अन्तराष्ट्रिय खबर

कोरियामा कम भएन कोरोना सङ्क्रमण

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या दश हजार भन्दा कम

भारतमा एकै दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या दश हजार भन्दा कम भएको छ । यहाँ २४ घण्टाको समयावधी अर्थात आइतबार मध्यरातिसम्म नौ हजार पाँच सय ३१ जना कोरोना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको छ । यसैसँगै भारतमा चार करोड ४३ लाख ४८ हजार नौ सय ६० जना कोराना भाइरस सङ्क्रमित भएक. . .


एप्पलका उपकरण अपडेट गर्न कम्पनीको आग्रह

एप्पल कम्पनीले आफ्ना उपभोक्ताहरूलाई सुरक्षा गडबडीलाई रोक्नका लागि आइफोन, आइप्याड र म्याक उपकरणहरूमा अपडेट गर्न अनुरोध गरेको छ । अन्यथा ह्याकरहरूले दुःख दिनसक्ने एप्पलले चेतावनी पनि दिएको छ । एप्पलले आफूले उपलब्ध गराएको नयाँ सफ्टवेयरले महत्वपूर्ण सुरक्षा अद्यावधिक गर्ने भन्दै सम्पूर्ण प्रयोगकर�. . .


भारतमा भारी वर्षा र बाढीबाट पचास जनाको मृत्यु

भारतको उत्तरी र पूर्वी भू–भागमा जारी रहेको वर्षा र बाढीबाट कम्तीमा पनि ५० जनाको ज्यान गएको बताइएको छ । भारी वर्षाका कारण आइतबार रातिसम्म मृत्यु हुनेको संख्या ५० पुगेको अधिकारीहरुले जनाएका छन् । पहाडी राज्यहरू हिमाचल र उत्तराखण्ड, पूर्वी राज्य उडिसा, झारखण्ड र भारत–नियन्त्रित काश्मीरमा बाढी र पहिरोम�. . .


जासुसीको आरोपमा रूसी र युक्रेनी नागरिक पक्राउ

दक्षिणी अल्बानियास्थित एक सैन्य केन्द्रमा जासुसी गरेको आरोपमा दुई जना रूसी र एक युक्रेनीलाई पक्राउ गरिएको छ । अल्बेनियाली रक्षा मन्त्रालयका अनुसार २४ वर्षीय एम.जेड भनेर चिनिने रूसी नागरिकलाई राजधानी तिरानाबाट ८० किलोमिटर दक्षिणमा रहेको ग्रामसस्थित सैन्यकेन्द्रको मैदानमा प्रवेश गरी फोटो खिच्न�. . .


भारत र अफगानिस्तानमा भारी वर्षा, अठचालीस जनाको मृत्यु

भारतमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको छ । पहाडी राज्यहरू हिमाचल र उत्तराखण्ड, पूर्वी राज्य उडिसा, झारखण्ड र भारत–नियन्त्रित काश्मीरमा बाढी र पहिरोमा परी उनीहरूको मृत्यु भएको हो । हिमाचल प्रदेशमा मृतकको सङ्ख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन् । त्यहाँ छ जना अझै बेपत्ता छन् । त. . .


भारतमा एघार हजार पाँच सय भन्दा बढी कोरोना सङ्क्रमित

भारतमा एकै दिनमा ११ हजार पाँच सय ३९ कोरोना भाइरस सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको छ । यसैसँगै भारतमा चार करोड ४३ लाख ३९ हजार चार २९ जना कोराना भाइरस सङ्क्रमित भईसकेका छन् । भारतमा एक दिन अगाडि अर्थात शनिबार प्रकाशित तथ्याङ्कअनुसार एक दिनमा १३ हजार दुई ७२ जनामा सङ्क्. . .


क्युबामा पनि भेटिए मङ्कीपक्सका बिरामी

क्युबामा पनि मङ्कीपक्सका बिरामी फेला परेका छन् । देशमा पहिलोपटक इटालीका एकजना पर्यटकमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको शनिबार अबेर यहाँको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ । नाम सार्वजनिक नगरिएका ती पुरूष पर्यटक गत साउन ३० गते क्युबा आइपुगेका थिए । गम्भीररूपमा बिरामी भएका उनलाई अस्पताल भर्ना गर�. . .


पाकिस्तानमा शनिबारको वर्षा र बाढीबाट ३६ को मृत्यु

पाकिस्तानमा २४ घन्टायता भएको निरन्तरको वर्षा र त्यसका कारण आएको बाढीमा परेर कम्तीमा पनि ३६ जनाको ज्यान गएको बताइएको छ ।यहाँका उद्धार अधिकारीहरुले दिएको समाचारअनुसार पाकिस्तानको दक्षिणी सिन्ध प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । यो प्रान्तमा मात्र १८ जनाको मृत्यु भएको छ भने अन्य सय जनाभन्दा बढी घ�. . .


कोरोना भाइरसबाट नयाँ सङ्क्रमितको सङ्ख्या विश्वभरी घट्दै

लण्डन : कोरोना भाइरसबाट नयाँ सङ्क्रमितको सङ्ख्या विश्वभरी घट्दै गइरहेको देखिएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विश्वभरी कोरोनाका कारण मृतकको सङ्ख्या पनि झण्डै छ प्रतिशतले कम भएको छ। तर एसियामा भने मृतकको सङ्ख्या बढेको सङ्गठनको तथ्याङ्कमा देखिइएको छ। �. . .


तातो र सुख्खा मौसमका कारण अफ्रिकी आप्रवासी चराहरू खतरामा

अफ्रिकी महाद्वीपको मध्य र पूर्वमा विनाशकारी खडेरी निम्त्याएको तातो र सुख्खा मौसमका कारण आप्रवासी चराहरू खतरामा परेका छन् । जलवायु परिवर्तन र लामो खडेरीको कारण अफ्रिकी केही मुलुकहरूमा देखिएको तातो र सुख्खा अवस्थाले यहाँ यात्रा गर्ने केही प्रजातिहरूलाई कठिन बनाएको छ । उनीहरूले आवश्यक पानीको स्रोत. . .


ट्विट गरेको आरोपमा साउदीमा एक महिलालाई चौतीस वर्षको जेल सजाय

ट्विट गरेको आरोपमा साउदी अरबको एक अदालतले एकजना विद्यावारिधीका विद्यार्थीलाई चौँतीस वर्षको जेल सजाय सुनाएको छ । बेलायतको लिड्स विश्वविद्यालयमा विद्यावारिधीको अनुसन्धानमा जुटेकी सलमा अल–शेहाबलाई अफवाह फैलाउने र असन्तुष्टहरूलाई रिट्विट गरेको आरोपमा ३४ वर्षको जेल सजाय सुनाइएको हो । साउदी अदालतक. . .


अन्तरास्ट्रिय समाचार : अमेरिका र ताइवानद्वारा व्यापार वार्ताको घोषणा

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको विवादास्पद ताइवान भ्रमणपछि ताइपेई र अमेरिकाले औपचारिक रूपमा व्यापार वार्ता गर्ने भएका छन् । पहिलो चरणको वार्ता चाँडै हुने अमेरिकी व्यापार प्रतिनिधिको कार्यलयले जनाएको छ । बजार शहरीकरण, डिजिटल व्यापार र भ्रष्टाचार विरोधी मापदण्डबारे उनीहरूको छलफल हुन�. . .