फिलिपिन्समा दुई हजार तीन सयमा कोरोना सङ्क्रमण

फिलिपिन्समा दुई हजार तीन सयमा कोरोना सङ्क्रमण

फिलिपिन्समा आइतबार मात्र दुई हजार तीन सय ६७ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको छ ।

यहाँ केही दिनयता कम्तीमा पनि दुई हजार जनामा सो सङ्क्रमण देखिने गरेको बताइएको छ । यहाँको स्वास्थ्य विभागले आइतबार मात्र यो सङ्क्रमणबाट कम्तीमा पनि ३५ जनाको ज्यान गएको जनाएको छ ।

यो समेत गरेर यहाँ कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखि अहिलेसम्ममा कम्तीमा पनि ६२ हजार जनाको ज्यान गएको छ ।

यहाँ कोरोना भाइरसका सक्रिय सङ्क्रमितहरु बढेर २६ हजार भन्दा बढी पुगेको अधिकारीहरुले जनाएका छन् । साथै यहाँ यो भाइरसको सङ्क्रमण सुरु भएदेखि अहिलेम्ममा ३९ लाखभन्दा बढी नागरिक सङ्क्रमित हुन पुगेका छन् ।

यहाँका ७२ प्रतिशत नागरिकलाई कोरोना विरुद्धको पूर्ण मात्रा खोप दिइएको पनि समाचरामा जनाइएको छ । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्