इरानसँगको सन् २०१५ मा गरिएको भनिएको आणविक सम्झौतका बारेमा आजदेखि भियनामा छलफल हुने भएको छ । सो कुराको जानकारी युरोमियन युनियनको कूटनीतिक सेवाले जानकारी दिएको छ । सो सेवाले दिएको जानकारी अनुसार भिएनामा आज यस विषयमा छलफल हुन लागेको हो । उक्त सम्झौताको बृहत कार्ययोजनाका विषयमा यसका साझेदारहरुका बीच�. . .
मालीमा सञ्चालन गर्ने कम्पनीहरूसँग रुसको कुनै सम्बन्ध नभएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताउनुभएको छ । पुटिनले सोमबार फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग वार्ता गर्नुभएको थियो। वार्तापछि आयोजित पत्रकार सम्मेलनमा पुटिनले म्याक्रोनसँग मालीको अवस्थाबारे छलफल गरेको बताइएको छ । राष�. . .
पाकिस्तानमा पछिल्लो २४ घण्टामा तीन हजार ३३८ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । सोही अवधिमा कोरोना सङ्क्रमणको कारण ३८ जनाको मृत्यु पुष्टि भएको नेशनल कमाण्ड एण्ड अपरेशन सेन्टर (एनसिओसि)ले सोमबार जनाएको छ । पाकिस्तानमा कोरोनाका कूल सङ्क्रमितको सङ्ख्या १४ लाख ६३ हजार १११ पुगेको छ । हालसम्म १३ लाख ४. . .
क्यानाडाको राजधानी ओटावामा सङ्कटकाल घोषणा गरिएको छ । ट्रक चालकहरुको आन्दोलन अनियन्त्रित र हिंसात्मक बन्दै गएको भन्दै स्थानीय सरकारले सङ्कटकालको घोषणा गरेको हो । कोरोना भाइरसविरुद्धको खोप लगाउनुपर्ने लगायतका कतिपय प्रतिबन्धात्मक व्यवस्थाका विरुद्धमा ट्रक चालकहरुले केही दिनदेखि राजधानी केन्�. . .
भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या एक लाखभन्दा कम भएको छ । महामारीको तेस्रो चरण सुरु भएपछिको पछिल्लो एक महिनापछि दैनिक सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा कम भएको आइतबार नै पहिलो पटक हो । कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन फैलिन थालेपछि सङ्क्रमितहरुको सङ्ख्या ए�. . .
पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा कम्तीमा पनि पाँच जना पाकिस्तानी सैनिकको हत्या भएको छ । पाकिस्तानको अफगानिस्तानसँगको सीमा क्षेत्रमा अफगानिस्तानतर्फबाट भएको आक्रमणमा परी पाँचजना पाकिस्तानी सैनिक मारिएका बताइएको छ । अफगानिस्तानतर्फबाट आतंककारीहरुले पाकिस्तानी सैनिक पोष्टमा हमला गरे�. . .
रुसमा गएको २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना सङ्क्रमित देखिएका छन् । यहाँको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार यहाँ आइतबार मात्र एक लाख ८० हजार जनाभन्दा बढी सङ्क्रमित देखिएका हुन् । ती सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै २४ घण्टा भित्र देखिएका सबैभन्दा बढी सङ्क्रमित हुन् । यहाँ अहिलेसम्म १ �. . .
कोभिडबाट भारतमा मृत्यु हुनेको सङ्ख्या पाँच लाख नाघेको छ । शनिबार भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको हो । सो मन्त्रालयका अनुसार भारतमा कोभिडबाट मृत्यु हुनेको सङ्ख्या शनिबार पाँच लाख १ हजार ११४ जना पुगेको हो । सो मन्त्रालयले शनिबार यहाँ कोभिडबाट १ हजार ५९ जनाको ज्यान गएक. . .
टर्कीका राष्ट्रपतिलाई कोरोना सङ्क्रमण भएको छ । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानलाई कोरोना सङ्क्रमण भएको उहाँले जानकारी दिनुभएको हो । उहाँले आफ्नो कोरोना भाइरसको पोजेटिभ रिपोर्ट आएको ट्वीट गरेर जानकारी दिनुभएको छ । शनिबार ट्वीट गरेर उहाँले आफूलाई कोरोना भाइरसको पछिल्लो भेरियन्ट ओमिक्रोने�. . .
सोमालियाको राजधानी मोगादिसुमा शनिबार विद्युतीय धरापमा पारेर कम्तीमा पनि १० जनाको हत्या गरिएको यहाँका सञ्चारमाध्यमले जनाएका छन् । जनाइएअनुसार शनिबार यहाँ एक सवारी साधनलाई गुडिरेहका बेलामा विद्युतीय धरापमा पारिएको थियो । त्यसमा परी १० जनाको ज्यान गएको हो । यहाँका एकजना सैनिक जर्नेलले सोमालियाको. . .
भारतिय प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । उहाँको ९२ वर्षिय उमेरमा आज सरस्वती पूजाको दिन निधन भएको हो । कोरोना संक्रमण भएर मुम्बईको ब्रिच क्यान्डी अस्पतामा उपचारको क्रममा उहाँको निधन भएको बताईएको छ । लता मंगेशकर भारतिय संगित क्षेत्रको पर्यायका रुपमा विश्वभर चिनिनु हुन्छ भने उहाँले ३ दर्जन �. . .
दक्षिण कोरियामा कोरोना भाइरसबाट एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् । कोरोना भाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण फैलिन थालेकाले सङ्क्रमितहरूको सङ्ख्या धेरै भएको अधिकारीहरूले जनाएका छन् । स्वास्थ्य अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा . . .