अन्तराष्ट्रिय खबर

भारतको आन्ध्र प्रदेशमा खानी दुर्घटना, १० जनाको मृत्यु भएको आशंका

नयाँ दिल्ली भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा शनिबार एउटा खानीमा भएको विस्फोटमा कम्तीमा १० जना मजदूरको ज्यान गएको छ । अधिकारीहरुका अनुसार आन्ध्र प्रदेशको मुख्य शहर अमरावतीबाट करिब २८१ किलोमिटर दक्षिणपश्चिमको मामिलापाल्ले गाउँमा रहेको चुन खानीमा उक्त विस्फोट भएको थियो । खानी भित्र त्रुटिबस ए�. . .


अफगान सेनाको कारबाहीमा २५ तालिबान लडाकूको मृत्यु

काबुल अफगानिस्तानको सेनाले उत्तरी बाघलान प्रान्तमा गरेको सैन्य कारबाहीमा कम्तीमा २५ जना तालिबानी लडाकूको मृत्यु भएको छ । अफगानिस्तानको रक्षा मन्त्रालयका अनुसार शुक्रबार राति गरिएको उक्त सैन्य कारबाहीका क्रममा अरु १२ जना लडाकू घाइते भएका छन् । अफगान वायुसेनाको मद्दत समेत लिएर गरिएको त्यस कारब�. . .


चीनद्वारा भड्काउ जीवनशैली अपनाउने कम्युनिष्ट पार्टीका नेतामाथि कारबाही

भ्रष्टाचार नियन्त्रण सम्बन्धी चीनको सर्वोच्च निकायले भड्काउ एवं सुखभोगी जीवनशैली अपनाउने चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तामाथि कारबाही गरेको जनाएको छ । यस वर्षको शुरुदेखि हालसम्म २७० जनामाथि कारबाही गरिएको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय अनुशासन आयोगले सार्वजनिक गरेको व�. . .


भारतमा एकै दिन चार लाख बढी संक्रमित, चार हजार भन्दा बढीको मृत्यु

कोरोनाभाइरस (कोभिड–१९) महामारीको दोस्रो लहरको सङ्कट व्यहोरिरहेको भारतमा विगत २४ घण्टाको अवधिमा चार लाख नयाँ सङ्क्रमित फेला परेका छन् । भारतमा यो सहित कूल संक्रमितको संख्या दुई करोड १८ लाख ९२ पुगेको छ । भारतमा लगातार तेस्रो दिन चार लाखभन्दा बढी व्यक्तिमा संक्रमण देखिएको छ । भारतको केन्द्रीय स्वास्�. . .


पाकिस्तानी प्रधानमन्त्री खान साउदीको तीन दिने भ्रमणमा

इस्लामाबाद पाकिस्तानका प्रधानमन्त्री इमरान खान साउदी अरबको तीन दिन भ्रमणका लागि शुक्रबार त्यसतर्फ प्रस्थान गर्नु भएको छ । भ्रमणका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्धका बारेमा छलफल हुनेछ । पाकिस्तानी अखबार डनका अनुसार दुई देशबीच केही समयदेखि जारी तिक्तता हटाउन दुबै पक्षले प्रयास गर्नेछन् । . . .


सिजेरियन विधिबाट मोरक्कोमा एक महिलाले एकैपटक नौ शिशु जन्माईन्

मोरक्को अफ्रिकी मुलुक मालीकी एक आमाले मोरक्कोको एक क्लिनिकमा एकैपटक नौ जना शिशुलाई जन्म दिएकी छिन् । मालीका स्वास्थ्य मन्त्री र मोरक्कोको क्लिनिकले नौ जना शिशु जन्मिएको बताएका छन् । कुनै महिलाले एकै पटक नौ जना शिशुलाई जन्म दिएको सम्भवत यो विश्वकै पहिलो घटना हो । मोरक्कोको क्लिनिकका अनुसार सबै नौ ज�. . .


सात औद्योगिक राष्ट्रका विदेश मन्त्रीहरुको लन्डनमा प्रत्यक्ष भेटवार्ता सम्पन्न

लन्डन विश्वका प्रमुख सात धनी औद्योगिक राष्ट्रहरु (जी–७) का विदेश मन्त्रीहरुको दुई वर्षभन्दा बढी समयको अन्तरालपछि मङ्गलबार पहिलो पटक लन्डनमा प्रत्यक्ष भेटवार्ता भएको छ । आयोजक राष्ट्र बेलायतले रसिया, चीन र इरानका पछिल्ला कदमहरुले सबैजसो प्रजातान्त्रिक समाज र अन्तर्राष्ट्रिय कानुनी शासनमाथि गम्भी. . .


भारतमा पेट्रोल, डिजेलको मूल्यवृद्धि

नयाँ दिल्ली भारतमा पेट्रोल र डिजेलको बुधबार पुनः मूल्यवृद्धि भएको छ । मङ्गलबार पनि यी दुई पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको थियो । बुधबार पेट्रोलको मूल्य प्रतिलिटर भारु १९ पैसा र डिजेलको मूल्य भारु २१ पैसा वृद्धि भएको छ । राजधानी नयाँ दिल्लीमा पेट्रोल प्रतिलिटर भारु ९०.७४ कायम भएको छ भने डिजेलको. . .


पश्चिम बंगाल मुख्यमन्त्रीमा ममता बनर्जीको शपथ

कोलकाता भारतको पश्चिम बंगाल राज्यको मुख्यमन्त्रीमा नियुक्त हुनुभएकी त्रिणमुल कङ्ग्रेस पार्टीकी अध्यक्ष ममता बनर्जीले बुधबार मुख्यमन्त्री पदको शपथ लिनु भएको छ । उहाँ लगातार तेस्रो कार्यकालका लागि मुख्यमन्त्री हुनु भएको हो । मुख्यमन्त्री पदको शपथ लिएपछि सम्बोधन गर्दै बनर्जीले हालै सम्पन्न चुन�. . .


विश्वकीर्तिमानी ब्याट्सम्यान कुशल सिरिजकै उत्कृष्ट खेलाडी चयन,आईसीसी ‘प्लेयर अफ द मन्थ’ मा मनोनयन

त्रिकोणात्मक सिरिजमा नेपालको लागि टि-२० अन्तर्राष्ट्रिय डेब्यु गरेका ब्याट्सम्यान कुशल भुर्तेल सिरिजकै उत्कृष्ट खेलाडी चुनिएका छन् । सिरिजको ५ खेलमा दायाँ हाते ओपनिंग ब्याट्सम्यान कुशलले ६९.५ को औशतले ४ अर्धशतक प्रहार गर्दै २७८ रन बनाए। सिरिजमा उनले २४ चौका र १६ छक्का प्रहार गरे भने उनको स्ट्राइक र. . .


रोकियो आईपिएल: दुई टिमका खेलाडी र सदस्यमा कोभिड १९

जारी इन्डियन प्रिमियर लिग - आईपीएल २०२१ हालका लागि रोकिएको छ। कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि स्वास्थ्य सुरक्षा देखाउदै भारतिय क्रिकेट बोर्ड बासिसिआईले आईपिएल रोकेको हो । केहि अघि दुई टिम कोलकाता नाइट राइडर्सका दुई खेलाडी वरुण चक्रवर्ती र सन्दीप वारियर्स तथा चेन्नई सुपर किङ्सका चेन्नाइका प्र�. . .


बिल र मेलिन्डा गेट्सको सम्बन्ध विच्छेद

विश्वका धनी व्यक्ति बिल गेट्स र उहाँकी पत्नी मेलिन्डा गेट्सले सम्बन्ध विच्छेद् गर्नुभएको छ । संसारको सबैभन्दा ठूलो परोपकारी कोष, बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशन,का सञ्चालक जोडी गेट्सले सन् १९९४ मा हवाईको एउटा टापुमा विवाह गरी जोडेको सम्बन्ध २७ वर्षपछि बिच्छेद् गर्ने निर्णय भएको छ । उहाँहरूले ट�. . .