बङ्गलादेश सङ्कटमा भारत ‘गहिरो रूपमा चिन्तित’ छ : विदेशमन्त्री

<span class='c1'>बङ्गलादेश सङ्कटमा भारत ‘गहिरो रूपमा</span> <span class='c2'>चिन्तित’ छ : विदेशमन्त्री</span>

नयाँ दिल्ली । भारतका विदेशमन्त्री एस. जयशङ्करले मङ्गलबार बङ्गलादेशमा ‘कानुन र व्यवस्था स्पष्ट रूपमा पुनर्बहाली नभएसम्म अत्यन्त चिन्तित रहेको’ बताउनुभएको छ ।

प्रधानमन्त्री शेख हसिना अपदस्थ भएको एक दिनपछि छिमेकी मुलुक बङ्गलादेशको पछिल्लो घटनाक्रमबारे उहाँको सो टिप्पणी आएको हो ।

उहाँले हसिना भारतमा रहेको पुष्टि गर्नुभयो । सोमबार प्रदर्शनकारीहरूले आफ्नो भवनमा आक्रमण गरेपछि हसिना भाग्नुभएको थियो ।

संसदमा विदेशमन्त्री जयशङ्करले भन्नुभयो, “जबसम्म कानुन र व्यवस्था स्पष्ट रूपमा बहाल हुँदैन, हामी स्वाभाविक रूपमा अत्यन्त चिन्तित हुनेछौँ ।”

चीनसँग बलियो सम्बन्ध कायम राख्दै भारतबाट समर्थन प्राप्त गर्ने कमजोर सन्तुलन बनाउने हसिनाको पतनप्रति नयाँदिल्लीले सावधानी अपनाएको छ ।

“पछिल्लो २४ घण्टामा हामी ढाकामा अधिकारीहरूसँग नियमित सम्पर्कमा छौँ”, विदेशमन्त्रीले भन्नुभयो, “सुरक्षा प्रतिष्ठानका नेताहरूसँगको बैठकपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिने निर्णय गर्नुभएको हाम्रो बुझाइ छ ।”

“धेरै छोटो सूचनामा उहाँले तत्काल भारत आउन स्वीकृतिका लागि अनुरोध गर्नुभयो, हामीले एकैसाथ बङ्गलादेशका अधिकारीहरूबाट उडान अनुमतिका लागि अनुरोध प्राप्त गर्यौँ, उहाँ हिजो साँझ दिल्ली आइपुग्नुभयो”, उहाँले भन्नुभयो ।

भारत र बङ्गलादेशले चार हजार किलोमिटरभन्दा लामो सीमा साझा गर्दछन् । “यो जटिल अवस्थालाई ध्यानमा राख्दै हाम्रो सीमा सुरक्षा बललाई पनि विशेष रूपमा सतर्क रहन निर्देशन दिइएको छ”, विदेशमन्त्री जयशङ्करले भन्नुभयो ।

बङ्गलादेशमा छिट्टै ‘सामाजिक स्थिरत पुनःस्थापना’ हुने चीनको विश्वास
यसैबिच चीनले ‘बङ्गलादेशमा सामाजिक स्थिरता चाँडै पुनःस्थापना हुनसक्ने’ विश्वास व्यक्त गरेको छ ।

पूर्वप्रधानमन्त्री शेख हसिना व्यापक विरोधपछि राजीनामा दिँदै मुलुकबाट भागेपछि बेइजिङमा विदेश मन्त्रालयले मङ्गलबार सो टिप्पणी गरेको हो ।

विदेश मन्त्रालयका प्रवक्ताले भन्नुभयो, “मैत्रीपूर्ण छिमेकी र व्यापक रणनीतिक सहयोगी साझेदारका रूपमा चीनले बङ्गलादेशमा चाँडोभन्दा चाँडो सामाजिक स्थिरता पुनःस्थापित गर्न सकिन्छ भन्ने आशा राखेको छ ।” रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्