अन्तराष्ट्रिय खबर

टर्कीमा ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प

टर्कीको दक्षिणी क्षेत्रमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार सिरियाको सिमानासँग जोडिएको क्षेत्रमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्प प्रभावित क्षेत्र गाजिएनटेपमा लगभग २० लाख जनसङ्ख्या छ । त्यसमध्ये धेरैजसो सिरियाली शरणार्थी रहेका ब�. . .


चिनियाँ ‘बेलुन’ समुद्रमा खसालियो

अमेरिकी वाइडेन प्रशासनले शनिबार अमेरिकी एटलान्टिक तटमा ‘चिनियाँ बेलुन’ खसालेकोमा पेन्टागनको प्रशंसा गरेको छ । तर चीनले यस कदमप्रति आफ्नो ‘कडा असन्तोष’ व्यक्त गर्दै ‘आवश्यक प्रतिक्रिया’ दिन सक्ने बताएको छ । उक्त वेलुनले उत्तर अमेरिकी क्षेत्रमा केही दिन बिताएको पेन्टागनका अधिकारीहरूले बताएका छन�. . .


पाकिस्तानका पूर्व राष्ट्रपति मुसर्रफको निधन

पाकिस्तानका पूर्व सैनिक जनरल तथा राष्ट्रपति परवेज मुसर्रफको निधन भएको सेनाले आइतबार जानकारी गराएको छ । उहाँ ७९ बर्षको हुनुहुन्थ्यो । पाकिस्तानका पूर्व राष्ट्रपति मुसर्रफको आइतबार संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित अमेरिकी अस्पतालमा निधन भएको हो । सेनाका वरिष्ठ प्रमुखहरूले जनरल मुसर्रफको �. . .


जापानमा श्वासप्रश्वासका बिरामी ह्वात्तै बढे

जापानमा श्वासप्रश्वासका बिरामी ह्वात्तै बढेका छन् । तीन वर्षमा पहिलोपटक बिरामीको सङ्ख्या महामारीको चेतावनीस्तरमा पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । राष्ट्रिय सङ्क्रामक रोग संस्थानले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार यही माघ १५ गतेसम्म राष्ट्रव्यापी प्रति चिकित्सा संस्थामा बिरामीक�. . .


स्वतन्त्रा दिवसको उपलक्ष्यमा श्रीलङ्कामा पाँच सय ८८ जना बन्दी रिहा

श्रीलङ्काले आफ्नो ७५ औं स्वतन्त्रा दिवसको उपलक्ष्यमा पाँच सय ८८ जना कैदीबन्दीहरूलाई आममाफी दिने निर्णय गरेको छ । ती कैदी बन्दीहरूमा पाँच सय ५७ जना लागुऔषध मुद्दामा अदालतले दोषी ठहराएका तर सुधारगृहमा पठाउँदा सुधार हुने विश्वास गरिएका र अन्य ३१ जना कैदीहरू उनीहरूको चालचलन र व्यवहारमा सुधार देखिएकाल�. . .


नयाँ नोटमा बेलायती नरेशको तस्बिर नछाप्ने अष्ट्रेलियाको घोषणा

अष्ट्रेलियाले आफ्नो ब्याङ्कनोटमा बेलायती नरेशको तस्बिर नछाप्ने घोषणा गरेको छ । अष्ट्रेलियाको केन्द्रीय ब्याङ्कले आज उक्त घोषणा गरेको हो । बेलायतकी महारानी एलिजावेथ द्वितीयको तस्बिर अङ्कित अष्ट्रेलियाको पाँच डलरको नोटमा अब देशको इतिहास र आदिवासी संस्कृतिको सम्मान गर्ने चित्र छापिने उक्त ब्याङ�. . .


तलब वृद्धिको माग गर्दै बेलायती कामदार पुनः हडतालमा

तलबको विषयमा लामो समयदेखि जारी विवादबीच बेलायती शिक्षक, विश्वविद्यालयका कर्मचारी, रेल चालक र सरकारी कर्मचारीले बुधबार हडताल गरेका छन् । इङ्ल्यान्ड र वेल्सस्थित नेसनल एजुकेसन युनियनका शिक्षक सदस्यहरूले केही दिनको अन्तरालमा पुनः विद्यालयको सेवामा अनुपस्थित रहे, जसका कारण २३ हजार ४०० विद्यालयहरूको. . .


भारतको झारखण्ड राज्यमा आगलागी हुँदा चौध जनाको मृत्यु

भारतको झारखण्ड राज्यमा मङ्गलबार आगलागीमा परेर कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ । समाचारअनुसार विवाह समारोह भइरहेका बेला एक निजी आवासीय घरमा आगलागी भएको थियो । त्यसमा परेर १४ जनाको ज्यान गएको र अरु केही घाइते भएका छन् । जलेर मृत्यु हुनेमा १० जना महिला र चार बालबालिका परेका छन् । पूर्वी झारखण्�. . .


भारतको आर्थिक वृद्धि छ प्रतिशत बढी हुने प्रक्षेपण

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले चालु आर्थिक वर्षमा भारतको आर्थिक वृद्धि दर ६.१ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । यो वर्षको एप्रिलदेखि अर्को वर्षको मार्चसम्म कायम रहने भारतको आर्थिक वर्षमा आर्थिक वृद्धि दर ६.१ प्रतिशतको सेरोफेरोमा रहने अनुमान आइएमएफले आज गरेको हो । सन् २०२३ को आर्थिक �. . .


केदारनाथ मन्दिर हिउँले ढाकियो

केदारनाथ धाम हिउँले ढाकिएको छ । केदारनाथधाममा चार फिटसम्म हिउँ जमेको छ । केदारनाथ क्षेत्रमा आइतबार रातिदेखि लगातार हिमपात भइरहेको बताइएको छ । धाम परिसर र वरपरका पहाडमा भारी हिउँ परेको अधिकारीहरूले जनाएका छन् । यसैबीच राज्यको उत्तरकाशी प्रहरीले आसपासका नागरिकहरूलाई सम्भावित जोखिमबाट सचेत रहन आग्. . .


भारतका टीभी च्यानलहरूले कम्तीमा ३० मिनेटको सामाजिक सन्देशमूलक कार्यक्रम प्रसारण गर्नुपर्ने

भारतको सूचना तथा प्रसारण मन्त्रालयले सोमबार निजी प्रसारणकर्ताहरूलाई हरेक दिन ३० मिनेट सार्वजनिक सेवा प्रसारण गर्न निर्देशन जारी गरेको छ । यस निर्देशनअनुसार प्रासरित सामग्री एक पटकमा ३० मिनेटको हुनु अनिवार्य नभए पनि तर पटक–पटक गरी दिनमा कम्तीमा ३० मिनेटको हुनुपर्ने र यसबारे अनलाइन रिपोर्ट सम्बन्�. . .


इरानमा भूकम्पः तीन जनाको मृत्यु, आठ सय १६ जना घाइते

इरानमा गएराति भएको ५.९ रिक्टर स्केलको भैँचालोमा परी तीन जनाको मृत्यु भएको छ भने आठ सय १६ जना घाइते भएका छन् । देशको उत्तरपश्चिम अजरबैजान प्रान्तको खोय शहरमा भूकम्प भएको र त्यसबाट ७०भन्दा बढी गाउँ प्रभावित भएका सरकारी समाचार समिति इर्नाले जनाएको छ । भूैँचालोबाट भएको क्षतिको पूर्ण विवरण प्राप्त भइनसक�. . .