अन्तराष्ट्रिय

इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी ३९ को मृत्यु

एजेन्सी । इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनु व्यक्तिको सङ्ख्या ३९ पुगेको छ । ज्वालामुखी विस्फोटमा परेर अरु १२ जना हराइरहेका यहाँका सञ्चारमाध्यमले जानकारी दिएका छन् । गत शनिबार इन्डोनेसियाको जाभा प्रान्तको पूर्वीक्षेत्रमा लुमाजाङ्ग नामक जिल्लामा सो ज्�. . .


जापानमा भूकम्प ६ म्याग्निच्युडको भूकम्प गयो

एजेन्सी । जापानको कागोशिमा प्रान्तमा बिहीबार ६ म्याग्निच्युडको भूकम्प गएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ ।स्थानीय समयानुसार बिहीबार बिहान ११ः०५ बजे भूकम्प गएको थियो । यसको केन्द्रविन्दु २९।४ डिग्री उत्तर अक्षांश र २० किलोमिटर गहिराईमा १२९।४ डिग्री पूर्व देशान्तरमा रहेको थियो । यस शक्. . .


भारतमा थप नौ हजार ४१९ जना कोरोना सङ्क्रमित

एजेन्सी । भारतमा हिजो बुधबार नौ हजार ४१९ जनामा कोरोना सङ्क्रमण देखापरेपछि कोरोनाको कूल सङ्क्रमितको सङ्ख्या तीन करोड ४६ लाख ६६ हजार २४१ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ । बुधबार कोरोना सङ्क्रमणबाट १५९ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या चार लाख ७४ हजार १११ पुगेको छ । भ�. . .


बेलायतमा झन् बढ्यो, एकै दिन ५१ हजार जना सङ्क्रमित

एजेन्सी । बेलायतमा कोरोना भाइरसको संक्रमण झन् बढेको देखिएको छ । बेलायतका स्वास्थ्य सम्बन्धी अधिकारीहरुले जनाएअनुसार यहाँ एकै दिन ५१ हजार भन्दा बढी कोरोना भाइरसका सङ्क्रमित देखिएका छन् ।यहाँका स्वास्थ्य अधिकारीहरुले यहाँ धेरै लामो समयपछि यति धेरै सङ्क्रमित भएका पनि जनाएका छन् । बेलायतको स्वास्थ. . .


अमेरिकामा सङ्क्रमण उच्च, एक लाख १७ हजारभन्दा बढी सङ्क्रमित थपिए

एजेन्सी । अमेरिकामा कोरोना भाइरसको सङ्क्रमण उच्च बनेको छ । अमेरिकामा केही समययताकै धेरै सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा एक लाख १७ हजार सात सय दुई जना नयाँ बिरामी थपिएका हुन् । यो सङ्ख्या केही समययताकै उच्च हो । महामारी उत्कर्षमा पुगेका बेला अमेरिकामा दैनिक दुई लाख जनाभन्दा बढी सङ्क्रमित थ�. . .


श्रीलङ्काको क्रिकेट रंगशालाका दुई कर्मचारीको हात्तिको आक्रमणमा परी मृत्यु

एजेन्सी । श्रीलङ्काको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका दुई कर्मचारीको हात्तिको आक्रमणमा परी मृत्यु भएको छ । रंगशालाबाट घरतर्फ गइरहेका बेला उनीहरुलाई मङ्लबार बेलुका हात्तिले आक्रमण गरेको अधिकारीहरुले जनाएका छन् । हाम्बान्तोतामा रहेको सुरियावेवा महिन्दा राजापाक्ष अन्तर्राष्ट्रिय रंगशालामा . . .


खोप नलगाएकालाई जिम्बाबेको सार्वजनिक यातायातमा प्रतिवन्ध

एजेन्सी । जिम्बाबेमा कोरोनाभाइरसविरुद्धको खोप नलगाएका नागरिकलाई सार्वजनिक यातायातमा प्रतिवन्ध लगाइएको छ । कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनको संक्रमण थप फैलिन थालेपछि उच्च सतर्कता अपनाउने शिलशिलामा यस्तो नियम लागू गरिएको हो । सरकारले कोरोनाको महामारी थप फैलिन नदिनका लागि थ. . .


बेलायतमा मङ्गलबार ओमिक्रोनका १०० भन्दा बढी सङ्क्रमित भेटिए

एजेन्सी । बेलायतमा मङ्गलबार कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका १०० भन्दा बढी सङ्क्रमित भेटिएको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले मंगलबार दिएको जानकारीअनुसार यो भाइरसका १०० जना भन्दा बढी सङ्क्रमित बेलायतमा देखिएका छन् । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले यस विषयमा मङ्गलबार यहा�. . .


इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी ३४ को मृत्यु

एजेन्सी । इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनु व्यक्तिको संख्या ३४ पुगेको छ । ज्वालामुखी विस्फोटमा परेर अरु १७ जना हराइरहेका यहाँका सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । गत शनिबार इन्डोनेसियाको जाभा प्रान्तको पूर्वी क्षेत्रमा लुमाजांग नामक जिल्लामा सो ज�. . .


टर्कीमा कोरोनाको सङ्क्रमण बढ्दै, एकै दिनमा २० हजारमा संक्रमण

एजेन्सी । टर्कीमा कोरोना भाइरसको सङ्क्रमण घट्न नसकेको पाइएको छ । पछिल्लो समयमा टर्कीमा यसको सङ्क्रमण बढ्दै गएको देखिएको छ । प्राप्त समाचारअनुसार यहाँ सोमबार मात्र २० हजार जनामा यो सङ्क्रमण देखिएको हो । टर्कीको स्वास्थ्य मन्त्रालयले सोमबार मात्र यहाँ २० हजार ३३ जनामा संक्रमण भएको देखिएको जनाएको छ । . . .


सुडानमा जातीय दंगामा परी ४८ जनाको ज्यान गयो

एजेन्सी । सुडानको पश्चिमी डारफोर क्षेत्रमा जातीय दंगामा परेर कम्तीमा पनि ४८ जनाको ज्यान गएको बताइएको छ । यहाँको एक गैरसरकारी संस्थाले सो कुराको जानकारी दिएको छ । सोमबार यहाँको सो संस्थाले प्रकाशन गरेको विज्ञप्तिमा उक्त क्षेत्रमा २ दिनयता भएका यी जातीय हिंसामा परेर ती नागरिकको ज्यान गएको पाइएको छ । �. . .


क्यालिफोर्नियामा जहाज दुर्घटनामा चारको मृत्यु

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा भएको जहाज दुर्घटनामा परी कम्तीमा पनि चार जनाको ज्यान गएको छ । प्राप्त समाचारमा सो जहाज सानो आकारको र एकमात्र इन्जिनको रहेको थियो । क्यालिफोर्नियाको लस एञ्जलसबाट करिब ३२० किलोमीटर उत्तरी क्षेत्रमा सो जहाज दुर्घटनाग्रस्त भएको थियो । यहाँको स्थानीय भिसिला म्युन�. . .