देशको खबर

तीर्थयात्री बोकेको बोलेरो दुर्घटना :तीनजनाको मृत्यु, १४ घाइते

तीर्थयात्री बोकेको बोलेरो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने १४ घाइते भएका छन् । प्रदेश नम्बर ३ को ०१०२२ च ९६९४ नम्बरको बोलेरो सुनकोशी गाउँपालिका–९ को सिकारीडाँडामा आज विहान दुर्घटना भएको थियो । बलेरोमा यहाँस्थित चम्पादेवी ककनी मन्दिर दर्शन तथा एकादशी मेला भर्न जाने भक्तजन रहे. . .


तनहुँका दुई पालिकामा आज सार्वजनिक बिदा

तनहुँ । हरिबोधनी एकादशी पर्वका अवसरमा तनहुँका शुक्लागण्डकी र व्यास नगरपालिकाले आज सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । शुक्लागण्डकीको आइतबार बसेको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगरपालिकाले विगत दुई वर्षदेखि बिदा दिन थालेको छ । दुलेगौँडा पुल्चोकस्थित सेती नदी किनारमा फूलको तोरण �. . .


रात्रि १० बजेसम्म जनकपुरधाममा निषेधाज्ञा

धनुषाको जनकपुरधाममा दुई समुदायबीच भएको विवादलाई लिएर लगाइएको निषेधाज्ञाको समयलाई लाई बढाइएको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले आज जनकपुरधाम उपमहानगरपालिका–२० मा लगाइएको निषेधाज्ञालाई मङ्गलबार राति १० बजेसम्मको लागि बढाउने निर्णय गरिएको जानकारी दिनुभयो । जनकपुरधाम–२० मा छठ पर�. . .


नेप्से झिनो अङ्कले घट्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक १.३८ अङ्कले घटेर दुई हजार ६८८.९२ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२५ ले उकालो लागेर ५०२.४४ मा पुगेको छ । कारोबार भएका १३ उपसम�. . .


वरिष्ठ साहित्यकार बजिमयको निधन

वरिष्ठ साहित्यकार एवं चर्चित कवि प्राज्ञ विजय बजिमयको आज निधन भएको छ । शारीरिकरूपमा जन्मजात अपाङ्ग भए पनि कविता, कथा, गीत, गजल तथा मुक्तकका माध्यमबाट नेपाली साहित्यलाई विशिष्ट योगदान दिनुभएका बजिमय २०१४ साल चैत २३ गते पोखराको मोहरिया टोलमा जन्मनुभएको थियो । विसं २०२९ मा ‘प्रजातन्त्र’ नामक कविताबाट. . .


सर्वोच्चमा अदालतमा बन्दी र अन्य मुद्दामा पनि सुनुवाइ

सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणसहित अन्य मुद्दामा पनि सुनुवाइ भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज दशवटा इजलास पेसी तोक्नुभएको थियो । त्यसमध्ये न्यायाधीशहरू कुमार रेग्मी र डा कुमार चुडालको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरणको मुद्दामा सुुनुवाइ गरी रिट जारी गरेको छ । त्यस्त�. . .


सानैमा पनि देखिन सक्छ मधुमेह

काठमाडौँ । आइतबार विश्व मधुमेह दिवस मनाइँदै छ । मधुमेहसम्बन्धी जनचेतनामूूलक कार्यक्रम आयोजना गर्दै यो दिवस मनाउन लागिएको हो । यसपटकको नारा ‘मधुमेह उपचारमा पहुँच’ भन्ने रहेको छ । नेपालमा चिनी (मधुमेह) रोग बालबालिकालाई समेत देखापर्न थालेको छ । रामेछापका सिजन सापकोटा अहिले आठ वर्ष हुनुभयो । उहाँलाई म�. . .


होङ्सी सिमेन्टमा पुग्यो विद्युत, दैनिक ६० हजार लिटर डिजेल खपत रोकियो

काठमाडौँ । चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा सञ्चालनमा रहेको होङ्सी सिमेन्टमा राष्ट्रिय प्रसारणको विद्युत पुगेको छ । नेपाल विद्युत प्राधिकरणले बर्दघाटमा रहेको सबस्टेसनबाट बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनमार्. . .


नेपाली पौरख र गौरवभित्र लुकेर बसेका प्रतिभालाई चिनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली पौरख र गौरवभित्र लुकेर बसेका कैयौँ प्रतिभालाई बाहिर ल्याई नेपालको अपार बौद्धिक क्षमतालाई विश्वसामु चिनाउनुपर्ने बताउनुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानकोे ३६औँ प्राज्ञसभाको उद्घाटनका अवसरमा प्रतिष्ठानका प्रमुख संरक्षक समेत रहनुभएका प्रधान�. . .


किन बढिरहेको छैन बिजुलीको माग ?

काठमाडौँ । पछिल्ला दिनमा देशभित्र बिजुलीको माग बढ्न नसकेको देखिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार देशभित्रको कूल बिजुलीको माग एक हजार ३२२ मेगावाट मात्रै रहेको छ । साँझको समयमा गणना गरिने उच्च माग (पिक डिमाण्ड) त्यति भए पनि दिउँसो र रातको समयमा बिजुलीको माग उल्लेख्यरुपमा बढ्न सकेको छैन । प्रा. . .


कानुन व्यवसायीको प्रदर्शन आइतबार पनि जारी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार ऐशोसियशनले आइतबार पनि विरोध प्रदर्शन जारी राखेको छ । बार लगायत कानुन व्यवसायहरुले सर्वोच्च अदालतको मूल गेट अगाडि निरन्तर धर्ना दिदै आएका छन् । नेपाल बार एशोसियशनको देशैभरको ईकाईहरुमा आज विरोध प्रदर्शन भइरहेको जनाइएक�. . .


कम्बाइन हार्भेस्टरमा आकर्षण

तौलिहवा समाचारदाता तौलिहवा । कपिलवस्तुमा अहिले कृषकलाई धानबाली काटरने चटारोे छ । लामो समयदेखि हँसियाले धान काटेर भित्र्याउने किसान अब भने नयाँ प्रविधिको प्रयोग गर्न थालेका छन । कम समयमा प्रशस्त क्षेत्रफलको धान काटरन सकिने हुनाले कृषकहरूले कम्बाइन हार्भेस्टरको प्रयोग गर्दै आइरहेका छनर । नयाँ या�. . .