सम्पूर्ण समाचार

विराटनगरको एक स्कुलकी विद्यार्थीले दोस्रो तल्लाबाट हाम फाल्दा गम्भिर घाईते

विराटनगर । विराटनगर महानगरपालिका ३ पोखरीया मावी स्कुलकी एक छात्राले स्कुलको २ तल्ले भवनबाट हाम फाल्दा गम्भिर घाईते भएकी छिन् । कक्षा १० मा अध्ययनरत १६ बर्षकी संगिता मुर्मुले सोमबार बिहान हाम फालेको स्कुलका प्राचार्य खेमराज भट्टराईले जानकारी दिए । उनको अहिले विराटनगर स्थित नोबेल हस्पिटलमा उपचार भई�. . .


मौन स्नान गरी मनाइयो सोमबारे औँसी

काठमाडौँ । सोमबारे औँसी आज बिहान मौन स्नान गरी मनाइएको छ । सोमबार औँसी परेका दिन बिहान नबोली स्नान गर्ने वैदिक सनातन धर्मावलम्बीको प्राचीनकालदेखिको परम्परा रहिआएको छ । भाद्र कृष्ण औँसी आज सोमबार परेको हो । सोमबार औँसी परेका दिन बिहान उठेर नबोलिकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ �. . .


आफ्नो फाइदाको लागि मलाई प्रयोग नगर्नुस् : नवनियुक्त अध्यक्ष डिसी

काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डिसीले आफ्नो फाइदाको लागि आफूलाई कसैले प्रयोग नगर्न आग्रह गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै डिसीले आफुसँग भएको अन्तराष्ट्रिय र राष्ट्रिय सम्बन्ध लाई राम्रो कामको लागि प्रयोग गर्न सकेमा व्यक्तिगत र पेसागत हितका लागी उपयोगी हुने भन्दै व्य. . .


प्रधानमन्त्रीसँग भारतीय रक्षा महाविद्यालयका शिक्षार्थीले भेटे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल अध्ययन भ्रमणमा रहेका भारतीय राष्ट्रिय रक्षा महाविद्यालय (एनडिसी) का शिक्षार्थीहरुको प्रतिनिधिमण्डलले भेट गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा सोमबार भएको भेटमा प्रधानमन्त्री ओलीले उक्त कलेजले रक्षा मामिलामा गर्दै आएको प्राज्ञिक योगदानको प. . .


सामाजिक सञ्जाल र साइबर सुरक्षा सम्बन्धी विधेयक चाँडै : सञ्चारमन्त्री

काठमाडौंं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकार सामाजिक सञ्जाल संचालन, प्रयोग तथा नियमनसम्बन्धी र साइबर सुरक्षासम्बन्धी विधेयकमाथि काम गरिरहेको बताएका छन् । सोमबार राष्ट्रिय समाचार समितिको २४सै घण्टा समाचार सेवा कार्यक्रमको प्रारम्भ गर्दै मन्त्री गुरुङले एकसय दिनमा गर�. . .


भ्यूजको लोभमा स्वच्छ पत्रकारिता ओझेल पर्यो : अध्यक्ष पोखरेल

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले संञ्चार माध्यमहरुले सामाजिक मुद्दा उठाउनुपर्ने जरुरी रहेको बताएका छन् । राष्ट्रिय समाचार समिति (रासस) नेपाली भाषामा २४ घण्टा समाचार सेवा शुभारम्भ समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पोखरेलले अहिलेका संञ्चार माध्यमहरुले सोसल मिडियाको भ्यूजको. . .


सुनसरीको बराहक्षेत्रमा करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-६ चिलियाटापु स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आइतबार साँझ स्थानीय ४५ वर्षीय गंगाराम यादवलाई आफ्नै घरको पानि खाने कलमा जडान भएको मोटरको तार जोड्ने क्रममा अचानक करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो। घटनास्थलको सम्पूर्ण कानूनी प्रक्र�. . .


डयाड तपाई बिना…

-सुरज दाहाल प्रत्येक दिन, म तड्पिरहेछु, तिम्रो शीतल छायाँको खोजमा, मरुभूमिमा पानी देखेझैं, म तिर्खाएको आत्मा लिएर, बालुवामा पाइलाहरूको निशान खोज्दैछु। उज्यालोमा सबैले ज्योति पाउँछन्, तर म, अँध्यारोको गर्भमा, तिम्रो प्रकाशको एक किरण खोज्दैछु। तिम्रो काखको न्यानो स्पर्श, मेरा हरेक धड्कनमा बा�. . .


वीरगन्ज नाकाबाट मोटरसाइकल आयात दोब्बर

पर्सा । देशकै प्रमुख व्यापारिक नाका वीरगन्जबाट मोटरसाइकल अयातामा उल्लेख्य वृद्धि भएको छ । सो नाका प्रयोग गरी जिप र कारको आयातमा भने कमी आएको छ । गत आर्थिक वर्ष २०८०-८१ को साउनको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा जिप र कारको आयातमा ४० प्रतिशतले कमी आएको छ । सो अवधिमा मोटरसाइकलको आयात सत प्रतिशतले �. . .


बा

-आरजे महेश भट्टराई बा घरकाे मुलपिलर हाैं तिमी समस्याहरूकाे समधान गर्न सक्ने जडी हाैं तिमी , बाबु ताते - ताते भन्दै अगाडि लाग्ने मेराे लागि मूल नेतृत्व हाैं बा तिमी । बुबु माम सुपुक्क काफल गेडी कुटुक्क भन्दै मुमाले खुवाउन नसकेकाे चाराे सजिलै खुवाउन सक्ने बहुमुखी प्रतिभाशाली मुखिया हाैं वा मेराे ला�. . .


विराटनगरमा खुलेआम घुम्दै यौन दुर्व्यवहार गर्ने युवा, प्रहरीले चासो नदेखाएको गुनासो

इन्दु साह विराटनगर । सिटी सफारीमा युवतीलाई लक्षित गर्दै यौन दुर्व्यवहार गर्ने युवालाई प्रहरीले पक्राउ नगरेको पीडितले गुनासो गरेका छन्। २०८१ भदौ ११ गते रथ यात्राको दिन सिटी सफारीमा अश्लील हर्कत गर्ने युवकलाई मोरङ प्रहरीले पक्राउ नगरेको भन्दै पीडित र उनीहरुका परिवारले गुनासो गरेका हुन् । यस्ताे �. . .


भैरहवामा नयाँ पेट्रोलियम भण्डारण कक्षको जग्गा व्यवस्थापन काम अन्तिम चरणमा

भैरहवा । रुपन्देहीको भैरहवामा नयाँ पेट्रोलियम भण्डारण गृह निर्माणका लागि जग्गा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल आयल निगमले रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा करिब १४ बिघा जग्गामा लुम्बिनी प्रदेशस्तरीय इन्धन भण्डारण डिपो निर्माणको तयार. . .