अन्तराष्ट्रिय खबर

अमेरिकामा ट्रक ठोक्किँदा २ जनाको मृत्यु

उत्तरपूर्वी वासिङ्टन डीसीमा शनिबार दिउँसो मिनेसोटा एभिन्यूमा उत्तरतर्फ जाँदै गरेको ट्रक दुर्घटना हुँदा दुई वयस्कको मृत्यु भएको छ। चालकले सडक नियम विपरीत रातो बत्ती बलिरहेको बेला ट्रक चलाउँदा साइकल यात्रुलाई ठक्कर दिंदा सो दुर्घटना भएको हो । घटनास्थलमै दुई वयस्कको मृत्यु भएको प्रहरीले जनाएको छ । . . .


पाकिस्तानमा ३ आतङ्कवादी मारिए

पाकिस्तानको उत्तरपश्चिम खायबर पख्तुन्वामा सैनिक कारबाहीमा तीन जना आतङ्ककारी मारिएका छन् । सेनाले शनिबार दिएको जानकारी अनुसार सुराकीका आधारमा गरिएको सैनिक कारबाहीमा उत्तर पश्चिम वाजिरिस्तान जिल्लामा ती आतङ्ककारी मारिएका हुन् । सेनाको जनसम्पर्क कार्यालयले जनाएअनुसार दोहोरो गोली हानाहानमा ती आ. . .


न्यूयोर्कका सार्वजनिक स्थलमा बन्दुक बोक्न नपाइने

सर्वोच्च अदालतको आदेशपछि न्यूयोर्क राज्य सरकारले धेरै सार्वजनिक स्थानमा बन्दुक बोक्न नपाउने नियम लागू गरेको छ । राज्यसरकारले टाइम्स स्क्वायरलगायत धेरै सार्वजनिक स्थानमा बन्दुकमाथि प्रतिबन्ध लगाएको छ भने बन्दुक राख्ने अनुमतिका लागि आवेदकहरूलाई उनीहरूको प्रहार गर्ने प्रवीणता प्रमाणित गर्न तथा. . .


“अफगानिस्तानमा दैनिक १/२ महिलाले आत्महत्या गर्छन”

अफगानिस्तानमा दैनिक १/२ महिलाले आत्महत्या गर्ने गरेको पाइएको छ । अफगानिस्तानका पूर्व उपसभामुख फोओजिया कुफिले अवसरहरूको अभाव र मानसिक समस्याका कारण उनीहरूले आत्महत्या गर्ने गरेको दावी गर्नुभयो । महिलाले आत्महत्या गर्ने क्रम बढ्दै गइरहेकाले त्यसका बारेमा तत्काल गम्भीरता पूर्वक छलफल गर्नुपर्नेम. . .


भारतको मणिपुरमा पहिरोका कारण ३८ जना अझै बेपत्ता, खोजी जारी

भारतको मणिपुरमा पहिरोमा परी मृत्यु भएकाहरूको सङ्ख्या बढेर २४ पुगेको छ । रेल मार्ग निर्माण कार्य भइरहेको मणिपुरको नोनी भन्ने ठाउँमा घटना भएको हो । पहिरोमा परी शनिबार सम्म २४ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । उनीहरूका अनुसार पहिरोका कारण अरु ३८ जना अझै पनि बेपत्ता नै रहेका छन् । ती मध्ये १२ �. . .


इरान भूकम्पमा परी पाँच जनाको मृत्यु,४९ घाइते

दक्षिणी इरानमा शनिबार भएको ६।३ म्याग्निच्युडको भूकम्पमा परी पाँच जनाको मृत्यु भएको तथा ४९ जना घाइते भएका सरकारी टेलिभिजनले जनाएको छ । राजधानी तेहरानबाट करिब एक हजार किलोमिटर दक्षिणमा रहेको होर्मोजगान प्रान्तको खोश गाउँलाई केन्द्रबिन्दु बनाएर भएको भूकम्प प्रभावित स्थलमा करिब तीनसयको बसोबास रहेक�. . .


युक्रेनमा फेरि रुसी क्षेप्यास्त्र आक्रमण, कम्तीमा २१ को मृत्यु

युक्रेनमा शुक्रबार फेरि रुसी क्षेप्यास्त्र आक्रमण भएको छ । युक्रेनमा पछिल्लो समय लगातार रुसी क्षेप्यास्त्र आक्रमणका घटना भइरहेका छन् । पछिल्लो घटनामा परी कम्तीमा २१ जनाको मृत्यु भएको छ । देशको ओडेसा क्षेत्रमा रहेको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण हुँदा त्यहाँ रहेका २१ जनाको मृत्यु भएको अधिकार�. . .


अफ्रिकाका १२ देशमा मङ्कीपक्स सङ्क्रमण : सीडीसी

अफ्रिकाका १२ देशहरूमा हालसम्म मङ्कीपक्स सङ्क्रमण एक हजार ७८२ जनामा भेटिएको अफ्रिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी) ले शुक्रबार जनाएको छ । अफ्रिका सीडीसीका कार्यकारी निर्देशक अहमद ओगवेलका अनुसार अफ्रिकामा रिपोर्ट गरिएका एक हजार ७८२ विरामीमध्ये १०४ जनामा मङ्कीपक्स सङ्क्रमण पुष्ट. . .


ईरानमा मृत्युदण्डको सङ्ख्या अघिलो बर्षको तुलनामा दोब्बर

इरानमा सन् २०२२ को पहिलो छ महिनामा अघिल्लो बर्षको सोही अवधिको तुलनामा मृत्युदण्ड दोब्बरभन्दा बढी पुगेको ईरानको एक गैरसरकारी संस्थाले शुक्रबार जानकारी गराएको छ । फाँसीको बढोत्तरी हुनुमा विरोधीहरूलाई त्रास सिर्जना गर्ने उद्देश्यले गरिएको उक्त संस्थाले दावी गरेको छ । गत वर्षको पहिलो छ महिनामा ११७ �. . .


मोदी र पुटिनबीच टेलिफोन संवाद, वार्ताबाटै समस्या समाधान गर्न मोदीको जोड

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका बीचमा शुक्रबार टेलिफोनमा कुराकानी भएको छ । रुस — युक्रेन युद्धका बारेमा नै उहाँहरूको कुराकानी केन्द्रित रहेको दुवै तर्फका अधिकारीहरूले जनाएका छन् । कुराकानीका क्रममा भारतीय प्रधानमन्त्री मोदीले वार्ता मार्फत नै युक्रेन�. . .


भारतमा कोरोना भाइरसबाट सत्र हजारभन्दा बढी सङ्क्रमित

बिहीबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १७ हजार ७० सङ्क्रमित भएका छन् । हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३४ लाख ६९ हजार २३४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । चौविस घण्टाको समयावधीमा कोरोना सङ्क�. . .


क्यानडामा मङ्की पोक्सका २७८ बिरामी

क्यानडाका प्रमुख जनस्वास्थ्य अधिकारी थेरेसा ट्यामले बिहीबार जुन २९ सम्म देशमा कुल २७८ जनामा मङ्की पोक्सबाट सङ्क्रमित भएको पुष्टि गरेकी छिन् । ब्रिटिश कोलम्बियाका चार, अल्बर्टाबाट पाँच, ओन्टारियोबाट ६७ र क्युबेकका २०२ सङ्क्रमणका घटनाहरू दर्ता भएको वरिष्ठ चिकित्सक ट्यामले जनाएकी छिन् । मङ्की पोक्. . .