भारतमा कोरोनाभाइरसबाट २४ घण्टामा थप ६४ हजार सङ्क्रमित

<span class='c1'>भारतमा कोरोनाभाइरसबाट २४ घण्टामा</span> <span class='c2'>थप ६४ हजार सङ्क्रमित</span>

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल संख्यामा ६४ हजारभन्दा बढी थपिएका छन् ।

सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६४ हजार ५३१ जना सङ्क्रमित थपिएका छन् ।

सोही अवधिमा भारतमा एक हजार ९२ जनाको कोरोनाकै कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल संख्या २७ लाख ६७ हजार २७४ पुगेको मन्त्रालयको तथ्यांक छ ।

कुल सङ्क्रमितमध्ये भारतमा अहिले पनि छ लाख ७६ हजार ५१४ जना सङ्क्रमित अवस्थामै रहेका छन् । अरु २० लाख ३७ हजार ८७१ जना भने सङ्क्रमणमुक्त भइसकेका छन् ।

भारतमा कोरोनाभाइरसकै कारण अहिलेसम्म ५२ हजार ८८९ जनाको मृत्यु भएको छ । मन्त्रालयले अहिलेसम्म देशभरी तीन करोड १७ लाख ४२ हजार ७८२ जनाको कोरोना परीक्षण गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्