सीमासँग जोडिएका स्थानीयबीच नेपाल–भारत सम्बन्ध चर्चा

<span class='c1'>सीमासँग जोडिएका स्थानीयबीच</span> <span class='c2'>नेपाल–भारत सम्बन्ध चर्चा</span>

विराटनगर । नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्न सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित कार्यक्रममा वक्ताहरुले सुझाब दिएका छन् । नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी भएकोले सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वासलाई सीमाले छुट्याउन नहुने बताएका हुन् ।

भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण रहेको सत्यलाई बुझनु पर्ने बताउँदै उनीहरुले दुई देशका नाममा नागरिक सम्बन्ध कमजोर बनाउने केही तत्वलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिएका थिए ।

नेपाल भारत खुला सीमा सम्वाद समूहद्वारा आयोजत देवानगञ्ज नरपतगञ्ज अन्तरसम्बाद कार्यक्रममा संविधानसभा सदस्य मुंगालाल यादवले नेपाल र भारतबीचको सम्बन्धलाई घनिष्ठ अनि विशेष बनाउने प्रमुख तत्व भनेको धार्मिक, सामाजिक एवं सांस्कृतिक समानता रहेको बताए । दुई देशका नागरिक प्राचीन समयदेखि एकै खाले धर्म, संस्कार अंगालेको पाइन्छ भने मिल्दाजुल्दा सामाजिक, सांस्कृतिक चलन र रीतिरिवाज अवलम्बन गरेको उनको कथन थियो ।

नेपाल भारत खुला सीमा संवाद समुहका अध्यक्ष राजीव झाले छिमेकीका बीचमा सानातिना विवाद सधैँ नै हुन्छन्, जुन नौलो नहुने बताउँदै यस्तै विवादले स्थायी र दीर्घकालीन सम्बन्धमा खासै असर नपार्ने दावी गरेका थिए । दुई देशबीच आपसी समझदारी छ कि छैन भन्ने कुराले नागरिकबीच सीमावर्ती क्षेत्रमा भाईचारा रहने बताए ।
नेपाल र भारतबीचको सन् १९५० को शान्ति र मैत्री सन्धी परिमार्जन वा खारेज गरी त्यसको ठाउँमा नयाँ सन्धी गर्न जरुरी रहेको समेत कार्यक्रममा कुरा उठेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्