अन्तराष्ट्रिय

पपुवा न्युगिनीमा ७ र अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प

पपुवा न्युगिनीको मडाङ शनिबार बिहान सात म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे (युएसजीएस) ले जनाएको छ । सर्भेअनुसार ७२ किलोमिटर गहिराइमा रहेको भूकम्पीय केन्द्र पाँच दशमलव सात डिग्री दक्षिणी अक्षांश र एक सय ४६ दशमलव एक डिग्री पूर्वी देशान्तरमा रहेको थियो । यसैबीच अफगानिस्तानको पश्चिमी . . .


खडेरीले सन् २०२३ को प्रारम्भमा जलविद्युतमा ‘ऐतिहासिक’ विश्वव्यापी गिरावट

खडेरीले सन् २०२३ को पहिलो छ महिनामा जलविद्युत् उत्पादनमा ‘ऐतिहासिक’ विश्वव्यापी गिरावट आएको नयाँ अनुसन्धानले देखाएको छ । विशेषगरी यस्तो अवस्था चीनमा देखिएको भन्दै अनुसन्धानले जलवायु परिवर्तनका कारण यस्तो भएको बताएको छ । नवीकरणीय ऊर्जासम्बन्धी प्रबुद्ध समूह एम्बरले गरेको अनुसन्धानअनुसार जलवि�. . .


सभामुखमा जिम जोर्डनलाई ट्रम्पको समर्थन

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले हाउस अफ रिप्रेजेन्टेटिभको सभामुख पदमा ओहायोका रिपब्लिकन सांसद जिम जोर्डनलाई आधिकारिकरूपमा समर्थन गर्नुभएको छ । उहाँले हाउस जुडिसियरी कमिटीका अध्यक्ष तथा लामो समयदेखिका आफ्नो बचाउकर्ता जोर्डनलाई केभिन म्याककार्थीको उत्तराधिकारीका रूपमा समर्थन गर्�. . .


भारतमा हिमताल फुट्दा १० को मृत्यु,८२ बेपत्ता

भारतमा एक हिमताल फुटेर आएको भीषण बाढीमा परी मर्नेको सङ्ख्या बढेर १० पुगेको र ८२ जना अझै हराइरहेको अधिकारीहरूले बताएका छन् । “बाढीले सिक्किम प्रान्तका चार जिल्लामा मानिस, सडक र पुलहरू बगाएर विनाश गरेको छ”, उत्तरपूर्वी सिक्किमको पहाडी उपत्यकामा हिमताल फुटेको भोलिपल्ट बिहीबार भारतीय सेनाका प्रवक्त�. . .


विषाक्त खानाका कारण भारतमा एक सयभन्दा बढी विद्यार्थी बिरामी

भारतको मध्यप्रदेशस्थित एक सरकारी शारीरिक शिक्षा संस्थानका एक सयभन्दा बढी विद्यार्थीलाई विषाक्त खानाका कारण बिरामी भएर अस्पताल भर्ना गरिएको अधिकारीहरूले बताएका छन् । मध्यप्रदेशको राजधानी भोपालबाट करिब चार सय ३२ किलोमिटर टाढा ग्वालियरमा लक्ष्मीबाई राष्ट्रिय शारीरिक शिक्षा संस्थानमा उक्त घटना भ. . .


पानीको तापक्रम बढेका कारण अमेजनमा १०० भन्दा बढी डल्फिन मृत फेला

गम्भीर खडेरीको चपेटमा परेको ब्राजिलको अमेजन वर्षावनमा गत साता एक सयभन्दा बढी डल्फिन मरेका छन् । विज्ञहरूले पानीको तापक्रम उच्च भएकाले अझ धेरै डल्फिन मर्न सक्ने बताएका छन् । ब्राजिलको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको अनुसन्धान समूह दि मामिराउआ इन्स्टिच्युटले टेफे ताल वरपरको क्षेत्रमा . . .


युक्रेनलाई सहयोग जारी राख्न धेरै समय छैन : अमेरिकी राष्ट्रपति बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अहिले अमेरिकी सहयोग जारी रहने बताउनुभएको छ । युक्रेनमा जारी युद्ध प्रयासमा सहयोगी मुलुकहरूलाई अमेरिकी वित्तीय सहयोग जारी राख्ने आश्वासन दिएका कारण बाइडेनले सो कुरा बताउनुभएको हो । यद्यपि राष्ट्रपति बाइडेनले अमेरिकी कांग्रेसलाई समय घर्किंदै गइरहेको �. . .


दक्षिणपूर्वी स्पेनको नाइटक्लबमा आगलागी हुँदा १३ को मृत्यु

दक्षिणपूर्वी स्पेनको मर्सिया सहरमा आइतबार एक नाइटक्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु हुनुका साथै थुप्रै घाइते भएको अधिकारीहरूले बताएका छन् । बिहान करिब ६ बजेतिर लोकप्रिय टिएटर नाइटक्लबमा आगलागी सुरु भएको र यो चाँडै फैलिएको स्पेनको सरकारी समाचार समिति ईएफईले जनाएको छ । आगलागीको कारण तत्काल थाहा ह�. . .


अमेरिका जान इजरायलीले भिसा लिनु नपर्ने

इजरायलले प्यालेस्टिनी र अरब अमेरिकीविरुद्धको यात्रा प्रतिबन्ध फिर्ता लिएसँगै अमेरिकाले पनि इजरायलीरूलाई भिसा (प्रवेशाज्ञा) बिना संयुक्त राज्य अमेरिकामा प्रवेश दिने घोषणा गरेको छ । आगामी नोभेम्बर ३० देखि लागू हुने यो व्यवस्थाअनुसार व्यापार र भ्रमण गर्न चाहने इजरायली नागरिकलाई तीन महिनासम्म अमे�. . .


इन्धनको मूल्य वृद्धि रोक्न पुटिनको निर्देशन

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले निर्यात प्रतिबन्धका बावजुद पनि थोक पेट्रोलको मूल्य निरन्तर बढ्दै गएकाले इन्धनको मूल्य वृद्धिप्रति ‘तत्काल’ थप प्रतिक्रिया दिन सरकारसँग आग्रह गर्नुभएको छ । रूसी सरकारले गत हप्ता घरेलु बजारलाई ‘स्थिर’ बनाउन पेट्रोल र डिजेल इन्धनको निर्यातमा अस्थायी रूपमा प्रति�. . .


विवादमा तानिएका क्यानडाका सभामुखद्वारा राजीनामा

दोस्रो विश्वयुद्धमा एडोल्फ हिटलरको पार्टी नाजीका तर्फबाट लडेका युक्रेनी नागरिकलाई संसद्मा आमन्त्रण गरेर उनको प्रशंसा गरेपछि विवादमा तानिएका क्यानडाको हाउस अफ कमन्सका सभामुखले राजीनामा दिएका छन् । अन्ठान्नबे वर्षीय यारोस्लाभ हुन्कालाई ‘नायक’ भन्दै उनको प्रशंसा गरेपछि सभामुख एन्थोनी रोटाले मङ. . .


भारत र क्यानाडाबीच साझा आधार खोज्नुपर्ने क्यानडाका रक्षामन्त्रीको भनाइ

क्यानाडाका रक्षामन्त्री बिल ब्लेअरले भारत र क्यानाडाबीच पछिल्लो समय देखिएको तनावलाई मध्यनजर गर्दै साझा आधार खोज्न वार्ता निर्विकल्प उपाय भएको बताउनुभएको छ । सीबीसी न्यूजमा आइतबार प्रसारित एक साक्षात्कारमा ब्लेयरले भन्नुभयो, “म वास्तवमा मलाई मन पर्ने दुई देशले वार्ता सुरु गरुन् भन्ने चाहन्छु । उ�. . .