पाकिस्तानको नयाँ प्रधानमन्त्री शहबाज शरीफ बन्ने

<span class='c1'>पाकिस्तानको नयाँ प्रधानमन्त्री</span> <span class='c2'>शहबाज शरीफ बन्ने</span>

काठमाडौं । पाकिस्तानको नयाँ प्रधानमन्त्री शहबाज शरीफ बन्ने भएका छन् । कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन नसकेपछि त्रिशंकु संसद बनेको छ ।

जसमा पीएमएलएनका नेता तथा पूर्व प्रधानमन्त्री नवाज शरीफले आफ्ना भाइ शहबाज शरीफलाई पाकिस्तानको नयाँ प्रधानमन्त्रीको रुपमा पार्टीबाट प्रस्ताव गरेका छन् । यसलाई पाकिस्तानी सेनाले पनि समर्थन गरेको छ ।

शरीफले छोरी मरियम नवाजलाई पञ्जाबको मुख्यमन्त्रीका लागि मनोनयन गरेको पनि पार्टी प्रवक्ता मरियम औरङ्गजेबले सो जानकारी दिइन् । नवाज शरीफले सरकार गठनमा पीएमएलएनलाई साथ दिने सबै राजनीतिक दललाई धन्यवाद दिँदै नयाँ सरकार पाकिस्तानलाई संकटबाट बाहिर निकाल्न सफल हुने आशा व्यक्त गरेका छन् ।
नवाज शरीफ तीन पटक पाकिस्तानको प्रधानमन्त्री भइसकेका छन् । शाहबाज सरिफ दोस्रो पटक पाकिस्तानको प्रधानमन्त्री बन्ने भएका छन् । इमरान खानको सरकार पतन भएपछि २०२२ - २०२३ को बीचमा पीपीपीको समर्थनमा उनी प्रधानमन्त्री बनेका थिए ।

पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का अध्यक्ष बिलावल भुट्टो जर्दारीले प्रधानमन्त्री पदको दौडबाट फिर्ताको घोषणा गर्दै आफ्नो पार्टीले पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन) को प्रधानमन्त्री पदका उम्मेदवारलाई समर्थन गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्