पाकिस्तानको कराचीमा आन्तरिक उडानमा रहेको एउटा यात्रुवाहक विमान दुर्घटनामा परेको अधिकारीहरूले बताएका छन्। पाकिस्तान इन्टरन्याश्नल एअरलाइन्सको उक्त विमान ९९ यात्रु र आठ जना चालक दलको सदस्य बोकेर लाहोरबाट आएको र कराची विमानस्थलनजिकै मानवबस्ती रहेको स्थानमा दुर्घटनामा परेको बीबीसी उर्दूले जनाएको . . .
इस्लामावाद । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण पाकिस्तानमा गत २४ घण्टामा अहिलेसम्मकै धेरै सङ्क्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्रै दुई हजार १९३ जना सङ्क्रमित भएका हुन् । योसँगै देशभरी अहिलेसम्म कोरोन�. . .
कोरोना संक्रमितको संख्या पछिल्लो २४ घण्टामा अघिल्ला केही हप्ताको तुलनामा बढेको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा १ लाख ५ हजार २९४ कोरोना संक्रमित थपिएका छन् । केही हप्ता यता दैनिक थपिने संक्रमितको संख्या १ लाखभन्दा कम रहने गरेको थियो । तर पछिल्लो २४ घण्टामा यो संख्या अघिल्ला दिनहरुको तुलनामा बढेको ह�. . .
एजेन्सी । भारत र बंगलादेशमा समुद्री आँधीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ । अम्पन नाम दिइएको आंधीका कारण रुखहरू ढलेका छन् भने घरको छानाहरू उडेका छन् । प्रति घण्टा १ सय ८५ किलोमिटर प्रति घण्टाको वेगमा आएको आंधी प्रभावित ३० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । कोरोना महामारीका कारण उद्धारमा क. . .
नयाँदिल्ली । भारतमा पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसको संक्रमणबाट एक सय ३२ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै स्थानीय विभिन्न सञ्चारमाध्यमहरूका अनुसार अहिलेसम्म तीन हजार चार सय ३५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भ�. . .
चीनको बुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण हुने व्यक्तिको संख्या ५० लाख नाघेको छ । विहीबार बिहानसम्म कोरोना संक्रमण विश्वका २१५ देशमा फैलिँदा संक्रमित हुने व्यक्तिको संख्या ५० लाख नाघेको हो । हालसम्म यो भाइरस ५० लाख ७९ हजार ८९६ जनामा फैलिसकेको छ । संक्रमित मध्ये २० लाख १९ हजार ९४५ निक�. . .
रूसी प्रधानमन्त्री मिखाएल मिशुस्तिन कोरोना भाइरस (कोभिड–१९)को उपचारपछि मङ्गलबार काममा फर्किएको रूसी प्रशासन केन्द्र क्रेमलिनले जनाएको छ। उनले आफुलाई कोरोनाभाइरसको सङ्क्रमण भएको भन्दै गत अप्रिल ३० मा उपचारका लागि नियमित जिम्मेवारीमा उपस्थित हुन नसक्ने जानकारी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दिए�. . .
विश्वमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ५० लाख नजिक पुगेको छ । बुधबार बिहानसम्म विश्वमा ४९ लाख ८२ हजार ३१५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये १९ लाख ५८ हजार ३२५ जना निको भइसकेका छन् । २६ लाख ९९ हजार ४८२ संक्रमितको उपचार भइरहेको छ । यसमध्ये २६ लाख ५४ हजार ४२ को स्वास्थ्य अवस्�. . .
बहराइनमा कोरोना भाइरसबाट संक्रमण हुने नेपालीको संख्या तीन सय ३१ पुगेको छ । बहराइनमा फेरि ८६ जना नेपालीमा कोरोना संक्रमण देखिएपछि तीन सय संक्रमित पुगेको हो । ८६ जना नेपालीमा कोरोना संक्रमण फेला परेको बहराइनस्थित नेपाली दूतावासले जनाएको छ । बहराइनमा आप्रवासीहरूमा भारत, बंगलादेश, पाकिस्तानपछि नेपाल�. . .
भारतमा लकडाउनको अवधि जेठ १८ गते (मे ३१) सम्म थप्न निर्णय गरिएको छ ।भारत सरकारले जेठ १८ सम्म देशभर लकडाउन कायम राख्ने निर्णय गरेको हो । केही राज्यहरुले लकडाउन खुकुलो गर्नुपर्ने प्रस्ताव गरे पनि प्रधानमन्त्री नरेन्द्र मोदीले विज्ञहरुको सल्लाह अनुसार देशैभर लकडाउन कायम राख्ने निर्णय गर्नुभएको जनाइएक�. . .
लण्डनमा कोरोनाबाट बेलायतमा ज्यान गुमाउने नेपालीको सङ्ख्या ६३ पुगेको छ । लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले शुक्रबार यो जानकारी दिएका हुन् । हालसम्म मृत्य हुनेमा ५२ पुरुष र ११ महिला रहेका छन् । दूतावासको पहलमा गठन गरिएको सूचना सङ्कलन सहयोग समितिमार्फत दिएको जानकारीमा हालसम्म मृत्�. . .
काठमाडौँ, जेठ १ गते । नेपालको भूमि अतिक्रमण गर्दै भारतले चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको कैलाश, मानसरोवरसम्म जाने गरी निर्माण गरेको सडक वैशाख २६ गते उद्घाटन गरेपछि लामो समयदेखिको नेपाल–भारत सीमा विवाद पुनः चर्किएको छ । सन् २०१५ मे १४–१६ मा भएको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणताका भ. . .