अन्तराष्ट्रिय

बङ्गलादेश : आरक्षण सम्बन्धी आदेश ‘गैरकानुनी’ ठहर

ढाका । बङ्गलादेशको सर्वोच्च अदालतले यस वर्षको जून ५ मा गरिएको आरक्षणसम्बन्धी फैसलालाई ‘गैरकानुनी’ ठहर गरेको छ । एक महिना पहिले तल्लो अदालतले सन् २०१८ मा सरकारी नोकरीमा आरक्षण नदिने गरी गरिएको सरकारको अधिसूचनालाई उल्टाउँदै आरक्षणको पक्षमा फैसला दिएको थियो । विवादास्पद निजामती सेवा भर्ती नियमहरू �. . .


विश्वभरि सूचना प्रविधि प्रणालीमा समस्या

काठमाडौँ । अमेरिकी साइबर सुरक्षा कम्पनी क्राउडस्ट्राइकले सूचना प्रणालीलाई अद्यावधिक (अपडेट) गर्दा सूचना प्रविधिको क्षेत्रमा विश्वव्यापी रूपमै समस्या ल्याएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार विभिन्न देशमा रहेका बैङ्क, विमान सेवा, रेलवे, टेलिभिजन, सञ्चार माध्यम र सुपरमार्केट तथा अनलाइ�. . .


एयर इन्डियाको विमान रूसमा आकस्मिक अवतरण

नयाँदिल्ली । एयर इन्डियाको एआई–१८३ विमान प्राविधिक समस्यामा कारण रूसको क्रास्नोयास्क अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । विमान नयाँ दिल्लीबाट सान फ्रान्सिस्को जाँदै थियो । विमानमा सवार सबै यात्रु तथा चालक दलका सदस्य सुरक्षित रहेको एयर इन्डियाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । �. . .


राष्ट्रपतिको चुनावमा बाराक ओबामा पनि बाइडेनको विपक्षमा

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति एवं डेमोक्र्याट नेता बाराक ओबामाले आसन्न राष्ट्रपतिको चुनावमा जो बाइडेनले जित्न गाह्रो हुने बताएका छन् । ‘द वाशिंगटन पोस्ट’ का अनुसार ओबामाले आफ्ना सहकर्मीहरुसँगको छलफलमा वर्तमान राष्ट्रपति बाइडेनले उम्मेदवारी त्याग्नु पर्नेमा जोड दिएका हुन् । जुन २८ मा र�. . .


बङ्गलादेशमा आरक्षण विरुद्धको प्रदर्शन हिंसात्मक बन्दै

काठमाडौं । आरक्षणको विरोधमा उत्रिएका प्रदर्शनकारीले बंगलादेशको सरकारी टेलिभिजनमा आगजनी गरेका छन् । प्रदर्शनकारीले बिहीबार बङ्गलादेशको मुख्य सरकारी प्रसारक बिटिभीको मुख्यालयमा आगजनी गरेका हुन् । आरक्षणविरुद्ध चलिरहेको आन्दोलनका क्रममा बङ्गलादेशका विभिन्न भागमा अहिलेसम्म कम्तीमा ३९ जनाको म�. . .


दक्षिण कोरियामा समलिङ्गी दम्पतीका लागि वैवाहिक बिमा सम्बन्धी अधिकार सुनिश्चित

सियोल । दक्षिण कोरियाको सर्वोच्च अदालतले बिहीबार समलिङ्गी जोडीहरूको नयाँ अधिकारलाई मान्यता दिँदै राज्यले समलिङ्गी दम्पतीहरूलाई स्वास्थ्य बिमा उपलब्ध गराउनुपर्ने ऐतिहासिक फैसला सुनाएको छ । सन् २०२१ मा राष्ट्रिय स्वास्थ्य बिमा संस्था (एनएचआईएस) ले समलिङ्गी जोडी भएकै कारण आश्रितको रूपमा आफ्नो जीव�. . .


अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । ह्वाइट हाउसले राष्ट्रपतिलाई खोप लगाइएको र अहिले आराम गरिरहेको बताएको छ । बाइडेनलाई यसअघि पनि दुई पटक कोरोना संक्रमण भइसकेको छ । ८१ वर्षीय बाइडेन बुधबार लास भेगासमा चएको चुनावी सभामा भाग लिन पुगेका थिए । एउटा �. . .


पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आक्रमणको प्रयास भएको छ। गोली लागे पनि उनी सुरक्षित रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । पेन्सिलभेनियाको ग्रेटर पिट्सबर्ग क्षेत्रको बटलर काउन्टीमा चुनावी र्‍याली गरिरहेका बेला ट्रम्पमाथि आक्रमण भएको थियो। सामाजिक सञ्ज. . .


सर्वोच्च अदालतद्वारा दिल्लीका मुख्यमन्त्री केजरीवाललाई जमानत आदेश

नयाँदिल्ली । सर्वोच्च अदालतले शुक्रबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई प्रवर्तन निर्देशनालय (ईडी) द्वारा दर्ता गरिएको अन्तःशुल्क छुटसम्बन्धी नीतिसम्बन्धमा अन्तरिम जमानत आदेश दिएको छ । न्यायाधीश सञ्जीव खन्नाको नेतृत्वमा रहेको बेन्चले ईडीद्वारा गरिएको उहाँको गिरफ्तारीलाई चुनौती दिन�. . .


इजरायली सेना पछि हटेपछि गाजा शहरमा ६० भन्दा बढी शव फेला

गाजा । इजरायलको पूर्वी शहर शुजैयाको भग्नावशेषबाट ६० भन्दा बढी शव फेला परेका इजरायलको सरकारी समाचार संस्था वाफाले जनाएको छ । वाफाका अनुसार इजरायली हवाई आक्रमण र स्थलगत कारबाहीले शुजैयामा ८५ प्रतिशतभन्दा बढी आवासीय भवनध्वस्त भएका छन् । रिपोर्टमा भनिएको छ, “सम्पूर्ण आवासीय भवनहरू भत्केका छन् । सडकहर�. . .


दक्षिण कोरियामा सामसुङका कर्मचारीद्वारा अनिश्चितकालीन हड्तालको घोषणा

सियोल । दक्षिण कोरियाको सामसुङ इलेक्ट्रोनिक्समा कार्यरत दशौँ हजार कामदारको प्रतिनिधित्व गर्ने एक युनियनले व्यवस्थापनलाई वार्तामा ल्याउन बाध्य पार्न आफ्नो हडताललाई अनिश्चितकालका लागि लम्ब्याउने बुधबार घोषणा गरेको छ । युनियनले यसअघि तीन दिने हडतालको घोषणा गरेको थियो । यो हडताल समसुङ कम्पनीको इत�. . .


चीनमा १०४ जिउँदो सर्प ट्राउजरमा राखी तस्करी गर्दै गरेको अवस्थामा पक्राउ

बेइजिङ । चीनको मुख्य भूमिमा १०० भन्दा बढी जिउँदो सर्पलाई ट्राउजरमा हालेर तस्करी गर्न खोज्ने एक व्यक्तिलाई पक्राउ गरिएको चीनको भन्सार प्रशासनले जनाएको छ । चीनको भन्सार कार्यालयले मङगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अर्धस्वायत्त हङकङबाट सीमावर्ती सहर शेन्जेनतर्फ जान खोज्दा भन्सार अधिकारीहर�. . .