बङ्गलादेश अवामी लिगद्वारा पार्टीको गतिविधिमा प्रतिबन्ध लगाउने अन्तरिम सरकारको निर्णय अस्वीकार

<span class='c1'>बङ्गलादेश अवामी लिगद्वारा पार्टीको गतिविधिमा प्रतिबन्ध</span> <span class='c2'>लगाउने अन्तरिम सरकारको निर्णय अस्वीकार</span>

ढाका । अपदस्थ प्रधानमन्त्री शेख हसिनाको नेतृत्वमा रहेको बङ्गलादेश अवामी लिगले पार्टीको गतिविधिमा प्रतिबन्ध लगाउने अन्तरिम सरकारको निर्णयलाई अस्वीकार गरेको छ । अवामी लिगले आफ्ना गतिविधिहरू सञ्चालन गर्ने पार्टीले शनिबार राति विज्ञप्तिमा जनाएको छ ।

“अवामी लिगको गतिविधिमा प्रतिबन्ध लगाउने अवैध र असंवैधानिक कब्जा गर्ने फासीवादी युनुस सरकारको घोषणाबाट बङ्गलादेशका जनता स्तब्ध र आक्रोशित छन्, हामी फासीवादी तानाशाह युनुस सरकारको यो निर्णयलाई घृणाका साथ अस्वीकार गर्दछौँ र यसको विरुद्ध कडा निन्दा र विरोध गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ, “साथै, फासीवादी युनुस सरकारको यो निर्णयलाई बेवास्ता गर्दै बङ्गलादेश अवामी लीगले आफ्नो गतिविधिहरू उचित रूपमा सञ्चालन गर्न जारी राख्ने कुरामा हामी दृढ प्रतिबद्धता व्यक्त गर्दछौँ ।”

यसअघि नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको बङ्गलादेशको अन्तरिम सरकारको मन्त्रिपरिषद्ले आतङ्कवाद विरोधी ऐनअन्तर्गत साइबरस्पेससहित अवामी लिगका सबै गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

“आज बङ्गलादेशको इतिहासमा कालो दिनको रूपमा चिनिनेछ । जसको नेतृत्वमा बङ्गलादेश एक स्वतन्त्र र सार्वभौम राज्यको रूपमा स्थापित भएको थियो, त्यो आवामी लीगको गतिविधिहरू स्वतन्त्र देशमा जनताको कुनै जनादेश नभएको अप्रजातान्त्रिक फासिवादी युनुस सरकारद्वारा प्रतिबन्धित गरिएको छ”, आवामी लीगको फेसबुक पेजमा पोस्ट गरिएको विज्ञप्तिमा भनिएको छ, “यसले प्रमाणित गर्दछ कि फासिवादी युनुस सरकारले बङ्गलादेशको माटोलाई स्वतन्त्रता विरोधी दुष्ट शक्तिहरू र उग्रवादी समूहहरूका लागि उर्वर भूमिमा परिणत गर्न चाहन्छ ।”

“बङ्गाली माटोमा आवामी लीगका गतिविधिहरूमा प्रतिबन्ध लगाउनु भनेको मुक्ति युद्धको भावना, आदर्श र आधारभूत तत्वहरूलाई निर्वासित गर्नु र स्वतन्त्रता–विरोधीहरूको नग्न आक्रमणलाई बढावा दिनु हो, बङ्गलादेश आवामी लीग यस क्षेत्रको सबैभन्दा पुरानो र सबैभन्दा परम्परागत राजनीतिक सङ्गठन हो, जसको ७५ वर्षको इतिहास छ र जनताले विश्वास गर्ने संस्था हो । बङ्गलादेश आवामी लीगले भाषा र स्वतन्त्रताको मागको स्थापना सहित बङ्गाली राष्ट्रका सबै महान उपलब्धिमा अग्रणी भूमिका खेलेको छ”, विज्ञप्तिमा भनिएको छ ।

बङ्गलादेशको अन्तरिम सरकारले शनिबार देशको सबैभन्दा पुरानो राजनीतिक दल अवामी लिगको गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। राष्ट्रिय सुरक्षा र सार्वभौमसत्ताको रक्षा गर्न यो निर्णय गरिएको प्रेस विज्ञप्तिमा थप स्पष्ट पारिएको छ ।

“परामर्शदाता परिषद् बैठकले देशको सुरक्षा र सार्वभौमता, जुलाई आन्दोलनका नेता तथा कार्यकर्ताहरूको सुरक्षा र बङ्गलादेश आवामी लीग र यसका नेताहरूको परीक्षण पूरा नभएसम्म अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणका वादी र साक्षीहरूको संरक्षणको आवश्यकताबारे छलफल गरेको थियो । आतङ्कवाद विरोधी ऐनअन्तर्गत साइबरस्पेस सहित आवामी लीगका सबै गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय लिइएको छ”, प्रेस विज्ञप्तिमा भनिएको छ ।

अवामी लिगकी अध्यक्ष तथा प्रधानमन्त्री शेख हसिना गत वर्ष अगस्ट ५ मा सामूहिक विद्रोहमा सत्ताबाट हटाइनुभएको थियो । उहाँ अहिले निर्वासनमा हुनुहुन्छ । शेख हसिनाको पतनपछि नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको थियो ।

लगभग सबै आवामी लीगका नेता र कार्यकर्ताहरू हाल लुकिरहेका छन् । यद्यपि पार्टीका वरिष्ठ नेता बङ्गलादेशका पूर्वराष्ट्रपति अब्दुल हमिद निगरानीमा हुनुहुन्छ । उहाँ आफ्नी पत्नी र सालासँग बिहीबार बिहानै बैङ्कक जानुभएको थियो । रासस/एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्