भारतमा कोभिडबाट मृत्यु हुने पाँच लाखभन्दा बढी

<span class='c1'>भारतमा कोभिडबाट मृत्यु हुने</span> <span class='c2'>पाँच लाखभन्दा बढी</span>

कोभिडबाट भारतमा मृत्यु हुनेको सङ्ख्या पाँच लाख नाघेको छ ।

शनिबार भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको हो । सो मन्त्रालयका अनुसार भारतमा कोभिडबाट मृत्यु हुनेको सङ्ख्या शनिबार पाँच लाख १ हजार ११४ जना पुगेको हो ।

सो मन्त्रालयले शनिबार यहाँ कोभिडबाट १ हजार ५९ जनाको ज्यान गएको पनि बताएको छ । यहाँ केही हप्ता यता सङ्क्रमणको सङ्ख्यामा कमी आए पनि मृत्यु भने घटेको छैन । शनिबार मात्र त्योभन्दा अघिको २४ घण्टामा १ लाख २७ हजार जनामा कोभिडको सङ्क्रमण पाइएको पनि सो समाचरमा जनाइएको छ ।

यहाँका अधिकारीहरुले अहिलेसम्म भारतमा कोभिड १९ बाट ४ करोड २० हजारभन्दा बढी मानिस सङ्क्रमित भएका थिए । भारतमा पछिल्ला समयमा ओमिक्रोनको सङ्क्रमण बढेको हो । तर यहाँ यसअघिको दोस्रो वेभमा डेल्टा भाइरसको सङ्क्रमणका समयमा भन्दा बढी खतरनाक अवस्था भने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्