विद्युतीय धरापमा परी १० को मृत्यु

विद्युतीय धरापमा परी १० को मृत्यु

सोमालियाको राजधानी मोगादिसुमा शनिबार विद्युतीय धरापमा पारेर कम्तीमा पनि १० जनाको हत्या गरिएको यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

जनाइएअनुसार शनिबार यहाँ एक सवारी साधनलाई गुडिरेहका बेलामा विद्युतीय धरापमा पारिएको थियो । त्यसमा परी १० जनाको ज्यान गएको हो ।

यहाँका एकजना सैनिक जर्नेलले सोमालियाको दक्षिणी राज्य जुबाल्याण्डमा एक सवारी साधनलाई विद्युतीय धरापमा पारेर हत्या गरिएको बताएका छन् ।उनले यसरी मृत्य हुनेमा चार जना महिला र एक बालक पनि परेका छन् । एक भ्यानमा रहेका उनीहरुको सडकमा लुकाएर राखिएको विद्युतीय धरापमा परी विस्फोट हुँदा ज्यान गएको हो ।

ती सैनिक जर्नेलले अल सेबाब मिलिसिया समूहका सदस्यले सो हत्या गरेको अनुमान गरिएको छ । तर उनीहरुले भने यसको जिम्मेबारी लिएका छैनन् । सोमालियमा पछिल्ला केही वर्षयतादेखि अल सेबाब नामको आतङ्ककारी समूहले यस्तो हिंसात्मक घटनाहरु गराएकाले यसमा पनि उनीहरुकै हात रहेको अनुमान गरिएको ती सैनिक जर्नेलले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्