सन् २०२३ मा अमेरिकाले ८ लाख ७८ हजार विदेशीलाई दियो नागरिकता

<span class='c1'>सन् २०२३ मा अमेरिकाले ८ लाख</span> <span class='c2'>७८ हजार विदेशीलाई दियो नागरिकता</span>

काठमाडौं । सन् २०२३ मा अमेरिकाले ८ लाख ७८ हजार विदेशीलाई नागरिकता दिएको छ ।

युएस सिटिजनसीप एण्ड इमिग्रेसन सर्भिसको प्रतिवेदनअनुसार सन् २०२३ मा विश्वभरबाट ८ लाख ७८ हजार ५ सय विदेशीले अमेरिकी नागरिकता लिएका हुन् ।

प्रतिवेदनअनुसार मेक्सिन १२.७ प्रतिशत, भारतीय ६.७ प्रतिशत, फिलिपिन्स ५.१ प्रतिशत, डोमिनिकन ४ प्रतिशत र क्युबाका ३.८ प्रतिशत नागरिकलाई अमेरिकाले नागरिकता दिएको छ । नागरिकता लिनेहरुमा मेक्सिकन १ लाख ११ हजार ५ सय, भारतीय ५९ हजार १ सय, फिलिपिनी ४४ हजार ८ सय, डोमिनिकन ३५ हजार २ सय जना छन् ।

त्यस्तै, क्युबाका ३३ हाजर २ सय, भियतनामी ३२ हजार ८ सय, चिनियाँ २५ हजार ८ सय, एल सल्भाडरका २१ हजार १ सय, जमाइकाका २० हजार २ सय, कोलम्बियन १७ हजार १ सयले अमेरिकी नागरिकता लिएका छन् ।
यीबाहेक अन्यदेशहरुबाट ४ लाख ७७ हजार ८ सयले नागरिकता लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्