उत्तर भारतमा भारी वर्षाका कारण १० जनाभन्दा बढीको मृत्यु

<span class='c1'>उत्तर भारतमा भारी वर्षाका कारण</span> <span class='c2'>१० जनाभन्दा बढीको मृत्यु</span>

भारतको उत्तर प्रदेशमा भारी वर्षाका कारण पर्खाल भत्किँदा १० जनाभन्दा बढीको मृत्यु हुनुका साथै अन्य केही घाइते भएका स्थानीय प्रहरी अधिकारीले शुक्रबार जानकारी दिएका छन् ।

उत्तर प्रदेशको राजधानी लखनऊमा मानिसहरू सुतिरहेका बेला उक्त दुर्घटना भएको हो ।

लखनऊमा विगत २४ घण्टादेखि लगातार परेको वर्षाका कारण जनजीवन अस्तव्यस्त बनेको छ । असामान्य रूपमा परेको भारी वर्षाका कारण शहरका विभिन्न भागमा पानी जमेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरी अधिकारी पियुष मोर्डियालाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले भारी वर्षाका कारण पर्खाल भत्किएको बताएका छन् ।

उहाँले भन्नुभयो, “लखनउको दिलकुशा क्षेत्रमा केही मजदुर झुपडीमा बस्दै आएका थिए। रातभरको भारी वर्षाका कारण पर्खाल भत्किएको थियो । मृतकको शव भग्नावशेषबाट बाहिर निकालिएको छ ।”

घटनामा घाइते बनेका केही व्यक्तिलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । राज्य सरकारले मृतक र घाइतेका परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेको छ ।

अविरल वर्षाका कारण शुक्रबार बिहान विद्यालय बन्द गर्न प्रशासनले निर्देशन गरेको छ । साथै, लखनउ र आसपासका धेरै क्षेत्रमा वर्षाको चेतावनी पनि जारी गरिएको छ । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्