‘हुक्का सेवन र वयस्कको मुटुसम्बन्धी रोगबीच बलियो सम्बन्ध’

<span class='c1'>‘हुक्का सेवन र वयस्कको</span> <span class='c2'>मुटुसम्बन्धी रोगबीच बलियो सम्बन्ध’</span>

कतार युनिभर्सिटीका अनुसन्धाताहरूले हालै हुक्का सेवनले वयस्कहरूमा मुटुरोगको जोखिम बढाउने बताएका छन् ।

शिशा धुम्रपान वा वाटरपाइप धुम्रपानको थालनी मध्यपूर्वबाट भएको मानिन्छ । यो क्षेत्र भरि हुक्का सेवन गर्नुलाई एक सामाजिक प्रतिष्ठासँग हेर्ने चलन पनि रहेको छ ।

कतार युनिभर्सिटीको कलेज अफ मेडिसिनमा आधारभूत स्वास्थ्य विज्ञानका सह–प्राध्यापक सुसु जुगियरले गरेको अध्ययनमा कतारमा रहेका एक हजारभन्दा बढी वयस्क सहभागीको तथ्याङ्क विश्लेषण गरिएको कतार युनिभर्सिटीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अनुसन्धाताहरूले धूम्रपान नगर्नेहरूको तुलनामा शिशा धूम्रपान गर्नेहरूमा हृदय रोगको निदान रिपोर्ट गर्ने सम्भावना १.६५ गुणा बढी थियो ।

सानै उमेरमा हुक्का सेवन गर्दा मुटुरोगको जोखिम अझै बढी हुने पनि अध्ययनले देखाएको छ ।

अध्ययनले शिशा धुम्रपानको स्वास्थ्य परिणामको समझमा महत्वपूर्ण योगदान पु¥्याउँछ । त्यसैले कतारमा मात्र होइन तर अन्य देशहरूमा पनि सार्वजनिक स्वास्थ्य चिन्तालाई सम्बोधन गर्नुपर्ने आवश्यकतालाई उजागर गर्दछ । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्