चीनको गुआङ्सीमा भीषण वर्षाका कारण दुईजनाको मृत्यु, दुई बेपत्ता

<span class='c1'>चीनको गुआङ्सीमा भीषण वर्षाका कारण</span> <span class='c2'>दुईजनाको मृत्यु, दुई बेपत्ता</span>

दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको एक भागमा भारी वर्षाका कारण दुई जनाको मृत्यु हुननाको साथै अन्य दुई बेपत्ता भएको स्थानीय अधिकारीहरूले शनिबार जानकारी दिएका छन् ।

स्थानीय मौसम विभागले शुक्रबार रातिदेखि शनिबार बिहानसम्म लिउझाउ शहरअन्तर्गत रहेको रोङ्शुई मियाओ स्वायत्त काउन्टी र रोङ्गन काउन्टीमा भारी वर्षा भएको र केही क्षेत्रमा ३८५.६ मिलिमिटरसम्म वर्षा भएको जनाएको छ। रोङशुई काउन्टीको गुडु गाउँमा वर्षाले दुई जनाको ज्यान लिनुका साथै दुई जना बेपत्ता र एक जना घाइते भएका छन् । काउन्टी सरकारले उद्धार कार्य जारी रहेको र वरपरका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको जनाएको छ ।

उक्त क्षेत्रमा जुन २१ गतेसम्म भारी वर्षा हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्