देशको खबर

फाल्गुनन्द जयन्तीमा राष्ट्रपतिको शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारी १३७ फाल्गुनन्द जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत धमावलम्बीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । फाल्गुनन्द जयन्तीका अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपतिले सभ्य र सुसंस्कृत समाज निर्माणका अभियन्ता मह. . .


कात्तिक २५ गतेदेखि राष्ट्रिय जनगणना, तयारी पूरा

काठमाडौँ । कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म हुने राष्ट्रिय जनगणना २०७८ को सबै तयारी पूरा भएको छ । बिहीबारबाट सुरु हुने राष्ट्रिय जनगणना २०७८ को सुुरुवात सङ्घमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीबाट जनगणना सुरु गरिने भएको छ । यसैगरी, प्रदेशमा मुख्यमन्त्री, स्थानीय तहमा नगर तथा गाउँ प्रमुख र वड. . .


विद्यालयहरु भौतिक उपस्थितिमा सञ्चालन हुँदै, जोखिम कायमै

काठमाडौं । कोभिड–१९ का कारण शैक्षिक सत्र सुरुभएपछि नै बन्द भएका विद्यालयहरु दशैं, तिहार सकिएसँगै खुल्न लागेका छन् । विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्ने सम्बन्धित पालिकाहरुले तयारी गरिरहेका छन् । काठमाडौं उपत्यका तथा अन्य जिल्लाका कतिपय पालिकाहरुले दशैं सकिएसँगै विद्यार्थीको भौति�. . .


बढ्यो सुनको मूल्यः चादीको स्थिर

नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले उकालो लागेर रु ९२ हजार ७०० कायम भएको छ । पहेँलो धातु मङगलबार प्रतितोला रु ९२ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार २०० रहने छ जसको म. . .


उपत्यकासहित देशभरको तापक्रम घट्दै

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीका अनुसार देशभर चिसो बढ्दै जाने क्रममा रहेको छ । दिनभर घाम लागे पनि बिहानबेलुका जाडो बढेको महसुस भएको छ । “तत्काललाई पा�. . .


गाउँमै बङ्गुरपालनबाट रु १८ लाख आम्दानी

इराकमा अमेरिकी सेना र आतङ्कवादीबीचको लडाइँमा बचेर आएका यहाँका एक युवाले बङ्गुरपालन व्यवसायकाट मनग्य आम्दानी गर्न थाल्नुभएको छ । कुश्मा नगरपालिका–७ खरेहाका ३६ वर्षीय गौरव क्षेत्रीले व्यावसायिक बङ्गुरपालनवाट वार्षिक रु १८ लाखसम्म आम्दानी गर्न थाल्नुभएको हो । “आतङ्कवादीले कति बेला लन्चर हान्थे थ. . .


ट्रक र बस ठोकिँदा दुई जनाको मृत्यु

ट्रक र बस एक आपसमा ठोकिँदा दुईजनाको घटनास्थलमा नै मृत्यु भएको छ । जनकपुरबाट काठमाडौँतर्फ आइरहेको ना७ख ८७६ नंको रात्रि बसलाई विपरीत दिशाबाट आइरहेको प्रदेश–२–०३०१ख ५०३५ नंको ट्रकले गए राति हेटौँडास्थित नवलपुरमा ठक्कर दिँदा बसका ती यात्रुको घटनास्थलमै मृत्यु भएको हो । मृतक यात्रुको सनाखत भइनसकेक�. . .


‘ढोरपाटन जति घुमे पनि धित मर्दैन’

गलकोट । नेपालकै एक मात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । दसैँ, तिहारका समयमा सो स्थान घुम्ने पर्यटकमा वृद्धि हो । ढोरपाटनको हिमाली क्षेत्रमा अहिले यस वर्षको दोस्रो सिकारयाम चलिरहेको छ तर सिकार खेल्न विदेशी पर्यटक सोझै हिमाली क्षेत्रमा पुग्ने भए पनि आन्तरिक पर्यटक सि�. . .


डोटीमा खानेपानीको समस्या

डोटी । बेमौसमी वर्षाका कारण यहाँका खानेपानीका मुहान बगाउँदा जिल्लावासी खोलानालाको दूषित तथा फोहर पानी पिउन बाध्य छन् । बाढीले बगाएका खानेपानीका मुहान मर्मत हुन नसक्दा अहिले जिल्लामा खानेपानीको समस्या समेत उत्पन्न भएको छ । जिल्ला सदरमुकामसहित यहाँका ग्रामीण बस्तीमा बाढीले खानेपानीका पाइप बगाएक�. . .


निजी हात्ती दर्ता सुरुहुँदै

सङ्कटापन्न वन्यजन्तु र वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रणसम्बन्धी ऐन जारी भएपछि पहिलोपटक यहाँका निजी हात्ती दर्ता प्रक्रियामा गएका छन् । हात्ती धनीलाई सर्वोच्च अदालतले दर्ता गर्न निर्देशन दिएपछि सो प्रक्रिया सुरु भएको हो । वन्यजन्तु र वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रणसम्�. . .


सडक अवरुद्ध हुँदा बाजुराका सात पालिकामा औषधि अभाव

मार्तडी । बेमौसमी वर्षाका कारण सडक अवरुद्ध भएपछि बाजुराका सात पालिकामा औषधि अभाव भएको छ । यहाँका पूर्वी उत्तरी भेगका चार र तल्लो क्षेत्रका दुई पालिकामा औषधि अभाव भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार जिल्ला अस्पतालमा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ र स्वास्थ्यचौकीमा ४० प्रकारक�. . .


दीर्घकालीन प्रतिफलमा ध्यान दिन गभर्नरको आग्रह

गोरखापत्र समाचारदाता काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले तत्काल नाफा खोज्नेभन्दा पनि दीर्घकालीन प्रतिफललाई ध्यान दिनुपर्नेतर्फ बैङ्कहरूको ध्यानाकर्षण गराउनुभएको छ । केही वित्तीय संस्थाले संस्थागत अनुशासन उल्लङ्घन गर्दा समग्र बैङ्किङ क्षेत्रमा असर परेकाले राष्ट्र बैङ�. . .