बढ्यो कोरोना सङ्क्रमण

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले विश्वव्यापीरूपमा कोभिड–१९ सङ्क्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए तापनि भारत र दक्षिण कोरियामा भने सङ्क्रमितहरूको सङ्ख्यामा उल्लेखनीय कमी आएको छैन । बुधबार मध्यरातसम्मको विवरणलाई समावेश गरेर कोरियाली स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको सूचनामा ७२ हज�. . .


सोमालियाका बालबालिकामा कुपोषणको समस्या थप बढ्दै

संयुक्त राष्ट्रसङ्घीय बालकोषले सोमालियाका बालबालिकामा कुपोषणको समस्या थप बढ्ने चेतावनी दिएको छ । कोषले यहाँ केही समययतादेखि अनिकाल परिरहेकाले यसका कारण यहाँका बालबालिकामा कुपोषणको समस्या देखिएको र यो अवस्था अझै बढ्नसक्ने बताएको हो । सोमालियाका लागि संयुक्त राष्ट्रसङ्घीय बालकोषका प्रतिनिधि व�. . .


सिरियामा भवन भत्किँदा दशको मृत्यु

उत्तरी सहर एलेप्पोमा बुधबार एउटा पाँच तले आवासीय भवन भत्किँदा कम्तीमा दश जनाको मृत्यु भएको राज्यद्वारा सञ्चालित समाचार समिति सानाले जनाएको छ । अल–फरदोसको छिमेकमा पर्ने स्थानमा रहेको उक्त भवन भत्किएको भग्नावशेषमा छ महिला, तीन बालबालिका र एक पुरुषको शव फेला परेको जनाएको छ । एक महिला र बालकलाई उद्धार �. . .


क्यामरूनको अङ्ग्रेजीभाषी क्षेत्रमा पाँच जना मारिए

अङ्ग्रेजीभाषीको बाहुल्य रहेको क्यामरूनको दक्षिणपश्चिम भेगमा सन्दिग्ध पृथकतावादीले यात्रुबाहक एउटा बसमा आक्रमण गर्दा पाँच जना मारिएका तथा अन्य तीन जना घाइते भएका छन् । कुम्बा क्षेत्रबाट वुबातर्फ गइरहेको बसमाथि एकोना इलाकाको राजमार्गमा आक्रमण भएको बताउँदै स्थानीय अधिकारीहरूले चार जना यात्री र ब. . .


दक्षिण कोरिया ,भारत र पाकिस्तानका कोरोना सङ्क्रमित

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले विश्वव्यापीरूपमा कोभिड–१९ सङ्क्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए तापनि दक्षिण कोरियामा भने कोरोना सङ्क्रमण उल्लेखनियरुपमा घटेको छैन् । मङ्गलबार मध्यरातसम्म सार्वजनिक गरिएको विवरणअनुसार यस देशमा ८५ हजार पाँच सय ४० जना नयाँ सङ्क्रमित थपिएका छन् । यद्यपी स. . .


कारमा बस्दा सिट बेल्ट अनिवार्य लगाउनुपर्ने

भारत सरकारले सडक यातायातका क्रममा कार तथा सबै सवारी साधनहरुमा सिट बेल्ट लाउनु अनवार्य गरिएको जनाएको छ । कारको अगाडि बस्ने सबै जनाले सिट बेल्ट लाउनु अनिवार्य भएको नियम यहाँको केन्द्रीय सरकारले जनाएको छ । यदि कार तथा बसमा यात्रा गरिहेका व्यक्तिले सिट बेल्ट नलाएको पाइएमा उनीहरुलाई कडा कारबाही गरिने न�. . .


चीनकाे सिचुआनमा सोमबार गएको शक्तिशाली भूकम्पमा परी ७४ को मृत्यु, २६ बेपत्ता

चीनको दक्षिणपश्चिम प्रान्त सिचुआनमा सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ७४ पुगेको स्थानीय सञ्चारमाध्यमले बुधबार जनाएको छ । मङ्गलबार राति ९ बजेसम्म समाचारअनुसार सो भूकम्पमा परेर अझै २६ जना बेपत्ता रहेका छन् । मङ्गलबार बेलुका ९ बजेसम्म गान्जी प्रान्तमा ४० जनाको ज्यान गएको, १४ . . .


१२ करोडको लागुऔषधसहित २ अफगान नागरिकलाई पक्राउ

दिल्ली प्रहरीले इतिहासमै सबैभन्दा ठूलो परिमाणको लागुऔषध बरामद गरेको बाएको छ । करिब १२ करोड बराबरको ३१२ किलो मेथाम्फेटामाइन लागुऔषध सहित दुई अफगान नागरिकलाई पक्राउ गरिएको दिल्ली विशेष प्रहरी सेलले जनाएको छ । त्यसैगरी उनीहरूबाट १० किलो शुद्ध हेरोइन समेत बरामद गरेको छ । आरोपीहरूलाई नयाँ दिल्लीको �. . .


दक्षिण कोरियामा ९९ हजार भन्दा बढी कोरोना सङ्क्रमित, भारतमा घट्दै

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले विश्वव्यापीरूपमा कोभिड–१९ सङ्क्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए तापनि दक्षिण कोरियामा भने कोरोना सङ्क्रमण उल्लेखनिय रुपमा घटेको छैन् । सोमबार मध्यरातसम्म सार्वजनिक गरिएको विवरणअनुसार देशमा ९९ हजार आठ सय ३७ जना नयाँ सङ्क्रमित थपिएका छन् । हाल दक्षिण कोर�. . .