अन्तराष्ट्रिय खबर

पाकिस्तानमा मनसुनी वर्षाबाट दशको मृत्यु, २६ जना घाइते

पाकिस्तानमा मनसुनी वर्षा र यससँगै आएको बाढी र पहिरोमा परी कम्तीमा पनि १० जनाको ज्यान गएको छ ।गएको २४ घन्टायता पाकिस्तानका विभिन्न स्थानमा भएको निरन्तरको वर्षा र बाढीमा परेर अरु २६ जना घाइते भएका यहाँका राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले जनकारी दिएको हो । सो केन्द्रका अधिकारीले दिएको जानकारीअनु. . .


भारतको दलाल स्ट्रीटका बिग बुल राकेश झुनझुनवालाको आज बिहान निधन

भारतको दलाल स्ट्रीटका बिग बुल राकेश झुनझुनवालाको आज बिहान निधन भएको छ। ५ हजारदेखि ४३.३९ करोडसम्मको यात्रा गर्ने भारतिय शेयर बजारका बिग बुल राकेश झुनझुनवाला ६२ वर्षको उमेरमा मृत्यु भएको हो। झुनझुनवाला गत साता मात्रै ‘आकासा’ एयरलाइन्सबाट उड्डयन क्षेत्रमा प्रवेश गरेका थिए। झुनझुनवाला कुनै समय शे. . .


बैंककमा चिनियाँ क्यासिनो सञ्चालक पक्राउ

अवैध अनलाइन क्यासिनो सञ्चालन गरेको आरोपमा अन्तर्राष्ट्रिय पक्राउ पूर्जी जारी गरिएका एक विवादास्पद चिनियाँ व्यवसायीलाई बैंककका अधिकारीहरूले हिरासतमा लिएको थाई प्रहरीले शनिबार पुष्टि गरेको छ । उनी चिनियाँ प्रहरीबाट फरार रहँदै आएका थिए । उनले कम्बोडिया र म्यान्मारको कायिन राज्यको श्वे कोक्कोमा व. . .


मोन्टेनेग्रोमा गोली चल्दा बन्दुकधारी सहित १२ जनाको मृत्यु

मोन्टेनेग्रोको मध्य शहर सेटिन्जेमा शुक्रबार एक बन्दुकधारीले गोली चलाउँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । सो घटनामा एक प्रहरी सहित अन्य छ जना गम्भीर घाइते भएका छन् भने प्रहरीको आक्रमणमा आक्रमणकारी समेत मारिएको छ। मोन्टेनेग्रोको सार्वजनिक प्रसारक रेडियो एण्ड टेलिभिजन अफ मोन्टेनेग्रो (आरटीसीजी) ल. . .


विषाक्त मदिरा सेवनबाट विहारमा पाँच जनाको मृत्यु

भारतको विहार राज्यमा विषाक्त मदिरा सेवनबाट पाँच जनाको मृत्यु भएको आशङ्का गरिएको छ । राज्यको सारण जिल्लास्थित भुअलपुरमा उक्त घटना भएको सरकारी अधिकारीहरुले शनिबार जानकारी दिएका हुन् । घरेलु मदिरा सेवन गरेका कारण उनीहरूको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । यद्यपि त्यो य�. . .


पाकिस्तानको आर्थिक पुनःउत्थान निरन्तर : केन्द्रीय बैंक

पाकिस्तानको केन्द्रीय बैंकले पाकिस्तानी आर्थिक पुनःउत्थानले निरन्तरता पाएको जनाएको छ । सन् २०२१ को जुलाईदेखि डिसेम्बरसम्म, देशमा ठूलो परिमाणमा उत्पादनले व्यापकता लिएको फेडरल बोर्ड अफ रेभेन्यूको कर संकलनमा वृद्धिसँगै निर्यात उत्साहजनक भएको र खरीफ (पाकिस्तानमा मनसुन को रोपाईको मौसम) बालीहरूले उच�. . .


सोनिया गान्धीलाई कोरोना संक्रमण

भारतीय राष्ट्रिय काङ्ग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धी फेरि सङ्क्रमित हुनुभएको छ । उहाँ कोरोना भाइरसबाट अहिले दोस्रो पटक सङ्क्रमित हुनुभएको हो । उहाँ यसअघि गत जुन २ मा पनि कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको थियो । उहाँमा सङ्क्रमण रहेको शनिबार पुष्टि गरिएको अधिकारीहरूले जनाएका छन् । उहाँला�. . .


भारतमा पछिल्लो २४ घण्टामा १५ हजार ८१५ कोरोना सङ्क्रमित

भारतमा कोरोना भाइरसबाट थप झण्डै १६ हजार नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ८१५ सङ्क्रमित भएका हुन् । मन्त्रालयका अधिकारीहरूले पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या भने २० हजार १८ रहेको जानकारी दिएका छन् । ए. . .


विद्यालय शिक्षाबाट बञ्चित दशौँ हजार अफगान बालिकाको भविष्य अनिश्चित

अफगानिस्तानको शासन व्यवस्था तालिबानले सम्हालेको एक वर्ष भयो । एक वर्षदेखि देशका अधिकांश किशोर–किशोरीले कक्षाकोठामा पाइला राख्न पाएका छैनन् । महिलाप्रतिको तालिबानको कठोर निर्णयले विशेषगरी किशोरीहरू विद्यालय शिक्षाबाट बञ्चित भएका छन् । सत्तारूढ तालिबानले उनीहरूलाई विद्यालयमा फर्कन अनुमति दिन�. . .


मलेसियामा एकै दिन चार हजार आठ सय ३१ जनामा कोरोना सङ्क्रमण

मलेसियामा बिहीबार रातिसम्म थप चार हजार आठ सय ३१ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । यहाँ पछिल्ला केही समयमा कोरोनाको सङ्क्रमण बढेको पाइएको हो । त्यसैगरी यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार गएको एकै दिनमा यहाँ १० जनाको ज्यान पनि गएको छ । यहाँ भेटिएका पछिल्लो दिनका यी सङ्क्रमितह�. . .


कोरियामा एक लाख २८ हजार भन्दा बढीमा कोरोना सङ्क्रमण

दक्षिण कोरियामा एकैदिन एक लाख २८ हजार सात सय १४ जना कोभिड–१९बाट सङ्क्रमित भएका छन् । बिहीबार प्रकाशित तथ्याङ्कको तुलनामा शुक्रबारको तथ्याङ्क घटेको पाइएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार बिहीबार एक लाख ३७ हजार दुई सय ४१ जनामा कोरोना भाइरस पुष्टि भएको थियो । दक्षिण कोरियामा ओमिक्रोनको उपप्रजाति �. . .


भारतमा सोह्र हजारभन्दा बढी कोरोना सङ्क्रमित

भारतमा एक दिनमा १६ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १६ हजार पाँच सय ६१ नयाँ सङ्क्रमित भएका हुन् । यसैसँगै भारतमा हाल कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ४२ लाख २३ हजार पाँच सय ५७ जना पुगेका सङ्घीय स्वास्थ्य मन्त्रालयले सार्. . .