भारतले भन्यो जम्मु, पठनकोट र उधमपुरमा पाकिस्तानी आक्रमण, पाकिस्तानले अस्वीकार गर्यो

<span class='c1'>भारतले भन्यो जम्मु, पठनकोट र उधमपुरमा</span> <span class='c2'>पाकिस्तानी आक्रमण, पाकिस्तानले अस्वीकार गर्यो</span>

काठमाडौं । भारतले जम्मु, पठनकोट र उधमपुरस्थित सैनिक क्याम्पहरूमा बिहीबार राति पाकिस्तानबाट ड्रोन र मिसाइल आक्रमण भएको दाबी गरेको छ ।

आक्रमण भए पनि ती सबै आक्रमणहरूलाई निष्क्रिय पारिएको जनाएको छ । भारतका अनुसार, कुनै पनि प्रकारको मानवीय वा भौतिक क्षति भएको छैन ।

भारतको रक्षा मन्त्रालयले वक्तव्य जारी गर्दै भनेको छ, ‘पाकिस्तानबाट आएको ड्रोन तथा मिसाइल आक्रमणलाई भारतको हवाई सुरक्षा प्रणालीले सफलतापूर्वक रोक्न सफल भएको छ । भारत आफ्नो सार्वभौमिकता र नागरिकहरूको सुरक्षामा पूर्ण रुपमा प्रतिबद्ध छ ।’

यसैबीच पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले आक्रमणको दाबी अस्वीकार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्