अन्तराष्ट्रिय खबर

हवाई आक्रमणमा एक विद्यालयका पाँच छात्राको मृत्यु

एजेन्सी, २५ चैत । यमनमा भएको हवाई आक्रमणमा एक विद्यालयका पाँच छात्राको मृत्यु भएको छ । उक्त घटनाबारे आएका प्रारम्भिक समाचारहरूमा यहाँका सञ्चारमाध्यमले पाँच जनाको मृत्यु भएको र अन्य ३४ जना घाइते भएका सुरक्षा अधिकारीलाई उद्धृत गरी उल्लेख गरेका छन् । राजधानी सानामा साउदी अरब नेतृत्वको सैन्य गठबन्धनल�. . .


अनलाइन भिडियो खेल पब्जीले सनसनी : पब्जी नखेल भनेर गाली गर्दा छोराले गरे आत्महत्या

अनलाइन भिडियो खेल पब्जीले अहिले समाजमा निकै नकारात्मक असर देखाइरहेको छ । यसैबीच भारतको दक्षिणी क्षेत्रमा कल्लाकुरी सम्बाशिब नाम गरेका कक्षा ६ मा पढ्ने एक बालकले पब्जीका कारण आत्महत्या गरेका छन् । ती बालककी आमाले पब्जी नखेल भनेर गाली गरेकै कारण बालकले आत्महत्या गरेको सार्वजनिक भएको छ । घटना केही दिन. . .


इन्डोनेसियामा ६.१ म्याग्नीच्यूडको भूकम्प

जकार्ता, चैत २४ गते । इन्डोनेसियाको नुसा टेन्गारा प्रान्तलाई केन्द्रविन्दु बनाई आइतबार ६.१ म्याग्निच्यूडको भूकम्प गएको छ । इन्डोनेसियाली भूगर्भ केन्द्रका अनुसार भूकम्पको केन्द्र समुद्र सतहबाट करिब ५७३ किलोमिटर गहिरो भागमा रहेको थियो । भूकम्पबाट सुनामीको खतरा नरहेको केन्द्रका अब्दुल रोसिदले बत. . .


जुवा खेल्ने कुखुराकाे भाले पक्राउ

एजेन्सी, २३ चैत ।  गत वर्ष भारतमा एउटा गधा पक्राउ गरी हिरासतमा थुनिएको खबर आएकेा थियो । गधा पक्राउको किर्तिमान तोड्दै भारतले हालै कुखुराका भाले पक्राउ गरेको छ । भारतको हरियाणामा हालै ६ वटा कुखुरा पक्राउ परेका छन् । पुलिसले ती कुखुरालाई पक्राउ गरी हिरासतमा राखेको हो ।पुलिसले कुखुरा पक्राउ गर्नुको कार�. . .


लडाइँको मैदानमा पनि पत्नीलाई प्रेमपत्र, नेपोलियनका प्रेमपत्र ६ करोड ६८ लाख रुपैयाँमा लिलाम

एजेन्सी, २३ चैत । फ्रान्सका नेपोलियन बोनापार्टले आफ्नी पत्नी जोसफिनलाई लेखेका तीन प्रेमपत्र कूल ५,१३,००० यूरो (५७५,००० अमेरिकी डलर) अर्थात ६ करोड ३६ लाख ८० हजार नेपाली रुपैयाँमा बिहीबार लिलाम गरिएको छ । तीनवटै पत्र सन् १७९६–१८०४ का बीच नेपोलियनले लेखेका थिए । नेपोलियन युद्धरत अवस्थामा पनि आफ्नी जोसफि�. . .


२० जना प्रेमीले उपहार दिएको आइफोन बेचेर चिनियाँ युवतीले किनिन् घर

एजेन्सी, १४ चैत ।  घर किन्न मान्छे दिनरात मेहनत गरेर पैसा कमाउँछन् । तर सबैले मेहनतले कमाएको पैसाले नै घर बनाएका भने होइनन् । कतिपय मान्छेले छोटो समयमा घर किन्न जुक्ति निकाल्छन् । चीनमा यस्तै एउटा घटना भएको छ । जुन तपाईंलाई पत्यार नलाग्न सक्छ । चीनमा कलेज पढ्ने सायली नामकी एक युवतीलाई घर किन्नैपर्ने भ�. . .


थाइल्याण्डको आम निर्वाचनका लागि आज मतदान हुदै

बैङ्कक, चैत १० । सन् २०१४ मा भएको सैन्य कु पछि थाइल्याण्डमा आइतबार पहिलो पटक निर्वाचन भएको छ । विद्यालय, मन्दिर, सरकारीकार्यालयलगायतका ठाउँमा विहानै देखि मतदान गर्नेहरुको भीड लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । बहुप्रतिक्षित यस निर्वाचनप्रति थाइल्याण्डका धेरै जनता उत्साहित द�. . .


भारतको चुनावमा नेपाल र नेपालीको मानमर्दन

नयाँदिल्ली, ८ चैत ।  भाारतमा लोकसभा चुनाव आउन केही हप्तामात्र बाँकी रहँदा नेताहरूबीच नेपाल र नेपालीको मानमर्दन हुनेगरी टिप्पणी गर्ने क्रम बढेको छ। महाराष्ट्र नवनिर्माण सेना(एमएनएस) प्रमुख राज ठाकरेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत सातादेखि सामाजिक सञ्जालमा सुरु गरेको ‘मै भी चौकीदार’(म प�. . .


इराकमा डुंगा दुर्घटना हुँदा कम्तीमा एक सय जनाको मृत्यु

एजेन्सी, ८ चैत । इराकमा डुंगा दुर्घटना हुँदा कम्तीमा एक सय जनाको मृत्यु भएको छ। इराकको मोसुल शहरमा टिगरिस नदी पार गर्ने क्रममा २ सय भन्दा धेरै मानिस चढेको डुंगा पल्टिर उनीहरुको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।  मृत्यु हुनेमा ६१ महिला र १९ बालबालिका छन्। उनीहरु सबै घुम्नका लागि प. . .


इन्डोनेसियामा भीषण बाढी, कम्तीमा ६३ जनाको मृत्यु कैयौँ बेपत्ता

जाकार्ता– इन्डोनेसियामा शनिबार राती आएको बाढी पहिरोमा परी कम्तीमा ६३ जनाको मृत्यु भएको छ ।  घटनामा परी अरु कैयौँ बेपत्ता भएका र खोजी कार्य जारी रहेकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । देशको पपुआ प्रान्तमा पर्ने जयपुरा जिल्लामा घटना भएको खोजी तथा उद्धार कार्यालयका प्. . .


९ मिनेटमा एक महिलाले दिइन् ६ बच्चाको जन्म

एजेन्सी ।  अमेरिकामा टेक्सास राज्यको ह्युस्टनमा एक महिलाले एकैसाथ ६ बच्चाको जन्म दिएकी छिन् । अमेरिकाको द वुमन्स हस्पिटल अफ टेक्सासमा उनले ९ मिनेटको समयमा ६ बच्चा जन्माएकी हुन् । अस्पतालले दिएको जानकारी अनुसार थेलमा चौका नाम गरेकी महिलाले स्थानीय समय अनुसार गएको शुक्रबार स्थानीय समयअनुसार बिहान �. . .


न्यूजिल्याण्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा गरिएको आक्रमणमा परी मारिनेको संख्या ४० पुग्यो

न्यूजिल्याण्ड, चैत १ । न्यूजिल्याण्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा गरिएको आक्रमणमा परी मारिनेको संख्या ४० पुगेको छ । २० भन्दा बढी गम्भीर घाइते भएका छन् । शुक्रबार नमाज पढ्नका लागि मस्जिदमा भीड बढेको मौका छोपेर आक्रमण गरिएको थियो । आक्रमणमा संलग्न रहेको आशंकामा चार जनालाई नियन्त्रणमा लिइएको स्. . .