अन्तराष्ट्रिय खबर

अन्तर्राष्ट्रिय खेलबाट सन्यासबारे अझै सोचेको छैन : मेस्सी

अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट अझै कति समय खेल्ने भन्नेबारे आफूलाई थाहा नभएको बताउनुभएको छ । गत जुनमा पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट छुटेपछि इन्टर मियामीबाट पहिलो पटक खेल्ने तयारी गरिरहेका बेला उहाँको यो टिप्पणी आएको हो । अर्जेन्टिनाको टेलिभिजनमा प�. . .


थाईल्याण्डका प्रधानमन्त्री चान–ओ–चालद्वारा राजनीतिक जीवनबाट सन्यासकाे घोषणा

थाईल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चालले राजनीतिक जीवनबाट सन्यासको घोषणा गर्नुभएको छ । यद्यपि उहाँले नयाँ सरकार गठन नभएसम्म प्रधानमन्त्रीका रूपमा काम गर्ने बताउनुभएको छ । युनाइटेड थाई नेसन (यूटीएन) दलको आधिकारिक फेसबुक पेजमार्फत उहाँले एक विज्ञप्ति निकालेर अब यूटीएनको सदस्यबाट राजीनामा द�. . .


मणिपुर हिंसामा एक सय ४२ नागरिक मारिए

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा विगत दुई महिनामा भएका हिंसामा एक सय ४२ जनाको मृत्यु भएको स्थानीय सरकारले जनाएको छ । मणिपुरका मुख्य सचिवले भारतको सर्वोच्च अदालतमा प्रस्तुत गरेको प्रतिवेदनमा हिंसा प्रभावित राज्यमा एक सय ४२ जनाको ज्यान गएको उल्लेख छ । गत मेदेखि राज्यमा आगजनीका पाँच हजार घटना भएका त�. . .


वर्षाको कारण दिल्ली र उत्तर प्रदेशमा विद्यालय बन्द

नयाँ दिल्ली । लगातार दुई दिनसम्म भारी वर्षाको बीचमा प्रशासनले दिल्ली एनसीआर र पश्चिमी उत्तर प्रदेशमा स्कुलहरू बन्द गर्न आदेश दिएको छ। गाजियाबाद, बागपत, मेरठ, शामली, मुजफ्फरनगरका जिल्ला मजिस्ट्रेटले कन्वर यात्रा र भारी वर्षाका कारण जुलाई १० देखि जुलाई १५ सम्म सबै विद्यालयहरूमा बिदाको घोषणा गरेका छन्. . .


युक्रेनी युद्धको ५०० दिन, अझै पनि युद्ध अन्त्यको कुनै आभास छैन

युक्रेनमा रूसी आक्रमणको ५०० औं दिनमा पनि युद्ध अन्त्य हुने कुनै आभाष महशुस नगरेको त्यहाँका सर्वसाधारणले बताएका छन् । युद्ध सुस्ताउनुको सट्टा चर्किंदै जाँदा युक्रेनी सेना पर्याप्त हातहतियार र गोलाबारुदको अभावबीच यसका मुख्य शहरहरू निरन्तर खतरामा परेपनि आफ्नो पदीय दायित्व पूरा गर्न रूसी आक्रमणको �. . .


विश्वको औसत तापक्रमले तोड्यो रेकर्ड,विज्ञहरू भन्छन्- अझै ताता दिन आउनेवाला छन्

यो साता विश्वको औसत तापक्रमले यसअघिका रेकर्ड लगालग तोडेको छ। द न्युयोर्क टाइम्सका अनुसार विश्वको औसत तापक्रम सोमबार र मंगलबार दुई दिन लगातार बढेर नयाँ रेकर्ड कायम भएको हो। यसअघि विश्वको दैनिक औसत तापक्रम सबैभन्दा धेरै सन् २०१६ अगस्ट १४ मा पुगेको थियो। त्यतिबेला विश्वको दैनिक औसत तापक्रम १६.९२ डिग्र. . .


भारतको हरियाणा राज्यमा अविवाहित र विधुर पुरुषलाई पेन्सन दिइने

भारतको हरियाणा राज्य सरकारले वृद्धावस्था र विधवा पेन्सन जस्तै अविवाहित निवृत्तिभरणको पनि व्यवस्था गर्ने भएको छ । हरियाणा सरकारले अविवाहित र विधुर अर्थात श्रीमतीको मृत्यु भएका पुरुषहरूलाई पेन्सन दिने घोषणा गरेको हो । हरियाणा सरकारले प्रत्येक लाभार्थीलाई दुई हजार ७५० भारतीय रुपैयाँ दिनेछ । तर यो �. . .


अमेरिकामा रोजगारी खोज्नेहरूको दरमा कमी

संयुक्त राज्य अमेरिकामा जुन महिनामा भर्तीमा सुस्तता आएको अमेरिकी श्रम मन्त्रालयले शुक्रबार सार्वजनिक एक रिपोर्टमा उल्लेख छ । अमेरिकामा नयाँ रोजगारीका अवसर धेरैले अपेक्षा गरेभन्दा कम सिर्जना भएको र यसले अर्थव्यवस्थामा चिसोपनको सङ्केत देखाइरहेको छ । रोजगार दरमा आएको सुस्त गतिले अमेरिकी फेडरल रि. . .


अमेरिकी राष्ट्रपति जो बाइडेनले कोकिन प्रयोग गर्ने गरेको आरोप

अमेरिकी पूर्वराष्ट्रपति तथा हालका रिपब्लिकन दलका २०२४ को राष्ट्रपतीय उम्मेदवार डोनाल्ड ट्रम्पले वर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेनले कोकिन प्रयोग गर्ने गरेको आरोप लगाएका छन् । आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा बुधबार लेख्दै ट्रम्पले यस्तो आरोप लाएका हुन् । अमेरिकी राष्ट्रपति भवन ह्वाइट हा�. . .


कम्बोडियाले फेसबुकका प्रतिनिधिलाई देश निकाला गर्ने

कम्बोडियाले फेसबुकका प्रतिनिधिलाई देशबाट निष्कासन गर्ने निर्णय गरेको छ । दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियाका प्रधानमन्त्री सामदेक टेचो हुन सेनले फेसबुकका प्रतिनिधिलाई देशबाट निष्कासन गर्ने निर्णय गरेको बताउनुभएको हो । उहाँले सार्वजनिक रूपमा जारी गरेको सन्देशमा भन्नुभयो, “अब फेसबुकलाई कम. . .


भारतको महाराष्ट्रमा एक्सप्रेस बसमा आगलागी, २५ यात्रुको मृत्यु

भारतको महाराष्ट्रमा मुम्बई-नागपुर एक्सप्रेसमा गुडिरहेको एक निजी बस शनिबार बिहान दुर्घटनाग्रस्त बनेको छ । दुर्घटनामा २५ जनाको मृत्यु भएको बीबीसी हिन्दीले लेखेको छ । ३३ यात्रु सवार बस नागपुरबाट समृद्धि राजमार्ग हुँदै पुनेतर्फ आइरहेको थियो । गुडिरहेकै बेला टायर पड्किएपछि बस चालकको नियन्त्रण बाहि�. . .


भारतमा रथको तारसँग ठोक्किएर ६ जनाको मृत्यु, १५ घाइते

भारतको उत्तरपूर्वी राज्य त्रिपुरामा बुधबार एउटा रथ ओभरहेड हाई-टेन्सन तारसँग छोइदा कम्तीमा छ जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन् । घटना त्रिपुराको राजधानी शहर अगरतलाबाट १२० किलोमिटर उत्तरपूर्वमा उनाकोटी जिल्लाको कुमारघाट क्षेत्रमा भएको हो । अधिकारीका अनुसार धार्मिक यात्रामा देवता �. . .