मङ्कीपक्सको प्रकोपका कारण न्युयोर्क शहरले शनिबार सार्वजनिक स्वास्थ्य सङ्कटको अवस्था घोषणा गरिएको छ । न्यूयोर्क शहरका मेयर एरिक एडम्स र शहरका स्वास्थ्य आयुक्त आश्विन भासनद्वारा संयुक्तरूपमा जारी वक्तव्यमा न्यूयोर्क राज्यमा कूल एक हजार ३८३ जनामा मङ्कीपक्स सङ्क्रमण पुष्टि भएको उल्लेख गरिएको छ । . . .
फिलिपिन्सका १२ औँ राष्ट्रपति फिडेल रामोसको निधन भएको छ । कोभिड–१९ को जटिलताबाट ९४ वर्षको उमेरमा उनको आज दिउँसो निधन भएको हो । राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसका सञ्चार संयोजक रोज बीट्रिक्स क्रुज–एन्जेल्सले पूर्वराष्ट्रपति रामोसको निधनको पुष्टि गरेकी छन् । “राष्ट्रपति फिडेल वी। रामोसको �. . .
रूसले युक्रेनी सेनाको डोनबास क्षेत्रको ओलेनिभक नजिक अवस्थित सोधपुछ तथा हिरासत केन्द्रमा उच्चप्रविधियुक्त रकेट प्रणालीबाट गरिएकोे आक्रमणमा परी ५३ जना युक्रेनी युद्धबन्दीको मृत्युभएको घटनाको अनुसन्धान गर्न संयुक्त राष्ट्रसङ्घ र रेडक्रसका विशेषज्ञहरूलाई आमन्त्रण गरेको छ । येलेनोभकामा सोधपुछ �. . .
बितेका २४ घण्टामा देशका विभिन्न भागमा कोरोना सङ्क्रमतिको सङ्ख्या १९ हजार छ सय ७३ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । देशमा हाल कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ४० लाखमा १९ हजार आठ सय ११ पुगेको छ । देशभर एक लाख ४३ हजार छ सय ७६ सक्रिय सङ्क्रमित छन् । यसैगरी १९ हजार तीन . . .
अघिल्लो सातादेखि परेको अविरल वर्षासँगै आएको बाढीमा परी देशका विभिन्न भागमा ५९ जनाको ज्यान गएको र अन्य ३० जना हराइरहेका छन् । रेड क्रिसेन्ट सोसाइटीका अनुसार ६० वटा शहर, पाँचसय १६ गाउँ, ८५ वटा सम्पर्क सडक बाढीबाट प्रभावित भएका छन् । हालसम्म एक हजार तीनसय ३२ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको, प. . .
श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले देशलाई आर्थिक सङ्कटबाट पार लगाउन अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँगको सम्भावित सम्झौता मुलुकमा व्याप्त राजनीतिक अस्थिरताका कारण अघिबढाउन विलम्ब भएको बताउँदै राजनीतिक दलका नेताहरूलाई ऋण तिर्ने उपाय पहिल्याउन आग्रह गरेका छन् । देशले झेल्नु परेको . . .
राष्ट्रपति जो बाइडेनलाई पुनः कोरोना सङ्क्रमण भएको छ । पहिलोपटक सङ्क्रमण पुष्टि भएको नौ दिनपछि पुनः परीक्षण गर्दा उनी कोभिड–१९ सङ्क्रमणबाट मुक्त नभएको उनका चिकित्सकले पुष्टि गरेका छन् । तीनदिनअघि एकान्तबासबाट बाहिर निस्किएका उनी फेरि सङ्क्रमित भएका राष्ट्रपति कार्यालयका चिकित्सक डा केभिन ओ कनरल. . .
चीनको उत्तरपूर्वी लिओनिङ प्रान्तमा आएको भारी वर्षा र बाढीका कारण झण्डै ८० हजार मानिस प्रभावित भएको स्थानीय अधिकारीहरूले बताएका छन्। लिओनिङ बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयका अनुसार करिब १,६०० हेक्टर बाली प्रभावित भएको छ जसमा १२.७ मिलियन युआन (लगभग १९ मिलियन अमेरिकी डलर) को प्रत्यक्ष आर्थिक क्�. . .
स्पेनमा मङ्कीपक्सको दोस्रो विरामीको मृत्यु भएको पुष्टि सरकारले गरेको छ । स्पेनी स्वास्थ्य मन्त्रालयले दोस्रो मृत्यु भएको मिति सार्वजनिक नगरिकन मङ्कीपक्सका कारण एक व्यक्तिको मृत्यु भएको शनिबार जनाएको हो । यूरोपमा हालै देखिएको यस प्रकोपसँग सम्बन्धित पहिलो मृत्युको घोषणा गरेको एक दिनपछि स्पेनले उ�. . .
संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रीनफिल्डले विश्व मानचित्रबाट रूसले युक्रेनलाई मेट्ने प्रयास गरेको बताएकी छन् । सुरक्षा परिषद्को शुक्रबारको बैठकमा उनले विश्व मानचित्रबाट युक्रेनलाई मेट्न रूसले खोजेकामा अब कुनै शङ्का नरहेको बताइन् ।रूसका पछिल्ला अमानवीय गतिविधिले त्य�. . .
पाकिस्तानमा सुरक्षा कारबाहीमा परी कम्तीमा छ आतङ्कवादीको मृत्यु भएको छ । देशको दक्षिण पश्चिमी बलुचिस्तान प्रान्त अन्तर्गत पर्ने केच जिल्लामा भएको घटनामा परी उनीहरूको मृत्यु भएको हो । सोही क्रममा एक सुरक्षाकर्मीको पनि मृत्यु भएको सेनाले पुष्टि गरेको छ । गोप्य सूचनाका आधारमा सुरक्षाकर्मीहरूले सु�. . .
ब्राजिलमा मङ्कीपक्सबाट पहिलो पटक मानवीय क्षति भएको छ । सरकारी अधिकारीहरूले शुक्रबार ब्राजिलमा मङ्कीपक्सबाट पहिलो व्यक्तिको मृत्यु भएको पुष्टि गरेका हुन । ब्राजिलको दक्षिणपूर्वी मिनाज गेराइस राज्य अन्तर्गत पर्ने बेलो होरिजोन्ट भन्ने ठाउँमा ४१ वर्षीय एक व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रा. . .