देशको खबर

नेफ्टा अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

काठमाडौँ । नेपाली चलचित्रमा काम गर्ने प्राविधिकहरूको छाता सङ्गठन नेपाल प्राविधिक सङ्घ (नेफ्टा) को एघारौँ संस्करणको चलचित्र अवार्डको उत्कृष्ट पाँचको मनोनयनमा पर्न सफल चलचित्रकर्मी र चलचित्र सार्वजनिक गरिएको छ । आज काठमाडौँमा आयोजित समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले मनोनयनमा पर्न सफल २५. . .


शरणार्थी प्रकरण : टोपबहादुर रायमाझी पक्राउ

काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणमा परेर फरार रहेका नेकपा (एमाले) का सचिव तथा सांसद टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरीले उहाँलाई काठमाडौँको बूढानीलकण्ठ क्षेत्रबाट आजसाँझ पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो ।. . .


नेपाल अन्तर्राष्ट्रिय चलचित्रको छायाङ्कन गन्तव्य बन्न सक्छ : उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल अन्तर्राष्ट्रिय चलचित्रको छायाङ्कन गन्तव्य बन्न सक्ने बताउनुभएको छ । नेपाल चलचित्र प्राविधिक सङ्घ (नेफ्टा) ले काठमाडौँमा आयोजना गरेको ‘नेफ्टा चलचित्र अवार्ड–२०२३’ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक कार्यक्रममा चलचित्रकर्मीलाई प्रमाणपत्र �. . .


कृषिविज्ञ राईलाई सात दिन हिरासतमा राख्न आदेश

खोटाङ । बालयौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका ‘शुभद्रा–मदन फाउन्डेसन’ (शुभम्) का संरक्षक एवं कृषिविज्ञ मदन राईलाई थप अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न प्रहरीलाई जिल्ला अदालत खोटाङले आदेश दिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालित शुभम् फाउन्डेसनमा आवासीयरुपमा बस�. . .


शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँणसहित १२ जनामाथि अनुसन्धान गर्न चार दिनको म्याद थप

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर सङ्गठित ठगीमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित १२ जनामाथि अनुसन्धान गर्न प्रहरीलाई चार दिनको म्याद दिएको छ । यसअघि थपिएको म्यादभित्र अनुसन्धान नसकिएको भन्दै जि�. . .


पुस्तक समीक्षाः बखतबहादुरको योगदान चलचित्रकलादेखि बौद्ध दर्शन प्रवर्द्धनसम्म

काठमाडौँ । चलचित्र निर्माणमा फोटोग्राफी र क्यामराको कामको निरीक्षण वा निर्देशन तथा क्यामरा सञ्चालनसम्बन्धी अध्ययन गर्नुभएका नेपालको पहिलो सिनेमेटोग्राफर –नेपालमा दश जोड दुई शिक्षा प्रणाली आरम्भकर्ता –चलचित्र संस्थानका जन्मदाता –थेरवादी केन्द्रीय दायक परिषद् (विसं २०४९) का अध्यक्ष –चित्रकार(�. . .


दोहोरो अङ्कले घट्यो नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ९६ अङ्कले ओरालो लागेर एक हजार आठ सय २१ दशमलब ६४ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ५२ अङ्कले ओरालो ल. . .


विदेशमा छ महिना काम गरेर फर्किएकाले मात्र दुई वटा फोन ल्याउन पाउने

काठमाडौँ । वैदेशिक रोजगारीमा छ महिनासम्म काम गरेर फर्किएका नेपालीले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने भएका छन् । भन्सार विभागले आज एक सूचना जारी गर्दै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको छ महिना पूरा भएकाले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने जनाएको हो । विभागका निर्देशक पुण्यविक्रम . . .


शरणार्थी प्रकरण : पूर्व गृहमन्त्री ‘बादल’का छोरा प्रतिकविरुद्ध पक्राउ अनुमति

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लागेका प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौँले थापाविरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । थापा पूर्वगृहमन्त्री एवं नेकपा (एमाले) उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा �. . .


फागुनदेखि तलब पाएनन् सिंहदरबार वैद्यखानाका कर्मचारीले

काठमाडौँ । आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्ने तीन सय वर्ष लामो इतिहास भएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन् । आयुर्वेदिक औषधि उत्पादन गर्ने संस्थामा उत्पादन नै नहुने भएपछि कर्मचारीले तीन महिनादेखि तलब नपाएका हुन् । तलब नपाउँदा कोठा भाडा तिर्. . .


राप्रपाको केन्द्रीय समिति बैठक सोमबार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सोमबारदेखि केन्द्रीय समितिको पूर्ण बैठक काठमाडौँको धूम्रबाराहीमा सुरु हुने भएको छ । आगामी जेठ ३ गतेसम्म चल्ने बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, निर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लामा भएका साङ्गठनिक गतिविधिको समीक्षा, राष्ट्रिय तथा अन्�. . .


अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्र

काठमाडौँ । नेपालमा विदेशी चलचित्रले राम्रो कमाइ गरिरहँदा विदेशमा नेपाली चलचित्रले पनि आफूलाई अब्बल सावित गरिरहेको छ । गुणस्तरीय चलचित्र बनाउने मात्र होइन, विदेशमै छायाङ्कन गरेर त्यहीँ चलचित्र भवन (हल) मा प्रदर्शन भइरहेका छन् । नेपाली माटोको सुन्दरता र मौलिकता चलचित्रमार्फत देखाउने प्रयासमा चलचित्�. . .