अन्तराष्ट्रिय

ट्रम्प प्रशासनले युएसएडका अधिकांश पद कटौती गर्ने योजना बनाएको अधिकारीहरूको भनाइ

वासिङ्टन । ट्रम्प प्रशासनले बिहीबार संयुक्त राज्य अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी, युएसएड) को विघटन गर्ने क्रममा हजारौँ कर्मचारीमध्ये तीन सयभन्दा कम कर्मचारी मात्र राख्ने गरी विश्वभरका अमेरिकी सहायता परियोजनाहरूका लागि कर्मचारी सङ्ख्या उल्लेखनीय रूपमा घटाउने योजना प्रस्तुत गरेको छ । बि�. . .


विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिने अर्जेन्टिनाको घोषणा

ब्युनस आयस । अर्जेन्टिनाले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट बाहिरिने घोषणा गरेको छ । अर्जेन्टिनाका राष्ट्रपतिका प्रवक्ता म्यानुएल एडोर्नीले निर्णयको घोषणा गर्नुभएको सिएनएनले जनाएको छ । “राष्ट्रपति (जेभियर) मिलेईले (विदेश मन्त्री) गेरार्डो वर्थेनलाई विश्व स्वास्थ्य सङ्गठनमा अर्जेन्टिनाको स. . .


ट्रम्पको धम्कीपछि मेक्सिकोद्वारा अमेरिकी सीमामा १० हजार नेसनल गार्ड सेना तैनाथ

सिउडाड जुआरेज (मेक्सिको) । राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा भन्सार महसुलको धम्कीपछि मेक्सिकोले आफ्नो उत्तरी सीमामा पठाएको १० हजार सैनिकमध्ये पहिलो मेक्सिकाली नेसनल गार्ड र आर्मी ट्रकहरू बुधबार टेक्सासको सिउडाड जुआरेज र एल पासोलाई छुट्याउने सीमामा गुडेका छन् । मास्क लगाएका र हतियारधारी नेशनल गार�. . .


ट्रम्प प्रशासनको निर्णयविरुद्ध प्रदर्शन, सडकमा उत्रिए यूएसएआईडीका कर्मचारी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासन ह्वाइट हाउसले गरेको विभिन्न निर्णयविरुद्ध आन्दोलन सुरु भएको छ । विशेषगरी अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)का कर्मचारीहरुले ट्रम्प प्रशासनको विरोध गरेका हुन् । आन्दोलनकारीले संघीय कानून र अमेरिकी संविधानको उल्लङ्घन भएको आरोप लगा. . .


युएसएडले विश्वव्यापी कर्मचारीहरूलाई बिदामा राख्यो

वासिङ्टन । अमेरिकी सरकारको विशाल मानवीय निकाय युएसएआइडी (युएसएड) ले मङ्गलबार आफ्ना विदेशी पोस्टिङबाट कर्मचारीहरूलाई फिर्ता बोलाउने क्रममा अमेरिका र विश्वभरका आफ्ना कर्मचारीहरूलाई प्रशासनिक बिदामा राख्ने घोषणा गरेको छ । निकायले आफ्नो वेबसाइटमा जारी गरेको विज्ञप्तिमा कर्मचारी बिदा फेब्रुअरी ७ क�. . .


चीनले अमेरिकाविरुद्ध प्रतिशोधात्मक भन्सार दर लगायो

बेइजिङ । चीनले मंगलबार चिनियाँ सामानमा लगाएको १० प्रतिशत भन्सार दरको प्रतिशोधमा संयुक्त राज्य अमेरिकाबाट आयात हुने कोइला र तरलीकृत प्राकृतिक ग्यासमा १५ प्रतिशत भन्सार दर लगाउने बताएको छ । बेइजिङको वित्त मन्त्रालयले संयुक्त राज्य अमेरिकाबाट कच्चा तेल, कृषि मेसिनरी, ठूला विस्थापन सवारी साधन र पिकअ�. . .


युएसएआइडीका नेताहरू ‘कट्टरपन्थी पागल’ हुन् : ट्रम्प

वासिङ्गटन । अर्बपति एलन मस्कले अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सीलाई आइतबार ‘आपराधिक सङ्गठन’ भन्नुभएको छ । त्यस्तै राष्ट्रपति डोनाल्ड ट्रम्पले एजेन्सी ‘कट्टर पागलहरूद्वारा सञ्चालित’ भएको दाबी गर्दै यसको भविष्यबारे विचार गरिरहेको बताउनुभएको छ । विदेशमा मानवीय सहायता प्रदान गर्ने जिम्मेवा�. . .


अमेरिकाविरुद्ध क्यानडा र मेक्सिको एकजुट, करको बदला करबाटै दिने घोषणा

काठमाडौं । क्यानडा र मेक्सिकोप्रति अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा नीति लिएपछि तिक्तता बढ्दै गएको छ । दु ई राष्ट्रप्रति अमेरिकाले २५ प्रतिशत भन्सार शुल्क (कर) लगाउने निर्णय गरेसँगै सम्बन्धमा तिक्तता देखिएको हो । करका विषयमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र मेक्सिकन राष्ट्रपति �. . .


ग्रामीमा शीर्ष कन्ट्री एल्बम सम्मान बियोन्सेलाई

लस एन्जलस (संयुक्त राज्य अमेरिका) । बियोन्सेले आइतबार आफ्नो संस्कृति–हल्लाउने ‘काउब्वाइ कार्टर’ का लागि वर्षको सर्वश्रेष्ठ कन्ट्री एल्बमको ग्रामी जित्नुभयो । यो एल्बमले लामो समयदेखि अश्वेत कलाकारहरूलाई किनारा लगाएको आरोप लागेको न्यासभिल–केन्द्रित उद्योगको आलोचना गरेको छ । ग्रामी इतिहासमा सबै�. . .


एआईको प्रयोग गरी हुने बाल दुर्व्यवहारलाई अपराध घोषणा गर्ने बेलायत पहिलो राष्ट्र

लण्डन । यौन दुव्र्यवहारको तस्बिर बनाउन प्रयोग गरिने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) उपकरणविरुद्ध बेलायत सरकारले शनिबार कानूनको घोषणा गरेको छ । ‘एआईको दुरूपयोग गरी बाल यौन दुर्व्यवहारको तस्बिर बनाउने’ कार्यलाई अपराध घोषणा गर्ने बेलायत विश्वकै पहिलो मुलुक बनेको छ । बालबालिकाको यौनिक तस्बिर बनाउनक�. . .


ट्रम्पको निर्णयप्रति चीन रुष्ट, व्यापार युद्धमा कसैको जित नहुने

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार चीनबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । तर चीनले त्यसको विरोध गरेको छ । शनिबार राति राष्ट्रपति ट्रम्पले क्यानडा, मेक्सिको र चीनका आयातमा कर लगाइएको घोषणा गरेका थिए । ह्वाइट हाउसले चीनबाट हुने सबै आयात�. . .


चीनद्वारा नयाँ अमेरिकी भन्सार महसुलको ‘दृढ विरोध’ गर्दै ‘जवाफी कदम’ को चेतावनी

बेइजिङ । चीनले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा बेइजिङमा लगाइएको नयाँ करको ‘दृढतापूर्वक विरोध’ गरेको र ‘आफ्नो अधिकार र चासोको दृढतापूर्वक रक्षा गर्न सम्बन्धित जवाबी कदम’ चाल्ने वाचा गरेको बताएको छ । शनिबार प्रमुख व्यापार साझेदारहरू विरुद्ध व्यापक कदमहरू सार्वजनिक गर्दै ट्रम्पले . . .