युद्धविराम सम्झौतापछि गाजा पट्टीमा इन्धन ट्रकहरू प्रवेश

<span class='c1'>युद्धविराम सम्झौतापछि गाजा पट्टीमा</span> <span class='c2'>इन्धन ट्रकहरू प्रवेश</span>

इजरायल र हमास बीच शुक्रबार बिहान अस्थायी युद्धविराम लागू भएपछि इन्धन र खाना पकाउने ग्यासले भरिएका ट्रकहरू गाजा पट्टीमा प्रवेश गरेका छन्।

प्यालेस्टिनी सुरक्षा स्रोतले जसलाई नाम न छाप्ने शर्तमा बताएअनुसार ईन्धन र खाना पकाउने ग्यास बोकेका ट्रकहरू गाजा पट्टीमा ढुवानी गर्न विशेष क्षेत्रमा आइपुगेका छन् ।

योसँगै गाजा पट्टी र इजिप्ट बीचको विवादित भूमि पार हुँदै अन्य किसिमका मानवीय आपूर्ति पनि सहज हुने अपेक्षा गरिएको छ । हमासले प्रेस विज्ञप्तिमा भनेको छ, "युद्ध अवधिमा दैनिक २०० ट्रक राहत र चिकित्सा सामग्री र चार ट्रक इन्धन र खाना पकाउने ग्यास गाजा पट्टीमा प्रवेश गर्नेछ।"

यसअघि कतार र इजिप्टको मध्यस्थतामा इजरायल र हमासबीचको मानवीय युद्धविराम घेराबन्दीमा परेको तटीय क्षेत्रमा लागू भएको थियो । गत अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गर्दा हमासले बन्धक बनाएका १३ जनालाई रिहा गरेपछि इन्धन र खाना पकाउने ग्यासको आपूर्ति गर्ने योजना बनाइएको छ ।रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्