पाकिस्तानमा सैनिक कारबाहीमा ६ आतङ्ककारी मारिए

पाकिस्तानमा सैनिक कारबाहीमा ६ आतङ्ककारी मारिए

पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा भएको सैनिक कारबाहीमा परेर कम्तीमा पनि ६ जना आतङ्ककारी मारिएका समाचारमा जनाइएको छ ।

बलुचिस्तान प्रान्तका कतिपय पहाडी इलाकामा केही समय यतादेखि आतङ्ककारी गतिविधी बढेको भन्ने सूचनाका आधारमा सो कारबाही गरिएको पाकिस्तानको सेनाले जनाएको छ ।

पाकिस्तानी सेनाका अनुसार सो प्रान्तमा बलुचिस्तान लिबरेसन्स् फ्रन्ट नामक एक आतंककारी समूहले प्रहरी चौकी तथा सैनिक पोष्टमा हमला गर्ने गरेको थियो ।

सो समूहका आतंककारी खोज्ने क्रममा आइतबार ६ जना मारिएका पाकिस्तानी सेनाले जनाएको छ । पाकिस्तानी सेनाले दिएको जानकारीअनुसार उक्त आक्रमणमा परेर मारिएकामा यस्तै सुरक्षाकर्मीमाथि हमला गर्ने गरेका आतङ्ककारी रहेका छन् ।

सो क्षेत्रमा केही महिना यतादेखि सैनिक पोष्टहरुमा आक्रमण गर्ने गरेको सो समूहका अन्य केही सदस्य र हातहतियार पनि उक्त सैनिक टोलीले कब्जा गरेको बताइएको छ । रासस / सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्