अन्तराष्ट्रिय खबर

विहारमा डुङ्गा डुब्दा दश जना बेपत्ता

पूर्वी भारतको विहार राज्यको एउटा नदीमा आइतबार साँझ डुङ्गा डुब्दा दश जना बेपत्ता भएका छन् भने ४० जना पौडेर सुरक्षित स्थानमा पुग्न सफल भएकमा सरकारी अधिकारीले बताएका छन् । हराइरहेकाहरूको उद्धार तथा खोजमा राज्यको प्रकोप व्यवस्थापन कार्यालयका अधिकारी क्रियाशील रहेका पटनास्थित जिल्ला मजिस्ट्रेट कार्य. . .


पाकिस्तान बाढीः तेह्र सयभन्दा बढीको मृत्यु, अर्बौँ डलरको आर्थिक क्षति

बितेका दुई महिनामा पाकिस्तानका विभिन्न भागमा अविरल वर्षासँगै आएको बाढीमा परी एक हजार तीन सय १४ जनाको मृत्यु भएको छ भने १२ हजार सात सय तीन जना घाइते भएका छन् । तीन करोड ३० लाखभन्दा बढी प्रभावित भएका छन् । हरेक सात जना पाकिस्तानी नागरिकमा एक जना बाढीपहिराबाट पीडित भएका छन् । बितेका २४ घण्टामा बाढीले बगाउ�. . .


बङ्गलादेश सडक दुर्घटनाः नौ जनाको मृत्यु, त्रिसट्ठी घाइते

राजधानी ढाकाबाट तीन सय चार किलोमिटर उत्तरपश्चिममा अवस्थित रङपुर जिल्लामा आज अपराह्न भएको सवारी दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ भने अन्य ६३ जना घाइते भएका छन् । यात्रुबाहक दुईवटा बस एकआपसमा ठोक्किदा उक्त हताहति भएको हो । घटनास्थलमा पाँच जनाको ज्यान गएको रङपुर जिल्लाको तारापुञ्ज क्षेत्रका उपप�. . .


चीनको दक्षिणपश्चिम प्रान्त सिचुवानमा भूकम्प: सात जनाको मृत्यु

चीनको दक्षिणपश्चिम प्रान्त सिचुवानको लुडिङ काउन्टीमा भूकम्प गएको छ । ६.८ म्याग्निच्युडको भूकम्पमा परी सात जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । भूकम्पबाट भएको मानवीय क्षति र भौतिक संरचनाको विस्तृत विवरण आउन बाँकी छ । रासस/सिन्ह्वा फोटो:फाइल. . .


लखनऊको होटलमा आगलागी: दुई जनाको मृत्यु, दश घाइते

उत्तर प्रदेशको राजधानी लखनऊको हजरतगञ्ज क्षेत्रमा रहेको लेभाना होटलमा सोमबार आगलागी हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । होटलमा धेरै मानिस फसेका आशङ्का गरिएको छ । घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । घटनास्थलमा उद्धार जारी छ । यसैबीच, उत्तर प्रदेशका मुख्�. . .


बङ्गलादेशका प्रधानमन्त्री भारत भ्रमणमा आउँदै

बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना भारतको चारदिने भ्रमणमा आज यहाँ आउँदै हुनुहुन्छ । कोभिड–१९ महामारी सुरु भएयता उहाँको यो पहिलो भारत भ्रमण हो । भ्रमाणका क्रममा उहाँले राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखरसँग शिष्टाचार भेट गर्नुहुने छ भने प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्ष�. . .


तीन करोड तीसलाख बाढीपीडितलाई सहयोग गर्न पाकिस्तानको अपिल

पाकिस्तानले हालैको बाढीबाट प्रभावित भएका देशका तीन करोड ३० लाख बाढीपीडितलाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसमक्ष अपिल गरेको छ । बाढीमा परेर झण्डै एक हजार तीन सय जनाको मृत्यु भएको जनाउँदै पाकिस्तान सरकारले मानवीय सहायताको प्रतीक्षामा रहेका तीन करोड ३० लाख आफ्ना नागरिकका निम्ति सहयोग गर्न अन्तर�. . .


रोहिङ्ग्या आप्रवासी बङ्गलादेशका निम्ति ठूलो बोझ, भारतको सक्रिय भूमिकामा प्रधानमन्त्रीको जोड

बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले रोहिङ्ग्या आप्रवासी बङ्गलादेशका निम्ति ठूलो बोझ बनेका बताउँदै त्यसलाई समाधान गर्न भारतको सक्रिय भूमिकाको आफूले अपेक्षा गरेको बताउनुभएको छ । रोहिङ्ग्या आप्रवासीहरूलाई उनीहरूको मातृभूमि फर्कने सुनिश्चितताका निम्ति बङ्गलादेशले अन्तर्राष्ट्रिय समुदायसँग . . .


नासाले चन्द्रमामा रकेट प्रक्षेपणका लागि पुनः तयारी थाल्यो

अमेरिकी अन्तरिक्ष निकाय (नासा)ले अन्तरिक्ष यात्रीले आरोहण गर्नुअघि नै परीक्षण उडानका लागि चन्द्रमामा रकेट पठाउने तयारी गरेको छ । यसै साता दोस्रो पटक प्रक्षेपण टोलीले नासाले निर्माण गरेको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली ३२२ फिट (९८ मिटर) लामो रकेटमा करिब १० लाख ग्यालन इन्धन लोड गर्न सुरु गरेको थियो । �. . .


बिहारमा चट्याङ लागेर सत्र जनाको मृत्यु

भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर सत्र जनाको मृत्यु भएको छ । सरकारी प्रसारण संस्था अल इण्डिया रेडियोका अनुसार बितेका २४ घण्टामा राज्यका छ वटा जिल्लामा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको तथा खेतमा काम गरिरहेका किसानको चट्याङ लागेर मृत्यु भएको हो । राज्यको गया जिल्लामा तीन जना बालबालिकास. . .


जर्मनीको निर्यातमा ह्रास, आर्थिक मन्दीको डर

जर्मनीको निर्यात चार महिनामा पहिलो पटक जुलाईमा घटेको शुक्रबार प्रकाशित सरकारी तथ्याङ्कले देखाएको छ । सङ्घीय तथ्याङ्क एजेन्सी (डेस्टाटिस)को मौसमी समायोजित तथ्याङ्कअनुसार जर्मनीले अगष्टमा देशले एक सय ३१ दशमलव तीन अर्ब युरो अर्थात् एक सय ३१ दशमलव चार अर्ब अमेरिकी डलर बराबरको सामान निर्यात गरेको छ, जु. . .


बाढीका कारण पाकिस्तानमा झण्डै आठ लाख पशुको मृत्यु

विगत केही हप्तादेखि आएको मूसलधारे मनसुनी वर्षाले शताब्दी लामो रेकर्ड तोडेको छ । साथै केही प्रान्तहरूमा विगत ३० वर्षको औसतभन्दा पाँच गुणा बढी पानी परेको बताइएको छ जसबाट १,२०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । त्यस्तै बाढीले ११ लाखभन्दा भन्दा बढी घरहरू क्षति पुर्याएको छ भने थुप्रै घरहरू बगाएको छ । थ�. . .