अन्तराष्ट्रिय

इजरायल–प्यालेस्टिन द्वन्द्व : मृत्यु हुनेको संख्या १५ सय नाघ्यो

इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच जारी युद्धमा मृत्यु हुनेको संख्या एक हजार ५ सय नाघेको छ । इजरायलमा ९०० र गाजामा ६०० भन्दा बढीको मृत्यु भएको समाचार संस्था सीएनएनले जनाएको छ । इजरायलले युद्ध भर्खरै सुरु भएको चेतावनी दिएको छ । इजरायली रक्षामन्त्रीले गाजा क्षेत्रलाई ‘पूर्ण घेराबन्दी’ गर्ने आद. . .


दक्षिणी समुदायहरू पुनः नियन्त्रण गरेको इजराइली सेनाको दाबी

इजराइली सेनाले गाजा सीमा नजिक रहेका सम्पूर्ण इजराइली सहरलाई नियन्त्रणमा लिएको बताएको छ । दक्षिणी इजराइलबाट हमास आतङ्ककारीहरूलाई लखेट्न भएको सङ्घर्षको तेस्रो दिनमा इजराइली सेनाले त्यस्तो दाबी गरेको हो । “गाजापट्टी छेउछाउमा रहेका समुदायहरूमाथिको नियन्त्रण पुनःप्राप्त भएको छ”, इजराइली प्रतिरक्ष. . .


गाजापट्टीमा एक लाख २३ हजारभन्दा बढी मानिस विस्थापित : संयुक्त राष्ट्रसङ्घ

प्यालेस्टिनी लडाकू समूह हमास र इजरायलबीच द्वन्द्व सुरु भएयता गाजा पट्टीमा एक लाख २३ हजारभन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले सोमबार जनाएको छ । “गाजामा मुख्यतः डर, सुरक्षाको चिन्ता र उनीहरूको घर भत्काइएका कारण एक लाख २३ हजार ५३८ भन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित भएका छन्,” संयु. . .


इजरायल-हमास युद्ध जारी : इजरायली क्षेत्रमा मृत्यु हुनेको संख्या ७००

प्यालेष्टिनी सुन्नी इस्लामिक कट्टरपन्थी सङ्गठन हमासले गरेको विशाल आक्रमणमा इजरायलमा अहिलेसम्म कम्तिमा ७०० जनाको मृत्यु भएपछि इजरायलको मन्त्रीपरिषद्ले आइतबार ‘युद्धको अवस्था’ को घोषणा गरेको छ । हमासले इजरायलविरूद्ध गरेको आक्रमणको प्रतिरोधमा इजरायली हवाई आक्रमणमा गाजामा कम्तीमा ४१३ जनाको मृत्य. . .


इजरायलले गाजासँगको सिमानामा एक लाख सेना तैनाथ गर्यो

प्यालेस्टिनी इस्लामिक समूह हमासविरुद्ध औपचारिक रूपमा युद्धको घोषणा गरेपछि इजरायलले घेराबन्दी गरिएको गाजा पट्टीमा लगातार दोस्रो दिन गोली हानाहान गरिरहेको छ । इजरायलले गाजासँगको सिमानामा करिब एक लाख सेना तैनाथ गरेको अलजजिराले जनाएको छ । हमासका बन्दुकधारी र इजरायली सेनाबीच दक्षिणी इजरायलका तीन क्. . .


छ सय इजरायली र ३७० प्यालेस्टिनीको मृत्यु

काठमाडौँ । इजरायल र प्यालेस्टाइनबिचको युद्धमा छ सय इजरायली र ३७० जना प्यालेस्टिनीको मृत्यु भएको छ । एक सयभन्दा बढी इजरायली सेना र सर्वसाधारणलाई प्यालेस्टिनी इस्लामिक समूह हमासले अपहरण गरेको बिबिसीले जनाएको छ । शनिबार अप्रत्यासित रूपमा इस्लामिक समूह हमासका लडाकुहरूले इजरायली सहरहरूमा पाँच हजार व�. . .


अफगानिस्तान भूकम्प अपडेट : दुई हजारको मृत्यु,नौ हजार घाइते

अफगानिस्तानको हेरात प्रान्तमा शनिबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजारभन्दा बढी पुगेको प्रान्तीय प्रशासनले जनाएको छ । भूकम्पमा परी घाइते हुनेको सङ्ख्या नौ हजार पुगेको प्रहरीले जनाएको छ । अफगानिस्तानको पश्चिमी भूभागमा शनिबार बिहान ६.३ म्याग्निच्युडको भूकम्प गएको सयुक्. . .


इसरोले गगनयान मिसनका लागि मानवरहित परीक्षण उडान सुरु गर्ने

भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) ले गगनयान मिसनको हिस्साका रूपमा मानवरहित परीक्षण उडानको तयारी सुरु गरेको जनाएको छ । सामाजिक सञ्जाल एक्स (ट्विटर) मा इसरोले गरेको पोस्टमा भनिएको छ, “मिसन गगनयान : इसरोले गगनयानका लागि मानवरहित परीक्षण उडान सुरु गर्नेछ, फ्लाइट टेस्ट भेहिकल एबोर्ट मिसन–१ (टिभी–ड�. . .


पपुवा न्युगिनीमा ७ र अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प

पपुवा न्युगिनीको मडाङ शनिबार बिहान सात म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे (युएसजीएस) ले जनाएको छ । सर्भेअनुसार ७२ किलोमिटर गहिराइमा रहेको भूकम्पीय केन्द्र पाँच दशमलव सात डिग्री दक्षिणी अक्षांश र एक सय ४६ दशमलव एक डिग्री पूर्वी देशान्तरमा रहेको थियो । यसैबीच अफगानिस्तानको पश्चिमी . . .


खडेरीले सन् २०२३ को प्रारम्भमा जलविद्युतमा ‘ऐतिहासिक’ विश्वव्यापी गिरावट

खडेरीले सन् २०२३ को पहिलो छ महिनामा जलविद्युत् उत्पादनमा ‘ऐतिहासिक’ विश्वव्यापी गिरावट आएको नयाँ अनुसन्धानले देखाएको छ । विशेषगरी यस्तो अवस्था चीनमा देखिएको भन्दै अनुसन्धानले जलवायु परिवर्तनका कारण यस्तो भएको बताएको छ । नवीकरणीय ऊर्जासम्बन्धी प्रबुद्ध समूह एम्बरले गरेको अनुसन्धानअनुसार जलवि�. . .


सभामुखमा जिम जोर्डनलाई ट्रम्पको समर्थन

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले हाउस अफ रिप्रेजेन्टेटिभको सभामुख पदमा ओहायोका रिपब्लिकन सांसद जिम जोर्डनलाई आधिकारिकरूपमा समर्थन गर्नुभएको छ । उहाँले हाउस जुडिसियरी कमिटीका अध्यक्ष तथा लामो समयदेखिका आफ्नो बचाउकर्ता जोर्डनलाई केभिन म्याककार्थीको उत्तराधिकारीका रूपमा समर्थन गर्�. . .


भारतमा हिमताल फुट्दा १० को मृत्यु,८२ बेपत्ता

भारतमा एक हिमताल फुटेर आएको भीषण बाढीमा परी मर्नेको सङ्ख्या बढेर १० पुगेको र ८२ जना अझै हराइरहेको अधिकारीहरूले बताएका छन् । “बाढीले सिक्किम प्रान्तका चार जिल्लामा मानिस, सडक र पुलहरू बगाएर विनाश गरेको छ”, उत्तरपूर्वी सिक्किमको पहाडी उपत्यकामा हिमताल फुटेको भोलिपल्ट बिहीबार भारतीय सेनाका प्रवक्त�. . .