अन्तराष्ट्रिय खबर

इजरायल र गाजामा दोस्रो दिन पनि गोली हानाहान, २४ जनाको मृत्यु, २१५ घाइते

इजरायल र प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे)बीच दोस्रो दिन पनि गोली हानाहान जारी रहँदा कम्तीमा २४ प्यालेस्टाइनीको मृत्यु हुनाका साथै २ सय १५ जना घाइते भएका छन् । मृत्यु हुनेमा छ बालबालिका र दुई महिला रहेको गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार सिन्ह्वालाई पठाएको प्रेस विज्ञप्तिमा जनाइएको छ। इजरायल. . .


पाकिस्तान : विधानसभाका लागि सबै नौ रिक्त स्थानमा उम्मेदवारी दिने इमरान खानको घोषणा

पाकिस्तान तेहरिक–आई–इन्साफ (पीटीआई) प्रमुख तथा पूर्व प्रधानमन्त्री इमरान खानले विधानसभा सीटका लागि हुने उपचुनावमा शनिबार सबै नौ स्थानबाट आँफै लड्ने घोषणा गर्नुभएको छ । पाकिस्तानको निर्वाचन आयोगले शुक्रबार उपचुनावको तालिका जारी गरेपछि सर्वप्रथम पीटीआईको आधिकारिक ट्वीटर अकाउन्टबाट उक्त जानकारी. . .


पाकिस्तानमा उप निर्वाचन घोषणा

पाकिस्तानमा शुक्रबार उपनिर्वाचनको मिति घोषणा गरिएको छ । राष्ट्रिय सभाका नौ सिटका लागि निर्वाचन गर्न मिति घोषणा गरिएको हो । आगामी सेप्टेम्बर २५ मा मतदान गराउने गरी निर्वाचन घोषणा गरिएको निर्वाचन आयोगले जनाएको छ । देशको राजनीतिक परिवर्तन र तत्कालीन सत्तारुढ दल पाकिस्तान तेहरिक ए इन्साफ पार्टी (पिट�. . .


अफगानिस्तानमा भएको हिंसात्मक घटनामा परी ५ जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुल भएको हिंसात्मक घटनामा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ । शुक्रबारको प्रार्थना गर्ने क्रममा भएको विस्फोटनमा परी उनीहरूको मृत्यु भएको सरकारी अधिकारीहरूले जनाएका छन् । घटनामा परी अरु १८ जना घाइते भएको र उनीहरूलाई स्थानीय अस्पतालहरूमा भर्ना गरेर उपचार भइरहेको छ । स�. . .


दक्षिण कोरियामा एक दिनमा एक लाख १० हजार सङ्क्रमित

दक्षिण कोरियामा पछिल्ला केही दिनदेखि लगातार दैनिक एक लाखभन्दा बढी नयाँ सङ्क्रमित हुने गरेका छन् । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एक लाख १० हजार ६६६ जना नयाँ सङ्क्रमित भएका हुन् । दक्षिण कोरियामा अहिलेसम्म कुल सङ्क्रमितहरूको सङ्ख्या दुई करोड तीन लाख ८३ हजार ६२१ . . .


बङ्गलादेशमा इन्धनको मूल्यमा भारी वृद्धि

बङ्गलादेश सरकारले इन्धनको मूल्य इतिहासकै सबैभन्दा उच्च बनाएको छ । सन् १९७१ मा देश स्वतन्त्र भएपछि पहिलोपटक खुद्रा इन्धनको मूल्यमा उच्च वृद्धि भएको हो । बङ्गलादेश सरकारले शुक्रबार राति आजदेखि लागू हुने गरी इन्धनको मूल्य ५१.७ प्रतिशतले बढाएको हो । ऊर्जा तथा खनिज स्रोत मन्त्रालयले जारी गरेको मूल्य �. . .


थाइल्याण्डको रात्रि क्लबमा आगलागी हुँदा १४ को मृत्यु

थाइल्यण्डको चोनबुरी प्रान्तमा रहेको एउटा रात्रि क्लबमा भएको आगलागिमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार शुक्रबार राति १ बजे घटना भएको अधिकारीहरूले जानकारी दिएका छन् । आगालागिमा परी अरु १२ भन्दा बढी घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ । घा�. . .


अमेरिकामा बेरोजगारी दर ३.५ प्रतिशतले कम

जुलाईमा अमेरिकी बेरोजगारी दर ३.५ प्रतिशतले कम भएको श्रम मन्त्रालयले शुक्रबार जनाएको छ । अमेरिकी रोजगारीको अवस्थामा वृद्धि गत महिनामा पनि उल्लेख्य देखिएको छ । थप पाँच लाख २८ हजारभन्दा बढी रोजगारी पाएको र यसलाई मन्दी आउने अनुमानबीच एक आश्चर्यजनक उपलब्धिका रूपमा लिइएको सरकारद्वारा शुक्रबार सार्वजनि. . .


चीनले अमेरिकी सभामुख पेलोसीमाथि प्रतिबन्ध लगायो

चीनले शुक्रबार अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसी र उनको निकटतम परिवारका सदस्यविरुद्ध प्रतिबन्ध लगाएको छ । चिनियाँ विदेशमन्त्रालयले सो निर्णयको घोषणा गर्दै अमेरिकी तीन शीर्ष अधिकारीहरूमध्येकी पेलोसीले देशको चासोलाई बेवास्ता गर्दै ताइवान भ्रमण गर्न जोड दिएका दिएको बताएको छ । यो भ्रमणले चीन�. . .


भारतमा कोरोना सङ्क्रमणमा पुनःवृद्धि

भारतमा बितेका २४ घण्टामा देशका विभिन्न भागमा कोरोना सङ्क्रमतिको सङ्ख्या २० हजार नाघेको छ । शुक्रबार बिहान केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार हिजो एक दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या २० हजार ५५१ पुगेको छ । देशमा हाल कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ४१ लाख ७ ह�. . .


दक्षिण कोरियाको अस्पतालमा आगलागी हुँदा पाँच जनाको मृत्यु, ३७ घाइते

दक्षिण कोरियाको राजधानी सियोलबाट करिब ५० किलोमिटर दक्षिणपूर्वमा रहेको इचेनस्थित एक अस्पतालको भवनमा भएको आगलागीमा परी पाँच जनाको मृत्यु भएको छ भने अन्य ३७ जना घाइते भएका छन् । स्थानीय समयानुसार बिहान १०:१७ बजे (०११७ जीएमटी) चार तले भवनमा आगलागी भएको थियो । त्यस भवनको चौथो तल्लामा डायलासिस बिरामीहरू उ. . .


अमेरिकामा जनस्वास्थ्य सङ्कट घोषणा

मङ्कीपक्सका सङ्क्रमितहरु बढेपछि अमेरिकामा जनस्वास्थ्य सङ्कटकालको घोषणा गरिएको छ । अमेरिकी सरकारले बिहीबार सो घोषणा गरेको हो । यहाँको स्वास्थ्य तथा मानवीय सेवा विभागले सो घोषणा गरेको हो । उक्त विभागका तर्फबाट बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अमेरिकामा मङ्कीपक्सको अवस्था दिन प्रतिदिन बढ्�. . .