कोभिड–१९ जन्य स्वास्थ्य सङ्कटकालको अवस्था अन्त्य भएको डब्लुएचओको घोषणा

<span class='c1'>कोभिड–१९ जन्य स्वास्थ्य सङ्कटकालको अवस्था</span> <span class='c2'>अन्त्य भएको डब्लुएचओको घोषणा</span>

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोभिड–१९ को महामारी अब अन्तर्राष्ट्रिय सरोकारको सार्वजनिक स्वास्थ्य आपतकालीन अवस्था (पीएचईआईसी) नरहेको बताएको छ ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससले जेनेभाबाट भर्चुअल पत्रकार सम्मेलनमा उक्त घोषणा गर्नुभएको हो ।

डब्ल्यूएचओले पहिलो पटक जनवरी ३०, २०२० मा कोभिड–१९ लाई उच्च स्तरको ‘कोभिड सङ्कटकाल’ घोषणा गरेको थियो । त्यसयता विश्वव्यापी स्वास्थ्य विशेषज्ञहरूको एक समितिले हरेक तीन महिनामा हुने बैठकहरूमा सावधानीको चेतावनी जारी गर्दै आएको छ ।

कोरोना भाइरस विश्वव्यापी रुपमा फैलिरहेको समय सन् २०२० को मार्चमा डब्लुएचओले कोभिड–१९ लाई महामारीको रूपमा घोषणा गरेको थियो ।

कोभिड–१९ बाट विश्वभर कम्तीमा ७० लाख मानिसको मृत्यु भएको डब्ल्यूएचओको तथ्याङ्कमा उल्लेख छ । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्